सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यति बेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । मधेस जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय शक्ति सन्तुलनको मैदानमा रूपान्तरण भएको छ । सङ्घीयता, पहिचान र अधिकारको एजेन्डासँग जोडिएको उनको राजनीतिक छविले सप्तरी–३ लाई प्रतीकात्मक र रणनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण बनाएको छ । जनविद्रोहको विरासत र भावनात्मक तरङ्ग मधेस जनविद्रोह केवल आन्दोलन थिएन, त्यो अधिकार र आत्मसम्मानको घोषणापत्र थियो । यो आन्दोलनको नेतृत्वकर्तामध्ये प्रमुख अनुहारका रूपमा स्थापित यादवको उम्मेदवारीले जनविद्रोहको ऐतिहासिक…
Read MoreCategory: मधेश
वीरगन्जमा कर्फ्यू हटाइयो, साँझ ६ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश प्रशासनले हटाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै आज (शुक्रबार) साँझ ४ः३० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, फागुन ११ गते बिहान ९ः४५ बजेदेखि लागू गरिएको कर्फ्यू सर्वदलीय बैठकको सहमति र सुरक्षा मूल्यांकनका आधारमा हटाइएको हो । प्रशासनले परिस्थिति क्रमशः सामान्य बन्दै गएकाले कफ्र्युलाई निरन्तरता दिन आवश्यक नदेखिएको जनाएको छ । कफ्र्यु हटाइए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको भन्दै प्रशासनले आजै बेलुकी ६ः०० बजेदेखि भोलि…
Read Moreवीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कफ्र्यू लगाएका हुन् । पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कफ्र्यू लगाइएको प्रशासनले जनाएको छ । कफ्र्यू क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
Read Moreसुरक्षा अवस्था बुझ्न एआईजी र डिआईजी सर्लाहीमा
सर्लाही । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन र होली पर्वलाई लक्षित गर्दै सुरक्षा अवस्था बुझ्न नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदी र नायव महानिरीक्षक (डिआईजी) गोविन्द थपलिया जिल्ला प्रहरी कार्यालय मलङ्वामा अनुगमन तथा निरीक्षणका लागि पुगेका छन् । आइतबार नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, नक्साल काठमाडौंका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी र मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले सम्बन्धित कार्यालयको निरीक्षण गरेका हुन् । निरीक्षणपछि आयोजित निर्देशन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक चतुर्वेदीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य…
Read Moreमिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन पुग्ने भएको छ । आइतबार ध्रुव कुण्डमा विश्राम पश्चात् आज बिहानैदेखि परिक्रमा यात्री कञ्चन वनका लागि प्रस्थान गरेका छन् । त्रेता युगमा राम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्र पुगेका थिए । त्यही क्रममा कञ्चन वन पुगेर रङ खेलेको जनविश्वास रहेको छ । सोही दिनको सम्झनामा कञ्चन वनमा ‘होरी उत्सव’ पनि मनाउने गरिन्छ । आज परिक्रमा यात्रुहरू कञ्चन वन पुगेर स्थानीय र साधुसन्तसंग होली खेल्छन् । मिथिलाञ्चल क्षेत्रमा आजैदेखि होली सुरु हुने मान्यता रहेको छ । धनुषाको कचुरीबाट…
Read Moreरौतहटको गौरमा दुई घण्टाका लागि कफ्र्यू खुकुलो, साढे ८ पछि पुनः कडाइ
रौतहट ।रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न लगाइएको कफ्र्यू आदेश आइतबार बिहान केही समयका लागि खुकुलो पारिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै स्थानीयलाई दैनिक उपभोग्य वस्तु खरिद र अत्यावश्यक कामका लागि सहुलियत दिने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचना अनुसार, आइतबार बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म गरी दुई घण्टाका लागि कफ्र्यू खुकुलो पारिएको हो। तर, बिहान ८ः३० बजेपछि अर्को आदेश नभएसम्मका लागि कफ्र्यू पुनः यथावत रहने प्रशासनले स्पष्ट पारेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६…
Read Moreसशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ, मुख्य अभियुक्त रुन्चे मदन फरार
वीरगञ्ज । वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरुलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं. १ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, वडा नं.१० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, पर्साको विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह , भारत विहार मोतिहारी रक्सौलका ४०…
Read Moreसर्लाहीमा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट
सर्लाही। सर्लाहीमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ। जिल्लाको गोडैता नगरपालिका – ९ बकैनियामा अवैध रूपमा उत्पादन भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार साँझ उक्त स्थानमा छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सो क्रममा मदिरा बनाउन प्रयोग हुँदै आएको करिब २ हजार २ सय लिटर कच्चा पदार्थ तथा १५ लिटर तयार घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ। साथै, मदिरा उत्पादनमा प्रयोग हुने मेसिन तथा अन्य उपकरणहरू नियन्त्रणमा लिइएको छ।
Read Moreकार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम
रौतहट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै उत्कृष्ट घोषित भएको छ । १७ वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा गौरले ६६.१७ अङ्क प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो । आयोगको प्रतिवेदन अनुसार राजपुर नगरपालिका ५९.९६ अङ्कसहित दोस्रो र बौधीमाई नगरपालिका ५९.७४ अङ्कसहित तेस्रो स्थानमा रहेका छन् । इशनाथ (५९.५९), मौलापुर (५८.९७), परोहा (५७.१४), राजदेवी (५२.५१), माधवनारायण (५२.४०) र चन्द्रपुर नगरपालिका (५०.९०) अङ्कसहित मध्यम स्थानमा छन् । गुजरा (४८.७३), गढीमाई (४६.२०), यमुनामाई (४६.०६),…
Read Moreमधेशको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन शाह
सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सिरहाको गोलबजार नगरपालिकामा पुगेका छन् । मधेश केन्द्रित जनसम्पर्क तथा संगठन विस्तार अभियानअन्तर्गत बालेन शाह आज गोलबजारमा उपस्थित भएका हुन् । गोलबजारमा उनले पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय युवाहरूले स्वागत गरेका छन् । भेटघाट तथा संक्षिप्त सम्बोधनका क्रममा शाहले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र मधेशको विकासप्रति पार्टी प्रतिबद्ध रहेको बताए । उनको आगमनसँगै गोलबजार क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ भने स्थानीयवासीमा नयाँ आशा र उत्साह देखिएको छ ।
Read More