सर्लाही । सर्लाही जिल्लामा मतदाता नामावली दर्ता अभियानसँगै ५ हजार ६ सय भन्दा बढी नयाँ मतदाता थपिएका छन्। असोज १२ गतेदेखि सुरु भएको दर्ता प्रक्रिया हिजो शनिबारसम्म निरन्तर चलेको छ। जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिव नारायण साहका अनुसार यो अवधिमा ५,६१३ जना नागरिकले आफ्नो नाम नामावलीमा दर्ता गराएका छन्। नयाँ दर्ता मतदातामध्ये ३,२८९ पुरुष र २,३२४ महिला रहेका छन्। प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने भएकाले निर्वाचन आयोगले देशभर मतदाता नामावली संकलन तीव्र पारेको छ। सर्लाहीमा समेत केही दिन दैनिक सयौँ सेवाग्राही दर्ताका लागि कार्यालय धाउने गरेका थिए।…
Read MoreCategory: मधेश
जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन
जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज(आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र जनमत पार्टीका सांसद र नेता एवम कार्यकर्ताहरु मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलविरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । आज अदालतको फैसला आउने भएकाले आफूहरु आशावादी रहेको र…
Read Moreमेला हेरेर फर्कने क्रममा बुलेरो भ्यान दुर्घटना, १० जना घाइते
रौतहट । रौतहटको चन्द्रनिगाहपुर देउराली चोकमा महिन्द्रा पिकअप बुलेरो भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरबाट समाचकेवा मेला हेरेर फर्कने क्रममा सवारी दूर्घटनामा परेको हो । चन्द्रपुर नगरपालिका वाड न ४ को देउराली चोकमा गएराती साढे ११ बजेतिर मधेश प्रदेश –०३–००१च–७५२४ नम्बरको बलेरो भ्यान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । भ्यानमा सवार रहेका जना घाइते भएको र उनीहरूको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रा.लि र हाइवे अस्पतालमा उपचार भइरहेको छ। सन्तपुर मेला हेरेर सर्लाही स्थित हरिवन घर फर्कने क्रममा दुर्घटना भएको उक्त गाडी…
Read Moreफोहोर व्यवस्थापनमा हेलचेक्र्याइ : नदीलाई डम्पिङ साइट बनाउँदा बस्तीमा असर
सिरहा । गाउँबाट नगर हुँदै विशाल शहरको रुपमा समाज विकसित हुँदैछ । तर शहरीकरणबाट उत्पादित फोहोर व्यवस्थापन विकराल समस्या बनेको छ । फोहोरको उचित व्यवस्थापन हुन नसक्दा र मानव बस्ती छेउको नदीमा फोहोर फाल्दा वरपरका गाउँमा विरामीहरुको संख्या बढ्दै गएको छ । विशेषगरी क्यान्सरका रोगीहरु बढी मात्रामा देखिने गरेका छन् । सिरहाको गोलबजार जहाँ दैनिक १२ टन फोहोर उत्पादन हुन्छ । पसल र गुद्री हाट बजारबाट निस्केको प्लाष्टिक र अन्य फोहोरहरु नगरपालिकाले संकलन गरेर स्थानीय गागन नदीमा फाल्ने गर्छ । नगरपालिकाले निश्चित स्थानमा वैज्ञानिक मापदण्ड अनुरुप फोहोर विसर्जन गर्ने ल्याण्डफिल्ड…
Read Moreमधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रदेशवासीका लागि सम्बोधन, मधेशवादी दल र नेताको लहमा नलाग्न प्रदेशवासीलाई आग्रह
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीका लागि सम्बोधन गरेका छन् । शनिबार विहान जनकपुरधामस्थित आफ्नो नीजि निवासमा पत्रकारहरु समक्ष प्रदेशवासीका लागि सम्बोधन प्रस्तुत गरेका छन् । सम्बोधनमा मुख्यमन्त्री यादवले मधेशवादी नेता र दलहरु सत्ताको खेलमा लागेकाले सम्पूर्ण प्रदेशवासीलाई सचेत हुने आग्रह गरे । उनले मधेशवादी दलहरुलाई जनता र प्रदेश देखि कुनै मतलब नरहेको बताए । मधेशवादी दलहरुले आम जनता र गरिबहरुलाई आन्दोलनको नाममा अझः बढी समस्या दिनेगरेकाले यसबाट उनीहरुको नियत प्रष्ट हुन गएको बताए । कर्मचारी कुट्ने र राष्ट्रिय झण्डाको अपमान गर्नेहरु जनप्रतिनिधि हुन नसक्ने मुख्यमन्त्री यादवको…
Read Moreमधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता
जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ । सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग दर्ता गराउनेमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्र रहेको छ । सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्नसमेत माग गरिएको छ । प्रस्ताव पत्रमा सभामुख मण्डलले प्रदेश सभामा एक दलको…
Read Moreमुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
रौतहट । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्ध सात दलले रौतहटको गौरमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी ) र नागरिक उन्मुक्ति पार्टीले बुधबार दिउँसो गौरमा विरोध प्रदर्शन गरेका हुन् । सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले नाराबाजी गर्दै मुख्यमन्त्री नियुक्ति खारेजीको माग गरेको हो । लोसपाका नेता अनिल सिंहले संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरिएको बताए । मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भएको टिप्पणी गर्दै उनले…
Read Moreजनकपुर रुपेठा हिन्दू मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय
जनकपुर । विगत केही दिनदेखि धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० रुपेठमा भइरहेको हिन्दू र मुस्लिम समुदायबीचको विवादमा सर्वपक्षीय बैठकले तत्काल केही निर्णयहरु गरेको छ । सोमबार (आज) जनकपुरधामस्थित अधिकृत संगमको सभा हलमा बसेको सर्वपक्षीय बैठकले रुपेठामा भइरहेको हिन्दु र मुस्लिम समुदायबीचको विवादको सामाधानका लागि विभिन्न निर्णयहरु गरेको छ । बैठकपश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले रुपेठामा रहेको मुख्य विवादको जड तेलीया पोखरीमा नगरपालिकाको मात्र अधिकार रहने बताए । मेयर साहले तेलीया पोखरी नेपाल सरकारको सम्पत्ति रहेको र यसको अब पश्चात सम्पूर्ण रेखदेख जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा गर्ने…
Read Moreसर्लाहीमा भारि बर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज १७ देखि २० गतेसम्म मनसुनजन्य भारी वर्षा हुने पूर्वानुमान रहेकाले जिल्लाभर बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले शुक्रबार एक सूचना जारि गर्दै जिल्लावासीलाई अविरल वर्षाको कारणले जोखिम बढ्ने देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। प्रशासनले १७ देखि २० गतेसम्म भारि वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ । सम्भावित विपदजन्य घटनाबाट हुन् सक्ने क्षति न्यूनीकरणका लागि क्विक रेस्पोन्स टिम र इन्सिडेन्ट रिस्पोन्स टिम तयारी अवस्थामा राखिएको पनि जानकारी प्रशासनले दिएको…
Read Moreवीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान
वीरगन्ज, १७ असोज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका-३ जयमंगलापुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान गाउँपालिकाको टिहुनी झलमहिया-भिष्ण सडकखण्डमा अवस्थित वडा कार्यालयभन्दा करिब सय मिटर पश्चिमतर्फको पुलनजिकै जयमंगलापुरका २७ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कानुले चलाएको भारतीय नम्बर प्लेट ( १२७३) रहेको मोटरसाइकल पुलबाट पोखरीमा खस्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मोटरसाइकल शव नजिकै फेला परेको र मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको कारण मृत्यु दुर्घटनाबाट भएको हुन…
Read More