हावाहुरीको जोखिम : रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

रौतहट । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रशासनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत एक सूचना जारी गरी तराईका भू–भागहरूमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको जनाएको हो। विशेषगरी रातिको समयमा मधेश प्रदेशका रौतहट, बारा, सर्लाही र महोत्तरी तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । तीव्र गतिको हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना तथा घरको छाना उडाउने, र विद्युत् एवं सञ्चार सेवा…

Read More

सर्लाहीमा एसईई प्रश्नपत्र आउट गर्ने युवक पक्राउ

सर्लाही । सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोज कुमार यादव रहेका छन्। सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार, यादवलाई सोही पालिकाको वडा नम्बर २ पिपरियास्थित श्री बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिर बिहीबार (मिति हालै) पक्राउ गरिएको हो। परीक्षा सुरु भएको केही मिनेटमै (८ः०९) उनी परीक्षा केन्द्रबाहिर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। उनको मोबाइलमा परीक्षा भइरहेको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रका ६ पाना भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवमाथि…

Read More

असिना पानी र हावाहुरीले बालीनाली नष्ट : राहतको माग गर्दै बौधीमाई नगरपालिकाद्वारा ज्ञापनपत्र बुझाइयो

रौतहट । असिना पानी र हावाहुरीका कारण रौतहटको बौधीमाई नगरपालिकामा हिउँदे बालीमा व्यापक क्षति पुगेपछि नगरपालिकाले राहतका लागि पहल सुरु गरेको छ । बेमौसमी प्राकृतिक विपत्तिले किसानको बालीमा क्षति पुगेपछि नगर प्रमुख प्रदीप यादवको नेतृत्वमा टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसाललाई बुझाइएको ज्ञापनपत्रमा यस घटनालाई गम्भीर प्राकृतिक विपत्तिको रूपमा लिँदै संघीय र प्रदेश सरकारसँग तत्काल राहत तथा उचित क्षतिपूर्तिको माग गरिएको छ । ज्ञापनपत्र वाचन गर्दै नगर प्रमुख यादवले नगरपालिकाका सबै वडाहरूमा लगाइएको गहुँ, मकै, तोरी, मुसुरो,…

Read More

विद्युत महसुल नतिर्नेको धमाधम लाइन काट्दै गौर वितरण केन्द्र, ९ करोड ५५ लाख बक्यौता उठाउन कठोर

रौतहट । नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ। लामो समयदेखि महसुल नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यावसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयहरूलाई लक्षित गरी प्राधिकरणले कठोर कदम चालेको हो। गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार पटक–पटकको ताकेतालाई बेवास्ता गरेपछि एकैदिन राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको थियो। लाइन काटिएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता बुझाएपछि मात्र पुनः विद्युत सुचारु गरिएको छ। प्राधिकरणका अनुसार गौर वितरण केन्द्र मातहतका गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर,…

Read More

धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ

जनकपुर । धनुषा प्रहरीले भारी मात्रामा लागूऔषध सहित फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । धनुषाको ढल्केबरमा एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध सहित औषधि पसलका सञ्चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ढल्केबरस्थित निको फार्मेसीका सञ्चालक धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरका ५० वर्षिय रामकुमार महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबर, धनुषाले जनाएको छ । महतोले सञ्चालन गर्दै आएको फार्मेसीबाट टापेन्टा ट्याब्लेट ४६० पत्ताा, स्पासरेस्ट ९५ पत्ता र डोवेल ६० पत्तासहित नगद १ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको छ । मिथिला नगरपालिका–१० राताेपुलस्थित लालगढबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन…

Read More

सरकारको निर्णयलाई स्वागत गर्दै एमाले निकट सागरनाथ वन विकास परियोजना सर्लाही कर्मचारी संगठन भंग

