डडेल्धुराको भित्री मधेशमा शनिबार कांग्रेसको आमसभा, यी नेता हुँदैछन् सहभागी

डडेल्धुरा । आसन्न निर्वाचनका लागि डडेल्धुरामा विभिन्न राजनीतिक दलका र तीनजना स्वतन्त्र गरी १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सबै दल आ–आफ्ना एजेन्डासहित जनताको घरदैलो र चुनावी अभियानमा छन् । अन्य दल तथा उम्मेदवारहरूले ठूला आमसभा नगरेको अवस्थामा नेपाली कांग्रेस भने लगातार आमसभा गर्दै आएको छ। केही दिनअघि गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा आमसभा गरेको कांग्रेसले फागुन १६ गते शनिबार डडेल्धुराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिकाको जोगबुढामा अर्को आमसभा गर्ने भएको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेपाली काँग्रेस डडेल्धुराले बृहत् चुनावी…

Read More

मकवानपुरमा ट्रक र बस एक आपसमा ठोक्किँदा १४ जना घाइते

काठमाडौं । मकवानपुरमा चामल लोड गरिएको ट्रक र यात्रु बाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । बिहीबार मकवानपुरको मनहरी गाउँपालिका-९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र ०६-००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र १-०१-००१ ख ४७६८ नम्बरको यात्रु बाहक बस राति ११:४० बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । मनहरी मकवानपुरबाट खटिएका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागी हेटौडा पाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले चुरे हिल अस्पताल हेटौडामा उपचार भई रहेको…

Read More

सर्लाहीमा सब–ईन्जिनियर हत्या प्रकरणकाे आरोपमा एक जना पक्राउ

गोडैता ( सर्लाही ) । सर्लाहीको मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा प्रहरीले एक जनालाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो रहेका छन् । उनलाई घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको हो। उनलाई भारतीय पक्षसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ । सिरहाको सुखीपुर नगरपालिका – ६ बैशाखा घर भई हाल मलंगवामा डेरा गरी बस्दै आएका यादवमाथि गत फागुन ३ गते डेरामा बसिरहेको घरमै अज्ञात व्यक्तिले गोलि प्रहार गरेर…

Read More

सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका सिडिओ उमेश ढुङ्गाना निलम्बित

काठमाडौं । सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना निलम्बित भएका छन् । विशेष अदालत काठमाडौंमा ढुङ्गानासहित ३२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा सिडिओका रूपमा ढुङ्गाना गत पुस १७ गतेदेखि कार्यरत छन् । उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएको आयोगले जनाएको छ । यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरीपछि अनुसन्धानका क्रममा राष्ट्रसेवक र गैर–राष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतोमा भन्सार छली गरी…

Read More

एमाले अध्यक्ष ओलीले आज दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने भएका छन् । आज बिहान ११ बजे दमकस्थित होटेल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका करिब ३ सयभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । निर्वाचन लक्षित भेटघाटको क्रममा आजको पहिलो कार्यक्रम विद्यार्थीहरूसँग छलफल रहने जनाइएको छ । झापा–५ नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार कार्यक्रममा विद्यार्थीका समसामयिक समस्या, जिज्ञासा र सुझावहरू सुन्ने तथा उठेका विषयमा अध्यक्ष ओलीले प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । विद्यार्थीसँगको छलफलपछि अध्यक्ष…

Read More

काठमाडौं–५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलद्वारा उम्मेदवारी स्थगित, ईश्वर पोखरेललाई समर्थन घोषणा गर्ने

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्ने भएकी छन् । उनले शुक्रबार दिउँसो १ बजे सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार उपसमितिका प्रमुख डा. दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । मोबाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएकी पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सोही क्षेत्रका उम्मेदवार ईश्वर पोखरेल लाई समर्थन तथा ऐक्यबद्धता घोषणा गर्ने तयारी गरेकी हुन् । पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासहित एमालेका उम्मेदवारलाई…

Read More

प्रचण्डले आज नुवाकोटका उम्मेदवारसँगै मतदाता भेटघाट गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोटका उम्मेदवारद्वारा आयोजना गरिने मतदाता भेटघाट कार्यक्रममा सहभागी हुने भएका छन् । नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रम शुक्रबार बालाजुस्थित अनुपमद्वार पार्टी भेन्यूमा दिउँसो १२ः३० बजे सुरु हुने जनाइएको छ । समितिका अनुसार नुवाकोटका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा मतदाता भेटघाट तथा काठमाडौं केन्द्रित वृहत् चुनावी कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा पार्टी नेता–कार्यकर्ता, शुभेच्छुक तथा नुवाकोटबाट काठमाडौंमा बसोबास गर्दै आएका मतदाताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

Read More

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प संखुवासभाको टोप्के गोला आसपास केन्द्रविन्दु भएर गएको थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

Read More

पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भत्र्सना, दोषीलाई कारबाहीको माग

विराटनगर । चुनावी रिपोर्टिङका क्रममा झापा क्षेत्र नम्बर ५ मा पुगेका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनाप्रति प्रेस सेन्टर नेपाल मोरङले घोर निन्दा तथा भत्र्सना गरेको छ । प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाम्रो मतका कार्यकारी सम्पादक तथा ‘रातो पाटी’का संवाददाता आचार्यमाथि भएको साङ्घातिक हमला प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्। बिहीबार झापाको कमल गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्ष तथा सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओलीको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्ने क्रममा आचार्यमाथि आक्रमण भएको…

Read More

उपेन्द्र यादव सप्तरी–३ मा : मधेस जनविद्रोहका नायकको दमदार प्रवेश

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यति बेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । मधेस जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय शक्ति सन्तुलनको मैदानमा रूपान्तरण भएको छ । सङ्घीयता, पहिचान र अधिकारको एजेन्डासँग जोडिएको उनको राजनीतिक छविले सप्तरी–३ लाई प्रतीकात्मक र रणनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण बनाएको छ । जनविद्रोहको विरासत र भावनात्मक तरङ्ग मधेस जनविद्रोह केवल आन्दोलन थिएन, त्यो अधिकार र आत्मसम्मानको घोषणापत्र थियो । यो आन्दोलनको नेतृत्वकर्तामध्ये प्रमुख अनुहारका रूपमा स्थापित यादवको उम्मेदवारीले जनविद्रोहको ऐतिहासिक…

Read More