आज यी प्रदेशहरुमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ…

Read More

दशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम आज पनि जारी

काठमाडौं । आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका…

Read More

भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द

रामेछाप । भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग  बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै  असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा रोक लगाइएको जनाएको छ । कार्यालयले सूचना जारी गरी यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सूचनामा यात्रु तथा…

Read More

देशभरको मौसम प्रतिकुल : टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध

काठमाडौं । देशभरको मौसम प्रतिकुल बन्दै गएको र जोखिम बढ्ने भएकाले विभिन्न जिल्ला प्रशासन कार्यालयले शतर्क रहन आब्हान गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ । प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न तथा काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभवहरुलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ । प्रशासनले विपद्को समयमा तत्काल उद्धार, सहयोग…

Read More

प्रसिद्ध ज्योतिष पण्डित डा अधिकारी दम्पत्तिले बाँडे चेपाङ बस्तीमा राहत

चितवन । प्रसिद्ध ज्योतिष पण्डित एवं गीतकार तथा समाजसेवी डा. रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दसैंको अवसरमा राहत वितरण गरेका छन्। विपन्न दुई सय जना चेपाङलाई उनले चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन्। पूर्वीचितवन रोटरी क्लबको समन्वयमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले राहत वितरण गरेको हो। लामो समयदेखि स्वदेश तथा विदेशमा ज्योतिषीय, कर्मकाण्ड, ध्यान योग र तन्त्रमा प्रसिद्धि कमाएका अधिकारीले दसैंमा दुःख, पीडा र निराशा नहोस भनेर राहत लिएर पुगेको बताए। पूर्वीचितवन रोटरी क्लबका अध्यक्ष गुणबहादुर अर्याल, संस्थापक अध्यक्ष…

Read More

कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा भेटियो थप एक शव

काठमाडौं, १ असोज।कोटेश्वरस्थित भाटभटेनीमा थप एक शब भेटिएको छ । डढेको अवस्थामा एक शब भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता अपिल बोहोराले जानकारी दिए ।

Read More

मदिरा उत्पादक संघको अध्यक्षमा पुन बाबरा निर्बिरोध

काठमाडौं, २३ भदौ। नेपाल मदिरा उत्पादक संघको पाँचौँ अधिवेशनबाट उद्योगपति बैजु प्रसाद बाबरा दोस्रो कार्यकालका लागि केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि पनि संघको अध्यक्ष रहिसकेका बाबरालाई पुनः विश्वासको मत दिंदै अधिवेशनले निरन्तरता दिएको हो। बैजु प्रसाद बाबराले संघमा नेतृत्व सम्हालेपछि मदिरा उद्योगसँग सम्बन्धित कर नीति, सरकारी नियमन, उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित गर्न महत्वपूर्ण पहल गर्दै आएका छन्। उद्योगमा देखिने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण, गुणस्तर सुनिश्चितता तथा वैधानिक उत्पादनलाई प्रोत्साहन गर्ने विषयमा उनले सक्रियता देखाएका थिए। यसपटक पनि उनको निर्विरोध निर्वाचित हुनु, उद्योग क्षेत्रका प्रतिनिधिहरूमाझ उनीप्रतिको विश्वास, संगठित नेतृत्व क्षमता…

Read More

आजको राशिफलः २०८२ साउन १८ गते आईतबार

आजको राशिफलः २०८२ साउन १८ गते आईतबार, ई.सं २०२५ अगस्त ३, नेपाल सम्बत ११४५ गुंलाथ्वा नवमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल नवमी, पञ्चाङ्गः शुक्ल कौलव विशाखा सुर्य कर्कट राशीमा, करणः तैतिल, याेगः शुक्ला । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२  मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा खीर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ०६ मिनेट देखि ८ बजेर ४३ मिनेट सम्म छ ।…

Read More

मन्त्रि भण्डारीद्दारा फरक क्षमताका युवालाई रोजगार दिने ईप्सा नेपालको अवलोकन

काठमाडौं, १५ साउन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज तारकेश्वर नगरपालिका–४ स्थित इप्सा नेपाल को स्थलगत अवलोकन गरेका छन् ।   फरक क्षमता (अपाङ्गता) भएका युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको यो कम्पनी ४५ जिल्लाका ६० जनाभन्दा बढी युवाहरूको आशाको केन्द्र बनेको छ ।   इप्सा नेपालमा कार्यरत युवाहरू हाते होजीयारी, गलैचा उत्पादन, साना हस्तकलाका सामग्री निर्माणजस्ता काममा संलग्न छन् ।   संस्थाकी सञ्चालक संगीता पन्तका अनुसार, “यहाँ अपाङ्गता भएका व्यक्तिहरूका लागि अनुकूल प्राविधिक कामहरू विकास गरिएको छ जसले उनीहरूको आत्मनिर्भरता र आत्मविश्वास बढाएको छ ।”   मन्त्री भण्डारीले…

Read More

आजको राशिफलः २०८२ साउन १४ गते बुधवार

आजको राशिफलः २०८२ साउन १४ गते बुधवार, ई.सं २०२५ जुलाइ ३०, नेपाल सम्बत ११४५ गुंलाथ्वा षष्ठी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल षष्ठी, पञ्चाङ्ग: सिद्ध कौलव हस्ता, सुर्य कर्कट राशीमा, करणः काैलब, याेगः सिद्द। आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२  मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १४ मिनेट देखि ८ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको…

Read More