रौतहट । बाराको सिमरा घटनामा प्रशासन र जेनजी समूह बिच तिन मौखिक तीन विषयमा सहमति भएको छ । जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने लगायत तीन वटा विषयमा छलफल गरि सहमति भएको हो । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीचको छलफल सकरात्मक भएपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बाराका अध्यक्ष सम्राट उपाध्यायले बताए । उनले पक्राउ पर्न बाकीँ रहेकालाइ नियन्त्रणमा लिएर निष्पक्ष कार्वाहीको माग गर्दै ३ दिनसम्म पर्खने बताएका छन्। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले फरार…
Read MoreCategory: मधेश
सर्लाहीमा पानीको बाल्टिनमा डुबेर १५ महिने बालकको मृत्यु
सर्लाही । सर्लाहीमा पानीको बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका – ७, भगवानपुर निवासी ललिता देवीका १५ महिने बालक आर्यन कुमार महतो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ललिताले बालटिनमा कपडा धोई सुकाउन गएको समयमा आर्यन खेल्ने क्रममा उक्त बाल्टिनमा रहेको पानीमा डुबेका थिए। बालकलाई तत्काल उपचारका लागि अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Read Moreसप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गतको दोस्रो दिन फूलवारी लीला सम्पन्
जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सवको दोस्रो दिन (शुक्रबार) फूलबारी लीला सम्पन्न भएको छ । जनकपुरधामको जानकी मन्दिर छेउमै रहेको विवाहमण्डप प्राङ्गनमा फूलवारी लीला गरिएको छ । त्रेता यूगमा मिथिला नरेश शिरध्वज राजर्षि जनकको प्रतिज्ञा अनुसार आयोजना गरिएको धनुषयज्ञमा मर्यादा पुरुषोत्तम भगवान् राम गुरू वशिष्टसँगै जनकपुरधाम आएको बेलामा जनक दुलारी माता सीतासँग फूलवारीमा सर्वप्रथम भेट भएको सम्झनामा फूलबारी लिला गरिन्छ । हजारौंको सख्यामा फूलवारी लीला हेर्न आएका श्रद्धालुभक्तजनहरुले सिया बोलको नारा लगाउँदा वातावरण सियामय भएको थियो । शनिबार(भोली) विवाहपञ्चमी महोत्सवको तेस्रो दिन जनकपुरधामको ऐतिहासिक बाह्र विघा मैदानमा धनुष…
Read Moreविवाहपञ्चमीका लागि जनकपुरधाममा धुमधामका साथ तयारी हुँदै
जनकपुर । जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ । जनकपुरधामको जानकी मन्दिर र बाह्रविघा मैदान, राममन्दिर, विवाह मण्डपलगायतका स्थानहरुमा दिन रात सरसफाई, सजावट, स्टेज निर्माणका कार्यहरु भइरहेको छ । बिहीबार (भोली) देखि सुरु हुनलागेको सात दिने विवाहपञ्चमी महोत्सवको तयारीका लागि जनकपुरधामका सम्पूर्ण निकायहरु सक्रिय रुपमा काम गरिरहेका छन् । जानकी मन्दिरले अगुवाई गर्दै आएको विवाहपञ्चमी महोत्सवका लागि प्रत्येक वर्ष झै यस वर्ष पनि विभिन्न समितिहरु गठन गरिएको छ । हरेक समितिलाई छुट्टाछुट्टै जिम्मेवारीहरु टोकिएको छ । भारतको अयोध्याबाट आउने बाराती,…
Read Moreमधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
जनकपुर । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरिएको थियो । महाभियोग माथि आज बसेको प्रदेश सभाको बैठकमा छलफल पश्चात मत विभाजन गरिएकोमा महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा सून्य मत परेको थियो । आजको बैठकमा कुल उपस्थित सांसदहरुको संख्या ७८ रहेको थियो । उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाई रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन…
Read Moreसर्लाहीमा खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई भारतीय पक्राउ
