सिरहा । लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दै गएको छ। लहानका दुई जना युवा व्यवसायी ओमप्रकाश शर्मा र सन्तोष कुमार पासवानको अगुवाइमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६३ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुरुषोत्तम यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा लहानका विभिन्न वडाबाट उल्लेखनीय सहभागिता देखिएको थियो। पार्टी प्रवेश गर्नेहरूमा बाली गुप्ता (वडा १), बिकी सुनी (वडा २), बिनोद चौधरी (वडा ५), अम्रेस (वडा ८), बरुन रौनियार (वडा १), बिबेक साह (वडा १०), बिनेस झा (वडा ८), सन्दिप…
Read MoreCategory: मधेश
सिरहामा सवारी दुर्घटनाविरुद्ध प्रदर्शन, ठेकेदारको पुतला जलाइयो
सिरहा । सिरहाको हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पटक–पटक सवारी दुर्घटना भइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाउँदै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् । दुर्घटनामा निरन्तर मानवीय क्षति बढ्दै जाँदा पनि सुरक्षाका उपाय नअपनाइएको भन्दै युवाहरू आक्रोशित भएका हुन् । प्रदर्शनका क्रममा युवाहरूले प्रधानमन्त्री सुशील कार्की, सिरहाका प्रमुख जिल्ला अधिकारी तथा हुलाकी राजमार्ग निर्माणका ठेकेदार किशोरी कलम साहको पुतला दहन गरेका छन् । उनीहरूले सडकको अव्यवस्थित अवस्था, आवश्यक संकेत चिन्हको अभाव र निर्माण कार्यमा लापरबाहीकै कारण दुर्घटना बढिरहेको दाबी गरेका छन् । प्रदर्शनकारी युवाहरूले तत्काल सडक सुधार, ट्राफिक व्यवस्थापन…
Read Moreवीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा
रौतहट । वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको छ । सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले छापा मार्ने क्रममा स्थिति तनावग्रस्त बनेपछि भएको झडपमा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् । सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा संयुक्त टोली आदर्शनगरस्थित एक गोदाममा पुगेको थियो । टोलीले खानतलासी सुरु गर्न लाग्दा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि विवाद सुरु भएको थियो ।…
Read Moreमधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु
जनकपुरधाम । मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु भएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा आयोजना गरिएको प्रदर्शनीको प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उद्घाटन गरेका हुन्। माघ २९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको मूल आयोजक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोष रहेका छन्। प्रदर्शनीमा जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रज्ञा–प्रतिष्ठान र राजर्षि जनक विश्वविद्यालयको सहकार्य रहेको छ भने नेपाल पर्यटन बोर्ड कला प्रवर्धकका रूपमा रहेको छ। पाँच दिनसम्म चल्ने प्रदर्शनीमा मैथिली भाषा, साहित्य, परम्परा र कलासँग सम्बन्धित विभिन्न हस्तकला तथा चित्रकला प्रदर्शनमा राखिएका छन्। साथै मधेश प्रदेशमा…
Read Moreसीआईबीको ‘असई’ बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ
रौतहट । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर निवासी ३५ वर्षीया निर्मला महतोलाई पक्राउ गरेको हो। पक्राउ परेकी महतोले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनामहरू प्रयोग गरी सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार महतोले विभिन्न व्यक्तिहरूलाई प्रलोभन र विश्वासमा पारेर लाखौँ रुपैयाँ ठगी गरेकी छिन् । उनले सर्लाहीका अटो चालक राजेश्वर साहसँग चिनजान गरी भन्सारबाट ‘स्कारपियो’ गाडी…
Read Moreनेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
जनकपुर । नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते हुने भएको छ । यसअघि उक्त सभा ७ गते हुने भनिएकोमा १ दिन पहिला सारिएको हो । शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ । बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको हो । बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकमा मधेस सभाको तयारी, व्यवस्थापन तथा सङ्गठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई…
Read Moreरौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा
रौतहट । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहटका चारवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । शीर्ष नेताहरू, पूर्वमन्त्रीहरू र नयाँ अनुहारहरू यतिबेला मतदाताको विश्वास जित्न गाउँ–गाउँ र टोल–टोलमा पुगेर घरदैलो अभियानमा व्यस्त छन् । रौतहट क्षेत्र नम्बर १ मा यसपटक निकै रोचक प्रतिस्पर्धा देखिएको छ । यहाँ पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल चुनावी मैदानमा छन् । उनीसँगै नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वनगर प्रमुख अजय कुमार गुप्ता प्रतिस्पर्धामा छन् । कांग्रेसको तर्फबाट नेपाल सरकारका पूर्वउद्योगमन्त्री अनिल कुमार झा, जनता समाजवादी…
Read Moreनेपाल–भारत सीमामा संयुक्त गस्ती
सर्लाही । सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । शनिबार दिउँसो करिब १२ः०० बजेदेखि सुरु भएको गस्ती इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक सुशिल रावलको कमाण्डमा ४ जना, बिओपि संग्रामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप पनेरुको कमाण्डमा ७ जना तथा भारतीय सशस्त्र सीमा बल (एसएसबि) ५१ बटालियनका इन्सपेक्टर राहुल सिंह ढाकाको कमाण्डमा ५ जना गरी संयुक्त टोलीको सहभागितामा सञ्चालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार संयुक्त टोलीले नेपाल–भारत सीमामा पर्ने पिलर नं. ३१७/३ देखि पिलर नं. ३१८/२३ सम्मको क्षेत्रमा…
Read Moreजनताको मत र जीतको असली हकदार हामी हौं : उपेन्द्र यादव
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाको यो निर्वाचनमा जनताको मत र जीतको असली हकदार जसपा नेपाल मात्रै भएको दाबी गरेका छन् । मधेश जनविद्रोहको ऐतिहासिक स्वामित्व, निरन्तरको संघर्ष र सीमान्तकृत जनता केन्द्रीत एजेन्डाको हिसाबले मधेशमा जसपा नेपाल मात्रै जनताको मत र जीतको वास्तविक हकदार रहेको दाबी गरेका हुुन् । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ७, स्थित इटहरीमा शुक्रबार आयोजित चुनावी छलफल तथा भेटघाटको क्रममा अध्यक्ष यादवले भने, ‘कठोर सङ्घर्ष गरेरै अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल हो, त्यसैले बाँकी अधिकारप्राप्तिका लागि जनताको मतको असली हकदार…
Read Moreचुनावी अभियानमा मृत्यु भएकी वालिकाको परिवारलाई रास्वपाले क्षतिपूर्ति दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको निधन भएको घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाएको छ । शुक्रबार रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ती जारी गर्दै घटनाप्रति रास्वपा अत्यन्तै स्तब्ध र मर्माहत भएको बताएका हुन् । ‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ । यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट…
Read More