काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । आवश्यक व्यवस्थापनको तयारी सकिएको हो । ललितपुरबाट र्याली समेत शुरू भएको छ । ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित ¥याली सुरु भएको हो । र्यालीमा सास्कृतिक झाँकी, बाजा, पोशाकमा समेत सहभागी छन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी छ । ललितपुरको कुपण्डोलबाट नेपाली कांग्रेसका नेता पूर्वमन्त्री श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सह महामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ, लगायतको नेतृत्वमा बाजागाजा सहित ¥याली शुरू भएको हो । यस्तै शकरदेव क्याम्पसबाट पनि…
Read MoreCategory: राजनीति
कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
काठमाडौं । नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । “अहिले ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले दर्ता गराइसक्नुभएको छ,” उनले भने, “७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । अहिले पनि लामो लाइन छ,…
Read Moreजेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना
काठमाडौं । जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् । बुधबार जेनजी विद्रोहपछिको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले निकास नपाउने बताए । आन्दोलन धेरै भए, निर्वाचन पनि धेरै भए तर देशले निकास भने कहिले पनि नपाएको उनको भनाई छ । उनले भने, ‘देश निर्वाचन तर्फ जाँदैछ । यो आन्दोलनलाई चुनावी हतियार, नारा र औजार बनाएर म यो आन्दोलनको अपनत्व लिन्छु भन्दै हिनेको देखिन्छ ।…
Read Moreविधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । समितिको बैठक बुधबार बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको हो । बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ। यसका साथै बैठकमा विविध विषयमा पनि छलफल गरिने जनाइएको छ।
Read Moreजनकपुरधाममा गगन थापाको पुतला दहन
जनकपुर । जनकपुरधाममा नेपाली कांग्रेसका नेता गगन थापाको पुतला दहन गरिएको छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधि पक्षधरका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ जनकपुरधाममा गगन थापा विरुद्ध नारावाजी गर्नुका साथै पुतला दहनसमेत गरेका छन् । उनीहरुले गगन थापा मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोक ठप्प बनेको थियो । दुबै तर्फबाट आवत जावत गर्ने सवारी साधनहरु बन्द भएको थियो । नेता नीधिमाथि सञ्चालित रुपमा केही व्यक्तिहरुले आज दुव्र्यवहार गरेकोले त्यस्ता व्यक्तिहरुको विरुद्धमा आज जनकपुरधामका नीधि पक्षधर कांग्रेसका नेता कार्यकर्ताहरुले विरोध…
Read Moreराष्ट्रियसभा सदस्य निर्वाचनः आज उम्मेदवारको मनोनयन दर्ता
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यको पद पूर्ति गरिनेछ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सकिनेछ। आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो भने मंगलबार मतदाता नामावलीमाथि कुनै दाबी–विरोध परे नपरेको यकिन गर्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ। निर्वाचन तालिकाअनुसार पुस २४ गते उम्मेदवारको मनोनयनमाथि उजुरी…
Read Moreपार्टी समायोजनको कार्य तुरुन्त टुंगाउने रास्वपाको तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले आजको बैठक निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलहरु भएर टुंगिएको बताएका छन् । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपश्चात उनले निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने र समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाउने विषयमा आजको बैठकमा छलफल भएको बताए । उनले भने, ‘विशेष गरि निर्वाचनसँग केन्द्रीत गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरु भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली…
Read Moreआजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन् :मन्त्री घिसिङ
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन् । काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन् । उनले भने, ‘मलाई यहाँ एउटा साथिले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन ।’ त्यस्तै उनले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको बताउँदै त्यसको प्रकृया अगाडि बढाएको जानकारी दिए । ‘सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्नै पर्छ । श्रम मन्त्रालय अन्तर्गत हामीले पठाएका छौं । त्यसलाई श्रम मन्त्रालयले नै निर्देशन जारी…
Read Moreबालेन प्रधानमन्त्री बन्ने हो भने पहिले जेनजीका माग पूरा गर्नुपर्छ : दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले काठमाडौं महानगरप्रमुख बालेन शाहलाई चुनाव लड्ने र देशको प्रधानमन्त्री बन्ने हो भने पहिला जेनजीको माग पूरा गर्न चुनौति दिएका छन् । मंगलबार जेनजी र महाअभियानसहित राष्ट्रवादी समूहहरुको संयुक्त जनआन्दोलन घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘म २३ गतेको आन्दोलनमा सहभागी हुँदा बालेनजीले कुनै राजीतिक दलका नेता र बैलाहा अभियान्ताहरु नआउनुहोला भन्नुभयो । म होइन तपाई बौलाहा हो । तपाईलाई चुनाव लड्ेर देशको प्रधानमन्त्री बन्ने इच्छा छ भने पहिला जेनजीको माग पूरा गर्नुहोस् ।’ त्यस्तै उनले जेनजी…
Read Moreकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा राष्ट्रियसभाको उम्मेदवारबारे छलफल गर्न बसेर बैठक स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । उनले स्थगित भएको बैठक मंगलबार बेलुका फेरि बसेर आजै रातिसम्म भएपनि उम्मेदवार टुंग्याउने बताए । राष्ट्रियसभामा कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भएको छ ।
Read More