काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । अध्यक्ष लिङ्देनले आज बिहान झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ को वडा कार्यालयस्थित मतदान केन्द्र पुगेर मत हालेका हुन् । झापा–३ मा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भइसकेको छ र मतदाताहरूको उपस्थिति बाक्लो देखिएको छ ।
Read MoreCategory: प्रदेश
बीपी राजमार्गमा बसको ठक्करबाट पूर्वसैनिकको मृत्यु
रामेछाप । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गोलन्जोर गाउँपालिका–२ बित्तिजोरका चन्द्र श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुई वर्षअघि नेपाली सेनाबाट पेन्सन लिएर अवकाश प्राप्त गरेका श्रेष्ठले धुराबजार क्षेत्रमा साबुन उद्योग सञ्चालन गर्दै आएका थिए । परिवारका अनुसार श्रेष्ठ आज मतदान गर्न गाउँ जाने क्रममा स्कुटरमा यात्रा गरी रहेका थिए । सोही क्रममा बसले ठक्कर दिँदा उनको ज्यान गएको हो । प्रत्यक्षदर्शीका अनुसार बस गलत दिशाबाट आएर स्कुटरलाई ठक्कर दिएको बताइएको छ । दुर्घटनापछि श्रेष्ठको शव…
Read Moreललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपील
ललितपुर । पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा मतदान गरेका छन् । उनले महालक्ष्मी नगरपालिका–स्थित बोझे पोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट आज बिहान ठीक ७ बजेर ७ मिनेटमा मतदान गरेका हुन् । सो केन्द्रमा उनले पहिलो मतदाताका रूपमा मतदान गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् । मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खरेलले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘मैले मतदान गरेँ, तपाईंहरू पनि मतदानमा सहभागी हुनुहोला ।’ खरेल यसपटक पहिलो पटक ललितपुर क्षेत्र नं. २…
Read Moreरौतहटमा प्रतिनिधिसभा निर्वाचनका लागि उत्साहपूर्ण मतदान सुरु, १० हजार सुरक्षाकर्मी परिचालन
रौतहट । प्रतिनिधिसभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि रौतहटसहित देशभर एकैसाथ मतदान कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय गौरका अनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्र तथा मतदान स्थलहरूमा निर्धारित समयमै मतदान प्रक्रिया प्रारम्भ भएको हो । बिहानैदेखि मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न उत्साहका साथ मतदान केन्द्रमा पुग्न थालेका छन्। मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न रौतहटमा सुरक्षा व्यवस्था अत्यन्त सुदृढ पारिएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार जिल्लाभर नेपाल प्रहरी, सशस्त्र…
Read Moreरुपन्देहीमा रास्वपा उम्मेदवारमाथि आक्रमण, रास्वपाको घोर भत्र्सना
काठमाडौं । देशभर उत्साहका साथ प्रतिनिधिसभा निर्वाचनका लागि मतदान भइरहँदा रुपन्देही क्षेत्र नं. २ मा भने राजनीतिक तनाव बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलसहितका नेता–कार्यकर्तामाथि आक्रमण भएको हो । उम्मेदवार खरेलसहितका नेता–कार्यकर्तामाथि भएको आक्रमणको पार्टीले घोर भत्र्सना गरेको छ । निर्वाचनको पूर्वसन्ध्यामा रुपन्देहीको होटल नमोबुद्धमा रास्वपाको निर्वाचन परिचालन समितिको बैठक बसिरहेको अवस्थामा आक्रमण भएको रास्वपाले विज्ञप्ती मार्फत बताएको छ । रास्वपा रुपन्देही जिल्ला समितिका अनुसार नेकपा (एमाले) का जिल्ला उप–सचिव बाबुराम पन्थी र युवा संघका अध्यक्ष कृष्ण कुमालसहितको टोलीले उम्मेदवार खरेल, पूर्व मेयर चित्रबहादुर कार्की…
Read Moreपर्सा २ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरेको हो । चौधरी सवार गाडीबाट शंकास्पद वस्तु समेत फेला परेको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भइरहेको छ र घटनाबारे थप जानकारी पत्रकार सम्मेलन मार्फत दिइने प्रहरीले जनाएको छ ।
Read Moreसर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ
सर्लाही । सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् । उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना…
Read Moreमदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
रामेछाप । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेका चालकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार झनझने प्रहरी चौकी क्षेत्रभित्र पर्ने सडक खण्डमा वा ४४ प ९८१७ नम्बरको मोटरसाइकल आइतबार राति करिब ९ः३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–९, चित्लाङ निवासी रामशरण चित्रकारका ३१ वर्षीय छोरा सुशान्त चित्रकार गम्भीर घाइते भएका थिए । उनलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेटौँडातर्फ रिफर गरिएकोमा बिहान १ः३५ बजे चिकित्सकले…
Read Moreउपेन्द्र यादवको अपिल : ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्त्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले चुनाव प्रचारको आज अन्तिम दिन स्पष्ट शब्दमा भनेका छन्, ‘निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय छन् । योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगाउन खोजिएको छ । तर सचेत मतदाता भ्रमित हुँदैन, ऊ आफ्नो संघर्ष सम्झन्छ ।’ अपील गर्दै यादवले भनेका छन्, ‘क्षणिक…
Read Moreनिर्णायक शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्छ : उपेन्द्र यादव
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्ने दाबी गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलोको क्रममा आममतदातालाई सम्बोधन गर्दै राज्यले विगत झै मधेशलाई उपेक्षा गरेर समृद्ध मुलुक बन्नै नसक्ने दाबी गरे । ‘मधेश केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,’अध्यक्ष यादवले भने,‘अबको निर्णायक शक्ति मधेश हो, र देशको भविष्य पनि मधेशले नै तय गर्नेछ ।’ मधेशको आन्दोलन, बलिदान र त्यागको स्मरण गर्दै मधेश…
Read More