बीपी राजमार्गमा बसको ठक्करबाट पूर्वसैनिकको मृत्यु

रामेछाप । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गोलन्जोर गाउँपालिका–२ बित्तिजोरका चन्द्र श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुई वर्षअघि नेपाली सेनाबाट पेन्सन लिएर अवकाश प्राप्त गरेका श्रेष्ठले धुराबजार क्षेत्रमा साबुन उद्योग सञ्चालन गर्दै आएका थिए । परिवारका अनुसार श्रेष्ठ आज मतदान गर्न गाउँ जाने क्रममा स्कुटरमा यात्रा गरी रहेका थिए । सोही क्रममा बसले ठक्कर दिँदा उनको ज्यान गएको हो । प्रत्यक्षदर्शीका अनुसार बस गलत दिशाबाट आएर स्कुटरलाई ठक्कर दिएको बताइएको छ । दुर्घटनापछि श्रेष्ठको शव…

Read More

ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपील

ललितपुर । पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा मतदान गरेका छन् । उनले महालक्ष्मी नगरपालिका–स्थित बोझे पोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट आज बिहान ठीक ७ बजेर ७ मिनेटमा मतदान गरेका हुन् । सो केन्द्रमा उनले पहिलो मतदाताका रूपमा मतदान गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् । मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खरेलले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘मैले मतदान गरेँ, तपाईंहरू पनि मतदानमा सहभागी हुनुहोला ।’ खरेल यसपटक पहिलो पटक ललितपुर क्षेत्र नं. २…

Read More

मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रामेछाप । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेका चालकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार झनझने प्रहरी चौकी क्षेत्रभित्र पर्ने सडक खण्डमा वा ४४ प ९८१७ नम्बरको मोटरसाइकल आइतबार राति करिब ९ः३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–९, चित्लाङ निवासी रामशरण चित्रकारका ३१ वर्षीय छोरा सुशान्त चित्रकार गम्भीर घाइते भएका थिए । उनलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेटौँडातर्फ रिफर गरिएकोमा बिहान १ः३५ बजे चिकित्सकले…

Read More

काठमाडौं ५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक जरिवाना

काठमाडौं । प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिए पछि काठमाडौैं ५ को रास्वपामा पहिरो गएको छ । बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन् । यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पु¥याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ । राजीनामा दिनेमा संस्थापक क्षेत्रीय…

Read More

मकवानपुरमा ट्रक र बस एक आपसमा ठोक्किँदा १४ जना घाइते

काठमाडौं । मकवानपुरमा चामल लोड गरिएको ट्रक र यात्रु बाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । बिहीबार मकवानपुरको मनहरी गाउँपालिका-९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र ०६-००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र १-०१-००१ ख ४७६८ नम्बरको यात्रु बाहक बस राति ११:४० बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । मनहरी मकवानपुरबाट खटिएका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागी हेटौडा पाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले चुरे हिल अस्पताल हेटौडामा उपचार भई रहेको…

Read More

काठमाडौं–५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलद्वारा उम्मेदवारी स्थगित, ईश्वर पोखरेललाई समर्थन घोषणा गर्ने

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्ने भएकी छन् । उनले शुक्रबार दिउँसो १ बजे सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार उपसमितिका प्रमुख डा. दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । मोबाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएकी पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सोही क्षेत्रका उम्मेदवार ईश्वर पोखरेल लाई समर्थन तथा ऐक्यबद्धता घोषणा गर्ने तयारी गरेकी हुन् । पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासहित एमालेका उम्मेदवारलाई…

Read More

प्रचण्डले आज नुवाकोटका उम्मेदवारसँगै मतदाता भेटघाट गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोटका उम्मेदवारद्वारा आयोजना गरिने मतदाता भेटघाट कार्यक्रममा सहभागी हुने भएका छन् । नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रम शुक्रबार बालाजुस्थित अनुपमद्वार पार्टी भेन्यूमा दिउँसो १२ः३० बजे सुरु हुने जनाइएको छ । समितिका अनुसार नुवाकोटका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा मतदाता भेटघाट तथा काठमाडौं केन्द्रित वृहत् चुनावी कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा पार्टी नेता–कार्यकर्ता, शुभेच्छुक तथा नुवाकोटबाट काठमाडौंमा बसोबास गर्दै आएका मतदाताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

Read More

मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लघंनका घट्ना बढ्दो

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसकी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना संलग्न चुनावी गतिविधिमा निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको आरोप लागेपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन् । सार्वजनिक भएका तस्बिरहरूमा चुनावी प्रचारसँग सम्बन्धित जुलुस तथा सामूहिक गतिविधिमा नाबालक बालबालिकालाई सहभागी गराइएको स्पष्ट देखिन्छ । निर्वाचन आयोगको आचारसंहिताले बालबालिकालाई कुनै पनि प्रकारको राजनीतिक प्रचार, ¥याली, जुलुस वा दलगत गतिविधिमा प्रयोग गर्न कडाइका साथ निषेध गरेको छ। तर उक्त निर्देशनको खुलेआम उल्लङ्घन गरिएको भन्दै स्थानीय स्तरमा तीव्र विरोध सुरु भएको हो ।…

Read More

शिवप्रसाद भण्डारी लगायत दोलखाका नेताहरू एमालेमा नै फिर्ता

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् । उनीसँगै तामाकोसी गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत रहेकी उनकी श्रीमती कल्पना भण्डारी तथा भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेत पनि एमालेमा फर्किएका छन् । उनीहरूलाई सोमबार बिहान आयोजित पुनर्मिलन कार्यक्रममार्फत पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो । कार्यक्रममा पार्टीका उम्मेदवार पार्वत गुरुङ, नेता आनन्दप्रसाद पोखरेल, जितवीर लामा, लालकुमार केसीलगायत पुराना नेताहरूको उपस्थिति रहेको थियो । पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजयी हासिल गर्न सकिने बताए…

Read More

काठमाडौं ५ मा सस्मित पोखरेलको चुनावी घरदैलो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार सस्मित पोखरेलले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । सोमबार उनले टोखा क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । घरदैलो कार्यक्रमका क्रममा उनले मतदाताबाट उत्साहजनक समर्थन पाएको बताएका छन् । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै पोखरेलले घरघर र टोलटोलबाट ‘घण्टी’ भन्दै व्यक्त भइरहेको समर्थनले आफूहरूलाई थप ऊर्जा मिलेको बताए । उनले मतदाताको मुख्य चाहना सामान्य शिक्षा र स्वास्थ्य सेवा सहज तथा सुलभ रूपमा उपलब्ध हुनु, रोजगारीको अवसर सिर्जना हुनु र नेपालमै बस्ने वातावरण…

Read More