आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संस्थापन पक्षले आफूहरुलाई निष्कासन गर्ने निर्णय गरेकोप्रति कडा जवाफ फर्काउँदै तपाईको प्राइभेट कम्पनी हो निकाल्न भन्दै प्रश्न गरेका छन् । बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उनले बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्ने बताए । उनले भने, ‘बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्छ । मैले समाचार सुने नेपाली कांग्रेको केन्द्रीय समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकालियो रे ? तपाईको प्राइभेट कम्पनी हो र निकाल्नलाई ? हामीलाई कसैले घरभित्र आइज भनेर…

Read More

निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बिहानै महामन्त्रीको पद त्यागिसकेको बताएका छन् । बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेको जानकारी दिए । उनले भने, ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । बद्लिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ । एकजना साथीले फोन गरेर दाई कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै…

Read More

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । आज हुने बन्दसत्रमा पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशाबारे गहन बहस हुने भएको छ। आइतबार साँझ उद्घाटन सत्र सम्पन्न भएसँगै आज बिहान खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। ढिलोमा १० बजेदेखि औपचारिक कार्यक्रम अघि बढ्नेछ। प्रतिनिधिहरूको दबाबपछि महामन्त्री गगन थापाको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा २६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्। बन्दसत्रमा पार्टीभित्र देखिएका संगठनात्मक समस्या, नेतृत्वको भूमिका र नीतिगत सुधारका विषयमा धारणा राखिने अपेक्षा गरिएको छ। कार्यविधि तय गरी बन्दसत्र सञ्चालन गरिनेछ। बन्दसत्रको सभापतित्व ज्येष्ठ…

Read More

विशेष महाधिवेशन शक्ति वा सत्ताको संघर्ष होइन, सोचको लडाइँ हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सबै सदस्य बराबर भएको र कांग्रेस सबैको साझा घर भएको बताएका छन्। आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र एकताबद्ध भएर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । उनले अधिवेशनभन्दा ठूलो समीक्षा गर्ने अर्को मञ्च नहुने उल्लेख गर्दै यो शक्ति वा सत्ताको संघर्ष नभई देश, नागरिक र जनभावनालाई कसरी बुझ्ने भन्ने सोचको भिन्नताबाट उत्पन्न अवस्था भएको बताए । उनले अधिवेशनमा सहभागी नहुने सभापति पनि कांग्रेसकै सदस्य भएको र भुइँमा बसेर सहभागी हुने सदस्य पनि कांग्रेसकै सदस्य भएको उल्लेख…

Read More

राजनीतिक दलहरुबीचमा नविन समझदारी आवश्यक छ :अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको बताएका छन् । आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए । उनले भने,‘अहिले यो देशको राजनीतिक दलकाबीचमा एउटा नविन समझदारी आवश्यक परेको छ । त्यो समझदारीको आधार भनेको पृथ्वीपथ नै हो’ उनले भने । त्यस्तै उनले अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको भन्दै राजनीति ,अर्थतन्त्र या लोकतन्त्र सबै क्षेत्रमा पृथ्वीपथ नै सबै समस्याको समाधानको रुपमा देखिएको धारणा…

Read More

कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेसले महिला, दलित, मधेसी, जनजाति तथा सिमान्तकृत समुदायमाथिको विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे । उनले भने, ‘नेपाली कांग्रेस एउटा राजनीतिक पार्टी मात्रै होइन, कांग्रेस देशका सबै वेथितिविरुद्धको एउटा अभियान हो । कांग्रेस महिला विभेदविरुद्धको अभियान थियो । कांग्रेस दलित विभेदविरुद्धको अभियान थियो । मधेसी, जनजाती, सिमान्तकृत विभेद विरुद्धको अभियान थियो । नेपालमा समानता, बहुलवाद, फरक विचारको…

Read More

महामन्त्री शर्माले भने : अब पूरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन कांग्रेस मात्र होइन, देश बदल्ने संकल्पसहित गरिएको बताएका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले उपस्थित प्रतिनिधिहरू कांग्रेस परिवर्तनका साथै देशलाई समुन्नतिको दिशामा लैजान प्रतिबद्ध भएर आएको बताए । उनले वर्तमान राष्ट्रिय तथा आन्तरिक परिस्थितिलाई विषम र विशिष्ट भएको उल्लेख गर्दै यही अवस्थामा विशेष महाधिवेशन भइरहेको स्पष्ट पारे । उनले भने, ‘आज यो उपस्थिति केवल कांग्रेस बदल्न मात्र आएको छैन, यो उपस्थिति देश बदल्नका लागि आएको छ । हामी कांग्रेस पनि बदल्छौं, देश पनि…

Read More

तस्विरमा यस्तो देखियो कांग्रेस महाधिवेशन उद्घाटनस्थल

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंमा शुरू भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा निर्माण गरिएको मन्च र सो परिसरमा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ ।

Read More

राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने बताएका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले मुलुकलाई एक सूत्रमा बाँध्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्नुपर्ने भन्दै आजको दिनलाई सोही सम्मानको रुपमा मनाउनु पर्ने बताए । उनले भने, ‘पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीको रुपमा पनि मनाइन्छ । यस दिवसले हाम्रो साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिन्छ । मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न…

Read More

रास्वपाद्वारा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक नामावली आज बिहान निर्वाचन आयोगमा बुझाएको छ । आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको प्रवक्ता मनिष झाले बताए । उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि सूची बुझाइएको हो । पार्टीका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिक उम्मेदवारहरूको सूची परिमार्जन गरी समयमै बुझाइएको हो । उक्त सूचीमा समावेश उम्मेदवारहरू विभिन्न पृष्ठभूमि, क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी चयन गरिएको पार्टीले जनाएको छ । निर्वाचन आयोगले बुझाइएका सूचीहरूको अध्ययन गरी कानुनी प्रक्रिया पूरा भएपछि…

Read More