काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम चितवन–२ का उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । उनले हालसम्मको मतगणनामा २ हजार २५ मत प्राप्त गर्दा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा नेकपाका प्रताप गुरुङ रहेका छन् । उनले १ हजार १० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गरेकी छिन् ।
Read MoreCategory: राजनीति
रास्वपाका गणेश पौडेलको उत्साहजनक अग्रता, दोस्रो स्थानमा भट्टराई
रौतहट । रौतहट क्षेत्र नम्बर ४ अन्तर्गत गढीमाई नगरपालिका–९ को इनरवाटोलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले स्पष्ट अग्रता लिएका छन् । ७७८ मत गणना हुँदासम्म पौडेलले भारी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका हुन् । भर्खरै प्राप्त मत परिणामअनुसार पौडेलले ४४३ मत प्राप्त गरेका छन् उनलाई पछ्याइरहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले १५२ मत प्राप्त गरेका छन्। रास्वपाका पौडेल र भट्टराईबीचको मतान्तर २९१ रहेको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना ९४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामजी साहले मात्र २१…
Read Moreराष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण सम्पन्नमा सन्तोष, सबै पक्षलाई धन्यवाद
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन् । उनले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद प्रकट गरेका छन् ।
Read Moreदेशभर शान्तिपूर्ण मतदान सम्पन्न, प्रारम्भिक मतदर ६० प्रतिशत अनुमान
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । यसैगरी आयोगले पत्रकार सम्मेलन गर्दै देशभरको निर्वाचन व्यवस्थापनमा सहयोग गर्ने सबै पक्ष नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आम मतदाता र सञ्चारमाध्यमप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ । प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको आयुक्त रामप्रसाद भण्डारीले बताए । उनले…
Read Moreशान्तिपूर्ण निर्वाचन गराएकोमा प्रचण्डले दिए सरकारलाई धन्यवाद
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण ढंगले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले यो निर्वाचनले जटील राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान मद्दत गरेको बताएका छन् । प्रचण्डले समाजिक सञ्जालमा लेख्दै नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज तथा सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनका अनुसार मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले देशको लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको छ । उनले आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको…
Read Moreप्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाको आभार व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक वक्तव्य जारी गर्दै मतदाताको सक्रिय सहभागिताले लोकतन्त्रप्रति नेपाली जनताको निष्ठा र प्रतिबद्धता पुनः स्पष्ट भएको बताएका छन् । थापाले प्रतिनिधिसभाको निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साहपूर्ण सहभागिताप्रति आभार व्यक्त गरेका छन् । उनले निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन् । थापाका अनुसार मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास पुष्टि गरेको छ भने अर्कोतर्फ राजनीतिक दलहरू र आगामी सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने जिम्मेवारी अझ बढाएको छ । थापाले अधिकांश स्थानमा शान्तिपूर्ण…
Read Moreप्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने : आज लोकतन्त्रले जित्यो ‘आमा’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आज लोकतन्त्रले जितेको छ भन्दै प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका हुन् । उनले लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा ।’ सरकारले सफलतापूर्वक निर्वाचन गराएपछि बालेनको यस्तो प्रतिक्रिया आएको हो ।
Read Moreदेशभर शान्तिपूर्ण मतदान, केही स्थानमा सामान्य विवाद
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो । दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समेत भएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक…
Read Moreप्रतिनिधिसभा निर्वाचनको मतदान देशभर शान्तिपूर्ण रूपमा सम्पन्न
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर भएको मतदान छिटपुट सामान्य घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। निर्वाचन आयोग द्वारा तोकिएको समयअनुसार बिहान ७:०० बजेदेखि सुरु भएको मतदान साँझ ५:०० बजे सम्पन्न भएको हो। आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार मतदान समय साँझ ५:०० बजेसम्म तोकिए पनि मतदान केन्द्रमा लाइनमा बसेका मतदाताले त्यसपछि पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो। आयोगका अनुसार हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान औपचारिक रूपमा स्थगित गरिएको छैन। केही स्थानमा भने सामान्य विवाद देखिए पनि ती समस्या समाधान गरिएका छन्। विशेषगरी दोलखा,…
Read Moreमुगुमा ४ बजेसम्म ५८ प्रतिशत मत खस्यो
मुगु । मुगुमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा जारी छ । साँझ ४ बजेसम्म जिल्लाभर कुल २१ हजार १५१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार हालसम्म महिला ११ हजार १२१ र पुरुष १० हजार ३० जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ५८.७० प्रतिशत हो । जिल्लामा हालसम्मको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको मुख्य जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अझै १४ हजार ८८० मत खस्न बाँकी रहेको बताइएको छ ।
Read More