भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मकवानपुरगढी–५ र भिमफेदी–१ को सिमाना नजिकै आज बिहानै बाग्मती प्रदेश–०३–००५प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । स्थानीयहरुले उपलब्ध गराएको तस्बिर तथा विवरण अनुसार मोटरसाइकल पुलबाट तल खोल्सातिर खसेको देखिन्छ । भीरालो भूभाग भएको खोल्सामा दुई जना व्यक्ति मोटरसाइकल दुर्घटनामा परेर मृत अवस्थामा भेटिएका छन घटनापछि आसपासका स्थानीय उद्धारका लागि खोल्सामा झरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार मोटरसाइकल नियन्त्रण…

Read More

रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु

रामेछाप । रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पु¥याइएका घिसिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

Read More

अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक

रामेछाप । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । जिल्लामा बाढी, पहिरो, डुबान र चट्याङजस्ता विपद् जोखिम बढ्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि विभिन्न निर्णय गरेको हो । निर्णयअनुसार असोज १७ गतेदेखि २० गतेसम्म अरनिको राजमार्ग लगायत जिल्लका मुख्य र सहायक राजमार्गमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका सवारी भने…

Read More

आजको मौसमः मधेससहित पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, १८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।   दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा…

Read More