रौतहट । निर्वाचन खर्च पारदर्शी बनाउन निर्वाचन आयोगले उम्मेदवारलाई अनिवार्य रुपमा छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको भए पनि रौतहटमा यसको कार्यान्वयन कमजोर देखिएको छ । जिल्लाका चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका १४२ जनामध्ये ७७ जना उम्मेदवारले अझैसम्म बैंक खाता खोल्न सिफारिस नलिएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार शुक्रबार साँझसम्म ६५ जना उम्मेदवारले मात्र बैंक खाताका लागि सिफारिस लिएका छन् । बाँकी उम्मेदवारले आयोगको निर्देशन अटेर गरेको वा प्रक्रिया ढिलाइ गरेको देखिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख छोटेलाल दासका अनुसार चारवटै क्षेत्रमा उम्मेदवारहरूको…
Read MoreCategory: मधेश
निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द
काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर रेल सेवा तीन दिनका लागि बन्द गर्ने जनाएको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर खण्डमा सञ्चालन हुँदै आएको यात्रुवाहक रेल सेवा पूर्णaरूपमा बन्द रहनेछ । निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षाको दृष्टिकोणले उक्त निर्णय गरिएको जनाइएको छ । साथै, सो अवधिमा सीमा नाकासमेत बन्द गरिने उल्लेख गरिएको छ । रेल सेवा फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित समयमै…
Read Moreसभापति थापाले मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज शनिबार मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । योे क्रममा रोड शोमा पनि सहभागी हुने सभापति थापाको सचिवालयले जनाएको छ । त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका…
Read Moreकांग्रेस नेता बिमलेन्द्र निधिले सार्वजनिक गरे आफ्ना चार कार्ययोजना
जनकपुर । नेपाली कांग्रेसका नेता एव् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिमलेन्द्र निधिले आफ्ना चारवटा मुख्य कार्ययोजना सार्वजनिक गरेका छन् । शुक्रबार जनकपुरधामस्थित नीजि निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता निधिले आफू निर्वाचित भएमा मुख्य चारवटा कामहरु गर्ने बताए । उनले धनुषाका दक्षिण ग्रामीण भेगमा तीनवटा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल खोल्ने योजना बनाएको जानकारी दिए । नेता निधिले धनुषाका दक्षिणी ग्रामीण भेगका सर्वसाधारणहरुलाई सदरमुकाम जनकपुरधाम आएर उपचार गराउने झन्झटलाई अन्त्य गर्नका निम्ति तीन वटा स्थानमा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल बनाउने योजना…
Read Moreसर्लाहीमा सब–ईन्जिनियर हत्या प्रकरणकाे आरोपमा एक जना पक्राउ
गोडैता ( सर्लाही ) । सर्लाहीको मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा प्रहरीले एक जनालाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो रहेका छन् । उनलाई घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको हो। उनलाई भारतीय पक्षसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ । सिरहाको सुखीपुर नगरपालिका – ६ बैशाखा घर भई हाल मलंगवामा डेरा गरी बस्दै आएका यादवमाथि गत फागुन ३ गते डेरामा बसिरहेको घरमै अज्ञात व्यक्तिले गोलि प्रहार गरेर…
Read Moreउपेन्द्र यादव सप्तरी–३ मा : मधेस जनविद्रोहका नायकको दमदार प्रवेश
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यति बेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । मधेस जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय शक्ति सन्तुलनको मैदानमा रूपान्तरण भएको छ । सङ्घीयता, पहिचान र अधिकारको एजेन्डासँग जोडिएको उनको राजनीतिक छविले सप्तरी–३ लाई प्रतीकात्मक र रणनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण बनाएको छ । जनविद्रोहको विरासत र भावनात्मक तरङ्ग मधेस जनविद्रोह केवल आन्दोलन थिएन, त्यो अधिकार र आत्मसम्मानको घोषणापत्र थियो । यो आन्दोलनको नेतृत्वकर्तामध्ये प्रमुख अनुहारका रूपमा स्थापित यादवको उम्मेदवारीले जनविद्रोहको ऐतिहासिक…
Read Moreवीरगन्जमा कर्फ्यू हटाइयो, साँझ ६ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश प्रशासनले हटाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै आज (शुक्रबार) साँझ ४ः३० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, फागुन ११ गते बिहान ९ः४५ बजेदेखि लागू गरिएको कर्फ्यू सर्वदलीय बैठकको सहमति र सुरक्षा मूल्यांकनका आधारमा हटाइएको हो । प्रशासनले परिस्थिति क्रमशः सामान्य बन्दै गएकाले कफ्र्युलाई निरन्तरता दिन आवश्यक नदेखिएको जनाएको छ । कफ्र्यु हटाइए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको भन्दै प्रशासनले आजै बेलुकी ६ः०० बजेदेखि भोलि…
Read Moreवीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कफ्र्यू लगाएका हुन् । पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कफ्र्यू लगाइएको प्रशासनले जनाएको छ । कफ्र्यू क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
Read Moreसुरक्षा अवस्था बुझ्न एआईजी र डिआईजी सर्लाहीमा
सर्लाही । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन र होली पर्वलाई लक्षित गर्दै सुरक्षा अवस्था बुझ्न नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदी र नायव महानिरीक्षक (डिआईजी) गोविन्द थपलिया जिल्ला प्रहरी कार्यालय मलङ्वामा अनुगमन तथा निरीक्षणका लागि पुगेका छन् । आइतबार नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, नक्साल काठमाडौंका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी र मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले सम्बन्धित कार्यालयको निरीक्षण गरेका हुन् । निरीक्षणपछि आयोजित निर्देशन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक चतुर्वेदीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य…
Read Moreमिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन पुग्ने भएको छ । आइतबार ध्रुव कुण्डमा विश्राम पश्चात् आज बिहानैदेखि परिक्रमा यात्री कञ्चन वनका लागि प्रस्थान गरेका छन् । त्रेता युगमा राम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्र पुगेका थिए । त्यही क्रममा कञ्चन वन पुगेर रङ खेलेको जनविश्वास रहेको छ । सोही दिनको सम्झनामा कञ्चन वनमा ‘होरी उत्सव’ पनि मनाउने गरिन्छ । आज परिक्रमा यात्रुहरू कञ्चन वन पुगेर स्थानीय र साधुसन्तसंग होली खेल्छन् । मिथिलाञ्चल क्षेत्रमा आजैदेखि होली सुरु हुने मान्यता रहेको छ । धनुषाको कचुरीबाट…
Read More