अदालतको बोझ घटाउन मध्यस्थता पद्धति अपनाउन सुझाव

काठमाडौं  ।  हालै न्यायालयमाथि भएको अभूतपूर्व भौतिक आक्रमणका कारण महत्वपूर्ण न्यायिक अभिलेख तथा मिसिल कागजात नष्ट भएको परिस्थितिमा वैकल्पिक विवाद समाधान (एडिआर) पद्धतिको प्रभावकारी प्रयोग अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । नेपाल इन्टरनेशनल एडिआर सेन्टर (एनआइएसी) वार्षिक साधारणसभाका अवसरमा ‘न्यायपालिकाको वर्तमान अवस्था र विवाद समाधानमा एडीआरको प्रयोग’ विषयक गोष्ठीमा सरोकारवालाहरुले उक्त धारणा राखेका हुन । सर्वोच्च, उच्च अदालत, बार एशोसिएसन, कानुन व्यवसायी तथा सरोकारवाला विशेषज्ञहरूले एडिआर पद्धतिलाई प्राथमिकता दिए । कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश तथा मेलमिलाप परिषद्का अध्यक्ष कुमार रेग्मीले विवाद समाधानमा ‘मध्यस्थता र मेलमिलाप…

Read More

आज देशभर मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति भने कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  

Read More

मन्त्री घिसिङद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा याातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले पशुपतिभन्दा माथि सुन्दरीजलसम्म बागमती करिडोरको कुनैपनि ठाउँमा ढल बागमतीमा मिसिन नहुने बताए । उनले भने, ‘मुख्यगरी पशुपतिभन्दा माथि सुन्दरीजलसम्म बागमती करिडोरको कुनैपनि ठाउँमा ढल बागमतीमा मिसिनु हुँदैन । सबै ढल गुह्येश्वरी ढल प्रशोधन केन्द्रमा आएर मात्र मिसिनुपर्छ भनेर लागेका छौ ।’ उनले गुह्येश्वरी ढल प्रशोधन केन्द्रबाट ढल सफा गरेर मात्र पशुपति भन्दा अगाडि सफा पानी पठाउने पनि बताए । ‘केही ठाउँमा…

Read More

मौसम पूर्वानुमान : आज मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । प्रतिकुल मौसमका कारण विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द भएको हो । शुक्रबार रातिदेखि नियमित पानी पर्दा उडान नभएका कारण काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरुको चाप अत्याधिक रहेको छ ।

Read More

काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो

काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गई सडक भासिएको छ । गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा उक्त सडक छेउका घरहरू जोखिममा परेको हो । काठमाडौं महानगरपालिकाका अनुसार सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा प्रतिनिधिहरू खटिएका छन् भने थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ । बस्ती डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ। जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन…

Read More

लगातार वर्षाले हेटौँडा अस्तव्यस्त, मुख्य बजार क्षेत्रमा पानी जम्यो

हेटौँडा । निरन्तर परेको अविरल वर्षाले हेटौँडासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । गत केही दिनयता परेको पानीका कारण सडक चिप्लिने, खोला–नाला बढ्ने र विभिन्न स्थानमा आवतजावत अवरुद्ध हुने अवस्था सिर्जना भएको छ । हेटौँडाको मुख्य बजार क्षेत्रमा पानी जम्दा व्यापारी र स्थानीय बासिन्दा दुबैलाई समस्या भएको छ भने ग्रामीण भेगका धेरै ठाउँमा सडक आवागमन कठिन बनेको छ । खेतबारीमा पानी जम्दा धान लगायतका बालीहरूमा समेत असर पुगेको किसानहरूले बताएका छन् । यातायात क्षेत्र पनि प्रभावित भएको छ । हेटौँडा–काठमाडौं, हेटौँडा–ललितपुर र हेटौँडा–चितवनतर्फका सडक खण्डहरूमा पहिरो र चिप्लोपनका कारण…

Read More

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा वीरगञ्जमा

काठमाडौं । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वीरगञ्जमा ६४ मिलिमिटर बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ। काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।

Read More

बर्षाका कारण आन्तरिक तर्फका उडानहरू प्रभावित

काठमाडौँ । शुक्रबार रातिदेखि भइरहेको बर्षाका कारण शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू प्रभावित भएका छन् । अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएको जनाइएको छ । कतिपय उडान डिले भएका छन् । काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Read More

तीन दिनसम्म लामो दूरीका र काठमाडौँ भित्रिने वा बाहिरिने सवारी साधन बन्द

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने–बाहिरिने सवारी साधन आवतजावत बन्द गर्ने भएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले असोज १८, १९ र २० गतेका लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने ÷ बाहिरिने सवारी साधन आवतजावत बन्द गरेको जानकारी दिएको हो । भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न…

Read More