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तै देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत शुक्रबार दिउँसो करिब ३ः३० बजे प्राप्त विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा भारत बिहारको सीतामढी जिल्लास्थित सोनवर्षा थानाअन्तर्गत कोबरवा गाउँका २२ वर्षीय तशिफ शेख र सोही जिल्लाको बेला पंचायत, लहुरिया वडा नं. १०, खुर्साहा टोल निवासी १९ वर्षीय फरहान राजा रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार तशिफ शेखले लगाएको अण्डरवेयरभित्र लुकाइएका झण्डै १२ ग्राम बराबरका लागुऔषधजन्य पदार्थ…
Read Moreप्रदेश सभा विघट्न गरी प्रदेश प्रमुख शासन लागू गर्न युवाहरुको माग
जनकपुर । जनकपुरधामका युवाहरुको एक समूहले मधेश प्रदेश सभा विघ्टन गरी प्रदेश प्रमुख शासन लागू गर्न माग अघि सारेका छन् । स्वतन्त्र युवा समाजका युवा अगुवाहरुले आईतबार मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई मधेश प्रदेश राजनितिक किचलोको सिकार भइरहेको भन्दै निकासका लागि प्रदेश सभा विघटन गर्न मागसहितको पत्र बुझाएका छन् । युवाहरुले उक्त पत्र राष्ट्रपति कार्यालयमा बुझाइदिन प्रदेश प्रमुख डा. लाभलाई आग्रह गरेका छन् । मधेश प्रदेश सभाका सांसदहरुको लुछाचुडीका कारण प्रदेशको सम्पूर्ण मन्त्रालय, कार्यालयहरु अस्तव्यस्त भइसकेकोले देशको सार्वभौम सत्ता, राष्ट्रियतामा गम्भिर असर परेको पत्रमा उल्लेख रहेको…
Read Moreवडाध्यक्षलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ
जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । वडाध्यक्ष यादवलाई गोली हान्ने सोही स्थानका ३५ वर्षिय शम्भु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । पक्राउ परेका शम्भु यादव जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार हुन । धनुषा प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ३० वर्षिय धर्मनाथ यादव, २८ वर्षिय पप्पु यादव र २८ वर्षिय मनोज कुमार यादवलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । गत…
Read Moreविदेशमा अलपत्र परेका अर्जित मण्डललाई पिएनसिसि र हेल्प मधेसीको संयुक्त पहलमा स्वदेश फर्काउने तयारी
महोत्तरी, विदेशमा अलपत्र परेका नेपालीहरूको हितमा सक्रिय पिएनसिसि (PNCC) र हेल्प मधेसीको प्रभावकारी समन्वय र मानवीय पहलका कारण जलेश्वर–महोत्तरीका अर्जित मण्डल आगामी १९ नोभेम्बर २०२५ मा स्वदेश फर्किन पाउने भएका छन्। बटिक एयरलाइन्सको बेलुकी ६:१० बजेको उडानबाट नेपाल आउने अर्जितको उद्धार प्रक्रिया PNCC का Outreach Officer सुरेन्द्र महतोको निरन्तर प्रयासपछि सफल भएको हो। परिवारको कमजोर आर्थिक स्थिति र टिकटको अभावका कारण जेल सजाय पूरा गरे पनि अर्जित लामो समयदेखि Detention Center मै अलपत्र परिरहेका थिए। यही कठिन परिस्थिति बुझ्दै हेल्प मधेसीले अर्जितलाई एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्कने मार्ग खुलेको…
Read Moreसर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
सर्लाही । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि सर्लाहीका ४ सहित मधेस प्रदेशका २४ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। संविधानले सङ्घ, प्रदेश र स्थानीय तहका लागि बजेट पेस गर्ने निश्चित मितिहरू तोकिदिएको छ, जेठ १५ गते सङ्घीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ। तर मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये २४ तह अझै बजेटविहीन अवस्थामा रहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सर्लाहीका मलङ्गवा नगरपालिका, हरिवन नगरपालिका, चन्द्रनगर र रामनगर गाउँपालिकाले बजेट पेस…
Read More