कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना

जनकपुर । जनकपुरधाममा जेन–जी मुभमेन्ट अलायन्सको सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका छन् । जेन–जी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरी बहादुर कार्कीको नेतृत्वमा गठित आयोगले सरकार समक्ष प्रतिवेदन हस्तान्तरण गरेपनि हालसम्म सार्वजनिक नभएकोमा दबाब दिन जेन–जी मुभमेन्टका सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका हुन् । उनीहरुले मंगलबार (आज) जनकपुरधामको जनक चोकमा प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिएभने प्रतिवेदन सार्वजनिक गर्न नारासमेत लगाएका छन् । जेनजी आन्दोलनपछि गठन भएको सरकारको म्यानडेटमा उक्त आन्दोलनको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने उल्लेख रहेको जेनजी मुभमेन्ट अलायन्सका धनुषा जिल्ला प्रतिनिधि दीपिका लामाले बताइन् । तर सरकारले यति लामो…

Read More

बागमती नदीमा बेपत्ता भएका स्याङतानको शव तीन दिनपछि फेला

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ । चैत ७ गते माछा मार्ने क्रममा बेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतानको शव मंगलबार फेला परेको हो। गत बुधबार बिहान करिब साढे १० बजेतिर नदीमा डुबेर बेपत्ता भएका स्याङतानको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा खटिएको टोलीले बिहीबार र शुक्रबार पनि…

Read More

रौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा

रौतहट । चैत ६ र ७ गते (शुक्रबार र शनिबार) परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहटका इट्टा उद्योगहरूमा ठुलो क्षति पुगेको छ । खुला स्थानमा सुकाउन राखिएका काँचो इट्टाहरू वर्षाले भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष एवं एसपिएल इट्टा उद्योगका सञ्चालक रामबिनोद साहका अनुसार जिल्लामा सञ्चालित करिब ५० वटा इट्टा उद्योगहरूमा सबैभन्दा बढी क्षति पुगेको छ । संकलित तथ्यांकअनुसार विभिन्न स्थानका उद्योगहरूमा गरी १० लाख भन्दा बढी काँचो इट्टा पूर्ण रूपमा नष्ट भएका…

Read More

जनकपुरधाममा एक पुरुषको शव फेला

जनकपुर । जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ । बिहीबार बिहान जनकपुरधामको विश्वकर्मा चौकमा पहिचान खुल्न नसकेको एकजना पुरुष मृत अवस्थामा फेला परेको हो । उक्त चोकमा रहेको एउटा सटर अगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर राखेको छ । स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनुषा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ । शवलाई आवश्यक प्रक्रिया पूरा…

Read More

चन्द्रपुरको चाँदी खोलामा सशस्त्र प्रहरीको छापा : अवैध बालुवा उत्खननमा संलग्न ८ ट्र्याक्टर र चालक नियन्त्रणमा

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित चाँदी खोलामा भइरहेको अवैध प्राकृतिक दोहन नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । बिहीबार बिहान चाँदी खोलाको दुई फरक स्थानबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले आठवटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस सन्तपुरबाट खटिएको टोलीले उक्त सफलता प्राप्त गरेको हो । बिहीबार बिहान करिब ७ः२० बजेको समयमा चन्द्रपुर नगरपालिका–५ राजपैडा र वडा नम्बर ८ मोतीपुरस्थित चाँदी खोलाको बगरमा ट्र्याक्टरहरूले रूपमा बालुवा लोड गरिरहेको सूचना सुरक्षा निकायलाई प्राप्त भएको थियो । सूचना पाएलगत्तै सन्तपुर…