सर्लाही । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनामा क्रियाशील कर्मचारी संगठन सरकारले गरेको निर्णयलाई स्वागत गर्दै भंग गरिएको छ । नेकपा एमाले निकट उक्त संगठनले नेपाल सरकारको शासकीय सुधार र मितव्ययिता सम्बन्धी निर्णयलाई स्वागत गर्दै संगठनले आफ्नो संगठन विघटनको घोषणा गरेको हो । संगठनका अध्यक्ष प्रदीप अर्याल र सचिव युवराज कार्कीले संयुक्त रूपमा सूचना जारी गर्दै सरकारको निर्णयअनुसार कार्यसमिति भंग गरिएको जानकारी दिएका छन्। जारी सूचना अनुसार गत २०८२ साल चैत्र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधारका कार्यसूचीहरू मध्ये बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार,…

Read More

जेन–जी आन्दोलनका क्रममा फरार कैदी सर्लाहीबाट पक्राउ

सर्लाही । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका र जिल्ला कारागार कार्यालय रौतहटमा कैद भुक्तान गरिरहेका रौतहटको दुर्गाभगवती गाउँपालिका – ५ वडहर्वा टोल निवासी २९ वर्षीय दिपेश साह सोनार (शेरु साह) लाई सोमबार दिउँसो करिब १ बजे पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेन – जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार रहेकै अवस्थामा उनलाई सर्लाहीको ईश्वरपुर नगरपालिका – ६ बयलबास क्षेत्रबाट लुकीछिपी…

Read More

एसइई परीक्षा व्यवस्थित गर्ने मधेश प्रदेश सरकारको प्रयास, यस्ता छन् योजनाहरू

काठमाडौं । चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई थप व्यवस्थित र मर्यादित बनाउन मधेश प्रदेश सरकार लागि परेको छ । मधेश प्रदेश सरकारले ८ वटै जिल्लामा हुने परीक्षालाई मर्यादित बनाउन केही कडा नियमहरू अवलम्बन गर्न लागेको छ । मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशको आठ वटै जिल्लाका सरोकारवालाहरूको उपस्थितिमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि केही कडा नियमहरू लागु गर्ने जानकारी दिएकी छन् । उनले यस वर्ष परीक्षा केन्द्रमा कुनै मोबाइल फेला परे जफत गरी सोझै…

Read More

सर्लाहीमा युवकमाथि चक्कु प्रहार घटना : आरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै पीडितले बुझाए जिप्रकामा ज्ञापनपत्र

सर्लाही । युवकमाथि भएको चक्कु प्रहार घटनाका आरोपितहरू अझै पक्राउ नपरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार पीडित मुकेश कुमार ठाकुरले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् । २०८१ चैत १ गते साँझ करिब ८ बजे बस बरिया गाउँपालिका–२, मानपुर ब्यारेज नजिक सडकमा ठाकुरमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा रिफर गरिएको थियो । घटनापछि पीडित पक्षले इलाका…

Read More

राम नवमी मनाउने विषयमा हिन्दूवादी संस्था र प्रशासन आमने–सामने

जनकपुर । भोली राम नवमी रहेको छ । धनुषामा धुमधामका साथ प्रत्येक वर्ष राम नवमी मनाइने गरिन्छ । जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा भव्यताका साथ राम नवमी मनाईने गरेको इतिहास नै रहेको छ । विगतका केही वर्षहरुमा धनुषामा सक्रिय रहेका हिन्दूवादी संघ, संस्था एवम संगठनहरुले राम नवमीमा विशेष कार्यक्रमहरु गर्दै आएको छ । यस वर्ष पनि विभिन्न हिन्दूवादी संस्थाले राम नवमीको दिन धनुषामा मोटरसाईकल र्याली निकाल्ने जानकारी गराएका छन् । उनीहरुले प्रशासनसँग शान्ति सुरक्षाका लागि अनुमति पनि मागेका छन् । तर जिल्ला प्रशासन कार्यालय धनुषाले पत्र जारी गर्दै हिन्दूवादी…

Read More