काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली…
Read MoreCategory: विविध
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा
काठमाडौं । समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सक्रिय रूपमा होमिएका छन् । समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ । पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवार रहेका कारण ती क्षेत्रहरूमा सर्वसम्मत निर्वाचित गराइदिन सार्वजनिक अपिलसमेत गरेको छ । सामाजिक न्याय, समावेशी लोकतन्त्र तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मानवअधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्तिहरू…
Read Moreराष्ट्रियस्तरीय अवाकस च्याम्पियनसिपको उपाधि शब्दाश नेपाललाई
काठमाडौं । राष्ट्रियस्तरीय अवाकस च्याम्पियनसिपको उपाधि शब्दाश नेपालले जितेका छन् । एलरोज एजुकेसनले शनिबार आयोजना गरेको प्रतियोगितामा देशभरका ८० भन्दा बढी विद्यालयबाट करिब १५० विद्यार्थी सहभागी भएका थिए । विद्यालयस्तरमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरू राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट भएका हुन् । तहगत प्रतिस्पर्धाअन्तर्गत फाउन्डेसन लेभलमा स्मारिका घिमिरे, लेभल १ मा रुमिना भण्डारी, लेभल २ मा सौगात श्रेष्ठ, लेभल ३ मा प्रिस्टन तामाङ, लेभल ४ मा सान्वी खकुरेल, लेभल ५ मा नेहारिका घिमिरे, लेभल ६ मा इप्सा लामिछाने, लेभल ७ मा श्रीग्या बज्राचार्य र लेभल ८ मा सब्रिना वैद्य विजयी भए…
Read Moreमौसम पूर्वानुमान : तराईमा हुस्सु/कुहिरो रहने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा…
Read Moreआदिवासी जनजाति पत्रकारहरूको माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)काठमाडौं शाखाले २२औं साधारण सभा सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा आयोजित साधारण सभामा फोनिज काठमाडौंले २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ संघीय अध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारहरूको माग र मुद्दामा सरकार अझै गम्भीर नभएको बताए । उनले भने, ‘मातृभाषी पत्रकारहरूमाथि सरकारको हेर्ने दृष्टिकोण अहिले पनि विभेदकारी छ। फोनिजकै हकमा सरकारले अहिलेसम्म टोकन मनीको रुपमा मात्रै दिने गरेको छ। पत्रकारहरूको पेशा सुरक्षा र हकहितमा त निक्कै परको करा हो।’ उनले फोनिज काठमाडौंले मातृभाषामा…
Read Moreआज कोशी र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाले हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । त्यस्तै महाशाखाका अनुसार तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै, आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ…
Read Moreब्रिटिश कलेजविरुद्ध रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीले माग्यो माफी
काठमाडौँ । थापाथलीस्थित द ब्रिटिश कलेजविरुद्ध श्रृंखलाबद्ध झुटो भिडियो सामग्री प्रसारण गरेको डाँफे नेपाल टिभीले कलेजसँग औपचारिक रूपमा माफी मागेको छ । डाँफे नेपाल मिडियाका सञ्चालक दिपेश कुमार जैसवालले द ब्रिटिश कलेजलाई पत्र पठाउँदै आफूहरूबाट गल्ती भएको स्वीकार गरेका हुन् । सूचना तथा प्रसारण विभाग तथा प्रेस काउन्सिल नेपालमा दर्ता भएको डाँफे नेपाल मिडिया प्रा.लिले सत्यतथ्य जाँच नगरी सामग्री प्रसारण गरिएको स्वीकार गरेको छ । कलेजलाई पठाइएको पत्रमा उल्लेख गरिएअनुसार द ब्रिटिश कलेजसम्बन्धी केही भिडियो सामग्रीहरू सम्पूर्ण तथ्य र यथार्थ नबुझी, आवश्यक सत्य जाँच नगरी प्रसारण गरिएको र ती सामग्रीहरू…
Read Moreसुनसान सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन, संसारका लागि नेपाल खुल्ला स्टूडियो बन्नसक्ने
काठमाडौं । सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन भइरहेको छ । सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ ब्राण्डकाे विज्ञापन छायाँकन भइरहेको छ । नेपालमा सामान्यतया हिमाली पदयात्राको लागि हिउँदे समयलाई जोखिमपूर्ण समय मानिन्छ । हिउँदे समयमा जोखिम तथा उच्च चिसोका कारण पदयात्रा गर्न अपूर्ण हुन्छ भन्ने मान्यताको गलत भाष्यलाई कोरियन ब्राण्ड ‘ब्ल्याक याक ब्राण्ड’ ले चिरिदिएको छ । बेमौसमीमा हिमालमा अत्यधिक चिसो, तिब्र गतिको हावा, हाइ अल्टिच्युट सिकनेस र हाइपोथर्मियाको जोखिम बढाउँछ भन्ने मान्यताले पदयात्रीहरु यात्रा गर्न डराउँछन् । तर १६ जना कोरियनलगायत ४० जनाको टीमले यो ‘ब्ल्याक याक…
Read Moreलुकेका पर्यटन गन्तव्यहरू उजागर गर्न फोटो प्रदर्शनी हुँदै
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो ‘ह्यासट्याग फोटो नेपाल’ #photoNepal पहल अन्तर्गत कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनीमा हिमालयका मनमोहक दृश्यसँगै नेपालको जीवन्त स्थानीय जीवन झल्किने तस्बिरहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा फेब्रुअरी ६ देखि ८ (माघ २३ देखि २५) सम्म आयोजना हुनेछ । तीनदिने यो प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहने एनटीबीले जनाएको छ । एनटीबीका अनुसार प्रदर्शनीको उद्देश्य प्रतिभाशाली फोटोग्राफरहरूको सिर्जनात्मक दृष्टिकोणमार्फत नेपालका लुकेका पर्यटन गन्तव्यहरू उजागर गर्नु हो । यसले आगन्तुकहरूलाई नेपालको…
Read Moreएलपी ग्यास अभावको हल्ला निराधारः चण्डीका भट्ट
काठमाडौं । एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् । पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पारेका छन् । दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको उनले बताएका छन् । उनकाअनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट, अर्थात करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ । तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन…
Read More