सर्लाही कारागारमा मतदान सम्पन्न

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–९ स्थित सर्लाही कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा व्यवस्था गरिएको मतदान केन्द्रमार्फत कैदीबन्दीले मतदान गरेका हुन् । सहायक मतदान अधिकृत रिन्कु महतोका अनुसार कारागारमा रहेका कुल ३४ जना कैदीबन्दीले मतदान गरेका छन् । उनका अनुसार सबै कैदीबन्दीले मतदान गरेका छन् । निर्वाचन प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो । कैदीहरुका लागि तोकिएको समयमै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Read More

सर्लाही–४ को बसबरियामा विवादपछि रोकिएको मतदान पुनः सुरु

रौतहट । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहान मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ । विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको उक्त केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरूबीच सामान्य विषयलाई लिएर भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको थियो । विवाद बढ्दै गएपछि मतदान अधिकृतले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही समयका लागि मतदान स्थगित गरेका थिए। घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिहरूबीच भएको सहमतिका आधारमा…

Read More

रास्वपा उम्मेदवार मनिष झाले जनकपुरधाममा गरे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता एवं धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार मनिष झाले आज बिहानै मतदान गरेका छन् । झाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित रेल्वे स्टेसन मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । धनुषा–३ मा यस पटक रास्वपा र अन्य दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । आज बिहान ७ बजेदेखि नै जनकपुरधामका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

Read More

रौतहट-१ का उम्मेदवार अजय गुप्ताद्वारा मतदान

रौतहट । रौतहट क्षेत्र नं १ का उम्मेदवार अजय गुप्ताले मतदान गरेका छन् । उनले गौर नगरपालिका वडा नं ५ मा रहेको गौरी शंकर यादव रौतहट मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन । रौतहट क्षेत्र नं। १ मा कूल १ लाख ८ हजार ६९६ मतदाता रहेका छन् । जसमा ६० हजार २ सय ३९ पुरुष र ४८ हजार ४ सय ५७ महिला मतदाता छन् । यस क्षेत्रमा निर्वाचनका लागि ६७ मतदान स्थल र १३२ मतदान केन्द्रको व्यवस्था गरिएको छ । यो क्षेत्रबाट प्रतिनिधिसभाका लागि ३९ जना उम्मेदवारहरू चुनावी…

Read More

रौतहटमा पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान : लोकतन्त्र सुदृढीकरणका लागि मतदान गर्न आह्वान

रौतहट । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज रौतहट क्षेत्र नं १ का मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले आ—आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गौर नगरपालिका वडा नं २ स्थित रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन । बिहान ७ः५५ बजे मतदान केन्द्र पुगेका उनले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देशको विषम परिस्थितिमा भइरहेको यो निर्वाचनलाई सफल बनाउन सबै मतदाताले सजगता, धैर्यता र जिम्मेवारीका साथ सहभागी हुनुपर्नेमा जोड दिए । उनले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त…

Read More

रौतहटमा प्रतिनिधिसभा निर्वाचनका लागि उत्साहपूर्ण मतदान सुरु, १० हजार सुरक्षाकर्मी परिचालन

रौतहट । प्रतिनिधिसभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि रौतहटसहित देशभर एकैसाथ मतदान कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय गौरका अनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्र तथा मतदान स्थलहरूमा निर्धारित समयमै मतदान प्रक्रिया प्रारम्भ भएको हो । बिहानैदेखि मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न उत्साहका साथ मतदान केन्द्रमा पुग्न थालेका छन्। मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न रौतहटमा सुरक्षा व्यवस्था अत्यन्त सुदृढ पारिएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार जिल्लाभर नेपाल प्रहरी, सशस्त्र…

Read More

पर्सा २ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरेको हो । चौधरी सवार गाडीबाट शंकास्पद वस्तु समेत फेला परेको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भइरहेको छ र घटनाबारे थप जानकारी पत्रकार सम्मेलन मार्फत दिइने प्रहरीले जनाएको छ ।

Read More

सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ

सर्लाही । सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् । उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना…

Read More

उपेन्द्र यादवको अपिल : ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्त्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले चुनाव प्रचारको आज अन्तिम दिन स्पष्ट शब्दमा भनेका छन्, ‘निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय छन् । योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगाउन खोजिएको छ । तर सचेत मतदाता भ्रमित हुँदैन, ऊ आफ्नो संघर्ष सम्झन्छ ।’ अपील गर्दै यादवले भनेका छन्, ‘क्षणिक…

Read More

निर्णायक शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्छ : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्ने दाबी गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलोको क्रममा आममतदातालाई सम्बोधन गर्दै राज्यले विगत झै मधेशलाई उपेक्षा गरेर समृद्ध मुलुक बन्नै नसक्ने दाबी गरे । ‘मधेश केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,’अध्यक्ष यादवले भने,‘अबको निर्णायक शक्ति मधेश हो, र देशको भविष्य पनि मधेशले नै तय गर्नेछ ।’ मधेशको आन्दोलन, बलिदान र त्यागको स्मरण गर्दै मधेश…

Read More