ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् । शुक्रबार सम्पन्न ४७ औँ नगर कार्यपालिका बैठकमा बोल्दै उनले वृद्धभत्ता वितरणसँगै ज्येष्ठ नागरिकलाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई थप व्यवस्थित ढंगले अगाडि बढाउन सकिने बताइन् । उनले भनिन्, वृद्धभत्ताको कुरा गर्दा हामीले अहिले ७० वर्ष र सोभन्दा माथिका आमाबुबालाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा सुरु गरेका छौँ। यही क्रममा यो कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडि बढाउन सकिन्छ ।’ उनका अनुसार महानगरका विभिन्न वडाहरूले घरमै पुगेर सेवा दिने…

Read More

कार्यसम्पादन मूल्यांकनमा हिमाली शीर्ष स्थानमा :बडीमालिका कमजोर

बाजुरा । बाजुराका नौं वटा स्थानीय तहमध्ये दुर्गम हिमाली गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार अन्य ८ स्थानीय तहमध्ये हिमाली गाउँपालिका शीर्ष स्थानमा देखिएको हो । हिमाली सबैभन्दा बढी ६५.६९ अंकसहित शिर्ष स्थानमा छ । त्यस्तै सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका कमजोर अंककाका साथ अन्य स्थानीय तहमध्ये पुछारमा छ ।बडीमालिकाको ४८.०९ अंक छ । साथै गौमुल गाउँपालिकाले ६४.३३,अंक सहित दोस्रो स्थानमा छ । क्रमशः बुढीगंगा नगरपालिकाले ५९.५१, त्रिवेणी नगरपालिकाले ५६.८६ अंक प्राप्त गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले ५५.८१,…

Read More

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

रौतहट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै उत्कृष्ट घोषित भएको छ । १७ वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा गौरले ६६.१७ अङ्क प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो । आयोगको प्रतिवेदन अनुसार राजपुर नगरपालिका ५९.९६ अङ्कसहित दोस्रो र बौधीमाई नगरपालिका ५९.७४ अङ्कसहित तेस्रो स्थानमा रहेका छन् । इशनाथ (५९.५९), मौलापुर (५८.९७), परोहा (५७.१४), राजदेवी (५२.५१), माधवनारायण (५२.४०) र चन्द्रपुर नगरपालिका (५०.९०) अङ्कसहित मध्यम स्थानमा छन् । गुजरा (४८.७३), गढीमाई (४६.२०), यमुनामाई (४६.०६),…

Read More

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा

सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख ठुला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका पूर्वसहकर्मीहरु अहिले प्रमूख प्रतिस्पर्धामा छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा १० जना पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले कर्णालीको चुनावी माहोल रोचक बनेको छ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेपाली काँग्रेस, दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका र कालिकोट र रुकुमपश्चिममा तत्कालिन नेकपा माओवादीका पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने छ । नेपाली काँग्रेसकाका बिष्णुबहादुर खड्का र टेकबहादुर सिंह पूर्वसहकर्मी हुन् । नेपाली काँग्रेस सुर्खेतका उपसभापति…

Read More

मधेशको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन शाह

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सिरहाको गोलबजार नगरपालिकामा पुगेका छन् । मधेश केन्द्रित जनसम्पर्क तथा संगठन विस्तार अभियानअन्तर्गत बालेन शाह आज गोलबजारमा उपस्थित भएका हुन् । गोलबजारमा उनले पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय युवाहरूले स्वागत गरेका छन् । भेटघाट तथा संक्षिप्त सम्बोधनका क्रममा शाहले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र मधेशको विकासप्रति पार्टी प्रतिबद्ध रहेको बताए । उनको आगमनसँगै गोलबजार क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ भने स्थानीयवासीमा नयाँ आशा र उत्साह देखिएको छ ।

Read More

तामाकोशी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १२ पुग्यो

रामेछाप । रामेछापको मन्थली–६ तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा थप ६ वटा शव फेला परेको छ । थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ । उक्त दुर्घटनामा ज्यान गुमाउनेमध्य सात मृतकको पहिचान…

Read More

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश

सिरहा । लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दै गएको छ। लहानका दुई जना युवा व्यवसायी ओमप्रकाश शर्मा र सन्तोष कुमार पासवानको अगुवाइमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६३ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुरुषोत्तम यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा लहानका विभिन्न वडाबाट उल्लेखनीय सहभागिता देखिएको थियो। पार्टी प्रवेश गर्नेहरूमा बाली गुप्ता (वडा १), बिकी सुनी (वडा २), बिनोद चौधरी (वडा ५), अम्रेस (वडा ८), बरुन रौनियार (वडा १), बिबेक साह (वडा १०), बिनेस झा (वडा ८), सन्दिप…

Read More

विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै

रौतहट । विश्वभर शान्ति, अहिंसा र मानव एकताको सन्देश फैलाउने पवित्र उद्देश्यका साथ थाइल्याण्डका भिक्षुहरूको नेतृत्वमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मको ‘महान् धम्म यात्रा’ सुरु हुन लागेको छ । ‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस अभियानको मुख्य लक्ष्य विश्वमा बढ्दै गएको द्वन्द्वका बीच बुद्धको शान्ति र करुणाको शिक्षालाई पुनर्जीवित गर्नु हो । यो यात्रा थाइल्याण्डको वाट थम्पायल बिहारका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा सञ्चालन हुनेछ । ऐतिहासिक यात्रामा थाइल्याण्डका २२ जना भिक्षुहरूसहित लाओस्, भारत र नेपालका गरी कूल २८ जना भिक्षु…

Read More

स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन

जानकी (बाँके) । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको भेरी अस्पतालको अनुगमन गरेकी छन् । सोमबार अस्पतालको अनुगमन गर्दै मन्त्री गौतमले अस्पतालमा बेड संख्या बढाउनुपर्ने आवश्यकता रहेको बताइन् । उनले अस्पतालमा सेवा विस्तार आवश्यक भए पनि वर्तमान आर्थिक अवस्थाका कारण नयाँ भौतिक संरचना निर्माणमा चुनौती रहेको उल्लेख गरिन्। मन्त्री गौतमले भनिन्, ‘अस्पतालहरूमा बेड बढाउनुपर्ने कुरामा कुनै दुविधा छैन । तर अहिलेको आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणका लागि अर्थ मन्त्रालयबाट स्वीकृति लिन र स्रोत व्यवस्थापन गर्न कठिनाइ छ । तथापि, यस विषयलाई म प्राथमिकतामा राख्नेछु ।’…

Read More

कांग्रेस सभापति थापालाई विराटनगरमा स्वागत

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापालाई विराटनगर विमानस्थलमा समर्थक तथा पार्टी कार्यकर्ताले भव्य स्वागत गरेका छन् । सोमबार कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेका सभापति थापालाई पार्टीका नेता–कार्यकर्ता, भातृ संगठनका प्रतिनिधि तथा समर्थकहरूले फूलमाला र नाराबाजीसहित स्वागत गरेका हुन् । विमानस्थलमा संक्षिप्त भेटघाटपछि थापा प्रदेशस्तरीय कार्यक्रमका लागि विराटनगरमा सहभागी हुनेछन् । त्यसपछि उनी कार्यकर्तासँग भेटघाट गर्दै सर्लाही जाने कार्यतालिका रहेको छ । कार्यक्रममार्फत संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।

Read More