Read More

रौतहटमा आँपको मोजरले ढकमक्क रूखहरू : उत्पादन बढ्ने आशामा किसान

रौतहट । यस वर्ष रौतहट जिल्लाका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रहरूमा आँपका रूखहरू मोजर (मन्जरी) ले ढकमक्क भरिएका छन् । मौसमले साथ दिएको र उचित समयमा मोजर पलाएका कारण विगतका वर्षहरूको तुलनामा यसपालि आँपको उत्पादनमा निकै वृद्धि हुने अनुमान गरिएको छ । जिल्लाका निजी बगैँचा मात्र होइन, सरकारी कार्यालय परिसरमा रहेका आँपका रूखहरू समेत यतिबेला मोजरले पहेंलपुर देखिएका छन् । ईलाका प्रहरी कार्यालय गरुडा बजारको परिसरमा रहेका ठूला आँपका रूखहरू मोजरले ढकमक्क भएपछि कार्यालयको वातावरण नै सुगन्धित र मनमोहक बनेको छ । यस्तै, पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको मुख्य व्यापारिक केन्द्र…

Read More

सर्लाही ४ मा ३५ उम्मेदवारको जमानत जफत

सर्लाही । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ मा ३५ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुनेहरुमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रजनीश राय यादव, जनमत पार्टीका उम्मेदवार राकेश मिश्र, रास्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का उम्मेदवार प्रदिप झाजनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामेश्वर राय, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का राम चरित्र सहनीसहित ३५ जना स्वतन्त्र र बिभिन्न राजनीतिक दलका उम्मेदवारहरु रहेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदै जित…

Read More

रौतहटमा घण्टीको दबदबा : तीन क्षेत्रमा रास्वपाको अग्रता, एकमा कांग्रेस अगाडि

रौतहट । मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको मतगणनामा होमिएको छ । यसैक्रममा मधेश प्रदेशको राजनीतिक केन्द्र मानिने रौतहट जिल्लाको पछिल्लो मतपरिणामले धेरैलाई चकित तुल्याएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार अग्रता कायम गरेको छ भने एउटा क्षेत्रमा नेपाली कांग्रेसले आफ्नो साख जोगाउँदै अग्रता लिइरहेको छ । रौतहटको क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा खुम्चिएका यस क्षेत्रको सबैभन्दा ठूलो राजनीतिक फेरबदलका रूपमा हेरिएको छ । यहाँ रास्वपाका उम्मेदवार राजेश चौधरीको फराकिलो मतले अग्र स्थानमा छन् । मुख्य निर्वाचन अधिकृत मनोज केसीका…

Read More

धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

धनुषा । प्रतिनिधिसभा अन्तर्गत बिहीबार भएको निर्वाचनको नतिजाहरू आउने क्रम जारी रहेको छ । यसै क्रममा धनुषाको हटस्पटको रूपमा रहेको क्षेत्र नं.३ को मतगणना सम्पन्न भएको छ । धनुषा क्षेत्र नं.३ मा रास्वपाको मनिष झाले बाजी मारेका छन् । उनले ४३,९८८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन । उनको निकट प्रतित्वन्द्धि नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाई फराकिलो मतले टक्कर दिएर झा विजय भएका हुन । कांग्रेसले दोस्रो स्थानमा रहेर जम्मा १६,६५२ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा नेकपा एमालेकी जुली महतोले जम्मा ९७८६ मत प्राप्त गरेकी छन् । त्यस्तै,…

Read More

सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना अपडेट सार्वजनिक भएको छ । हालसम्म प्राप्त मत परिणाम अनुसार घण्टी चुनाव चिन्हका उम्मेदवार तपेश्वर यादव अग्रस्थानमा रहेका छन् । प्राप्त मत परिणाम यसप्रकार रहेको छ ः घण्टी (तपेश्वर यादव) – ४००१ मत तारा (अजय शंकर नायक) – १०२४ मत रुख (चन्द्रकला कुमारी यादव) – ६६९ मत होरन (बिरेन्द्र प्रसाद महतो) – ६५६ मत छाता (राज किशोर यादव) – ५०८ मत सूर्य (धर्मनाथ प्रसाद साह) – ४८७ मत हालसम्मको मतगणना अनुसार तपेश्वर यादवले उल्लेखनीय अग्रता कायम गरेका…

Read More