काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्ह साढे १२ बजे बस्ने भएको हो । बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ ।
Read MoreCategory: राजनीति
मेनपावर सुधारको रोडम्याप सार्वजनिक
काठमाडौं । वैदेशिक रोजगार क्षेत्रको संरचनात्मक सुधारका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारसमक्ष विस्तृत नीतिगत सुझावसहित औपचारिक पत्र बुझाएको छ । संघका अध्यक्ष भुवनसिंह गुरुङको अग्रसरतामा तयार गरिएको उक्त पत्रलाई मेनपावर व्यवसाय सुधारको स्पष्ट रोडम्यापका रूपमा हेरिएको छ । पत्रमा वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शि व्यवस्थित र श्रमिकमैत्री बनाउने लक्ष्यसहित बहु आयामिक सुधार प्रस्ताव गरिएको छ । विशेषतः कामदार पठाउँदा लाग्ने लागत नियन्त्रण र वित्तीय पारदर्शिता कायम गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । सङ्घले गन्तव्य मुलुकअनुसार अधिकतम लागत निर्धारण गरी कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिएको छ, जसले श्रमिकमाथि पर्ने…
Read Moreनेपालमा जनप्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटाउन सुझाव
काठमाडौँ । नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्नेबारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिल लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या उल्लेख्य रूपमा घटाउन सुझाव दिएका छन् । लन्डनमा बसोबास गर्दै आएका गुरुङले नेपाल सरकारले सडक, यातायात तथा डिजिटल सेवामा सुधार गरी सेवा प्रवाह र राजस्व सङ्कलन प्रणालीलाई क्रमशः डिजिटाइज गर्नसके भूगोल र क्षेत्रफलले व्यवस्थापनमा धेरै असर नपर्ने धारणा व्यक्त गरे । उनका अनुसार देशको अर्थतन्त्रको आकारको तुलनामा नेपालमा तीन तहको सरकार अत्यन्त खर्चिलो बन्दै गएको छ र यसले राज्यलाई अनावश्यक आर्थिक भार थपेको छ । उनले…
Read Moreविश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् । सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरुमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथीको हस्तक्षेप भएको बताएका छन् । विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्तता माथी नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ । ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरुले कसरी हस्ताक्षर गरे होलान् भनी…
Read Moreसंसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । मनोनयनपत्र दर्ता दिउँसो १ देखि ४ बजेसम्म संहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ । दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ । समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ ।
Read Moreदाइजो लेनदेन भएको विवाहमा जान्न, ‘दहेजमुक्त विवाह’ सन्देश प्रवाह गरौं : उपसभामुख
सर्लाही । उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोको लेनदेन हुने विवाह समारोहमा आफू सहभागी नहुने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धारणा सार्वजनिक गर्दै दहेज प्रथाविरुद्ध कडा सन्देश दिएकी हुन् । उनले दाइजोमा आधारित विवाहमा उपस्थित हुन असमर्थ रहने स्पष्ट पार्दै समाजलाई दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाह अभ्यासतर्फ अग्रसर हुन आग्रह गरेकी छन् । ‘दाइजो लिनु वा दिनु मात्र होइन, त्यस्तो प्रथामा आधारित विवाहलाई स्वीकार गर्नु, कार्यक्रममा सहभागि हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय हुन्छ,’ उनले उल्लेख गरेकी छन्। उपसभामुख ठाकुरले…
Read Moreएप्क्यानमा आन्तरिक विवाद : बाहिरिए निवर्तमान अध्यक्ष प्रज्वल बस्नेत
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको नयाँ र वैकल्पिक छविका रूपमा स्थापित गरिएको शैक्षिक परामर्श व्यवसायी सङ्घ नेपाल (एप्क्यान) भित्र चर्किएको आन्तरिक विवाद सतहमा आएको छ। संस्थाका सञ्चालक तथा निवर्तमान अध्यक्ष प्रज्वल बस्नेतले संस्थाबाट आफू पूर्ण रूपमा अलग हुने घोषणा गर्दै नेतृत्व तहमा गुटबन्दी, व्यक्तिगत स्वार्थ, पदको लोभ, राजनीतिक प्रभाव र सीमित व्यक्तिको नियन्त्रण हावी भएको आरोप लगाएका छन्। बस्नेतले आफू अब संस्थाको साधारण सदस्यसमेत नरहेको स्पष्ट पारेका छन्। उनले संस्थालाई सदस्यहरूको साझा घर बनाउन खोजिएको भए पनि पछिल्लो समय केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थको अखडा बनाइएको आरोप लगाएका छन्।उनका अनुसार पुरानो…
Read Moreबालेन शाह विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा
काठमाडौं । चर्चित अमेरिकी म्यागजिन टाइमले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सन् २०२६ को विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा छन् । र्याप संगीतबाट राजनीतिमा आएका ३५ वर्षीय शाहलाई युवा विद्रोहको प्रतीक र शक्तिशाली उदीयमान नेताका रूपमा टाइमले चित्रण गरेको हो । अप्रिल १५ मा सार्वजनिक गरिएको यस प्रतिष्ठित सूचीमा शाहको उदयलाई दक्षिण एसियाको पुरातन र वंशवादी राजनीतिको कडा जवाफ भनिएको छ । टाइम म्यागजिनले के भन्यो ? टाइमले बालेनको प्रोफाइलमा लेखेको छ, ‘गत चैतमा बालेनको जित त्यस्तो…
Read Moreप्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पदभार सम्हालेपछि पहिलो पटक आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएका हुन् । बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ । साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबिच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको एजेन्डा रहनेछ । देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन…
Read Moreआफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी भ्रामक र झुटा प्रचार भइरहेको देउवाको दाबी
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सुरु भएको विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति प्रतिक्रिया दिएका छन्। देउवाले बुधबार साँझ सामाजिक सञ्जाल मार्फत उक्त विषयमा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका हुन् । उनले नेपालका कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको स्पष्ट पारेका छन् । उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा पारदर्शिताका पक्षमा आफूले जीवनभर संघर्ष गरेको उल्लेख गर्दै आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको बताएका छन्। देउवाले भ्रष्टाचारमुक्त समाज निर्माण…
Read More