जुम्लामा राप्रपाको अग्रता, नेकपाले पछ्याउँदै

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ । राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । तीनसय मत गणना हुँदा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त गरेको छ । यहाँ राप्रपाका नरेश भण्डारी उम्मेदवार छन् । नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत प्राप्त गरेको छ ।

Read More

जुम्लामा मतगणना सुरु, राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

सुर्खेत । जुम्लामा मत गणना सुरु भएको छ । पहिलो दुई सय मत गणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहिले अग्रता लिएका छन् । ८८ मत ल्याएर ज्ञानेन्द्र शाहिले अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भणडारीले पछ्याईरहेका छन् । नेपाली काँग्रेसका दीपबहाखुर शाहिले १९ मत ल्याउदा नेकपा एमालेले १६ मत ल्याएको छ ।

Read More

रौतहट-४ मतगणना अपडेटः रास्वपाका गणेश पौडेलको भारी अग्रता, कांग्रेस र एमाले निकै पछाडि

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट ४ मा ३,०६९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ । रास्वपाका उम्मेदवार गणेश पौडेल १९०८ मतका साथ आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् । गणेश पौडेल (रास्वपा) १९०८ मत अग्रता, देवप्रसाद तिमल्सिना (नेपाली कांग्रेस) ५३६ मत, रामकुमार भट्टराई (नेकपा) ३७८ मत, रामजी साह (नेकपा एमाले) ६० मत, राजकुमार दास तत्मा (जसपा) १२ मत, राम कल्याण राउत (जनमत पार्टी) ९ मत,ऋषि राज धमला (आम जनता पार्टी) ६ मत प्राप्त गरेका छन् । पछिल्लो नतिजा अनुसार रास्वपाका पौडेलले नेपाली…

Read More

कालिकोटमा नेकपाको अग्रता

सुर्खेत । कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्। दुई पालिका पुरै र नरहरीनाथ गाउँपालिकाको चार वडाको मत गणना गर्दा नेकपाका उम्मेदवार शाहीले अग्रता लिएका छन् । शाहीले तीन हजार ३९ ले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका नगेन्द्र शाहीले पछ्याएका छन् । उनले दुई हजार एक सय ६५ मत पाएका छन् । एक हजार नौ सय ९६ मतसहित नेपाली काँग्रेसका हर्षबहादुर वम तेस्रो स्थानमा रहेका छन् । नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड चौथो स्थानमा रहेका छन् ।

Read More

रामेछापका सबै मतपेटिका सदरमुकाम मन्थली आइपुगे, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

रामेछाप । रामेछाप जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम मन्थलीमा सङ्कलन गरिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म जिल्लाभरका सबै मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मन्थली ल्याइपु¥याइएको हो । जिल्लाका ९६ मतदानस्थल अन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिका सदरमुकाम ल्याइएपछि अब मतगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । कार्यालयका अनुसार मतपेटिका संकलनको काम पूरा भएसँगै आज बिहान ९ बजे सर्वदलीय बैठक बोलाइएको छ । उक्त बैठकमा मतगणनासम्बन्धी प्रक्रिया, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनका विषयमा छलफल गरिने जनाइएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि…

Read More

रुकुमपूर्व–१ मा प्रचण्डको अग्रता कायम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व–१ मा सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन् । हालसम्मको मतपरिणाम अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् भने कुसुमदेवी थापाले (नेपाली कांग्रेस) ले ४१७ मत ल्याएकी छन् । सुरुवाती चरणको मतगणनामा नै प्रचण्डले उल्लेखनीय अन्तरसहित अग्रता बनाएका छन् भने मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Read More

कर्णालीका जिल्लामा मतगणनाको तयारी

सुर्खेत । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना तयारी भइरहेको छ । कालिकोटबाहेकका निर्वाचन क्षेत्रको गणना सुरु भएको छैन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकको मतगणना सुरु गरिएको छ भने जुम्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईमा बिहान नौ बजेदेखि मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ । हुम्ला र डोल्पा जिल्लाका केही मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन तयारी भइरहेको छ । विकटताका कारण हेलिकोप्टर प्रयोग गर्नु पर्ने मतदान केन्द्रको मतपेटिका ल्याउन तयारी भइरहेको छ । यहाँका २३ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न…

Read More

मकवानपुरको दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु हुने

हेटौँडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु गरिने भएको छ । बिहीबार सम्पन्न मतदानपछि मतपेटिकाहरू सुरक्षित रूपमा मतगणना स्थलमा ल्याएर राखिएको र सर्वदलीय बैठकपछि मतगणना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ का सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा ल्याइ सकिएको र सुरक्षित रूपमा राखिएको छ। सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया, गणना स्थलको व्यवस्थापन तथा प्रतिनिधिहरूको उपस्थितिबारे सहमति भएपछि आजबाट मतगणना सुरु गरिने तयारी गरिएको हो…

Read More

बाजुरामा ११५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे

बाजुरा । बाजुरामा ११५ मतदान केन्द्रको मतपेटिका सुरक्षाकर्मीको विशेष निगरानीमा आज बिहान पाँच बजेसम्म सदरमुकाम मार्तडी पुगेका छन् । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन पश्चात् यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्र मध्ये तिन बाहेक अरू सबै केन्द्रका मतपेटिका पुगेका हुन् । हिमाली गाउँपालिका–३ मा रहेको हिमाल भक्ति आधारभूत विद्यालय गुम्बाको मत पेटिका बिहीबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको थियो । ११५ मतदान केन्द्रको मतपेटिका आएपछि बाँकी रहेका तीन मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने छ । हिमाली गाउँपालिका–३ रहेको गङ्गा आधारभूत विद्यालय बौडी,वडा नम्बर १ मा…

Read More

धनुषा ३ मा रास्वपाको अग्रता

धनुषा। प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । धनुषाको क्षेत्र नं.३ को मतगणना सुरु भएको छ । क्षेत्र नं.३ को मतगणना जारी रहँदा अहिले फराकिलो मतले रास्वपाका उम्मेदवार मनिष झा अग्र स्थानमा रहेका छन् । अन्तिम मतगणना परिणाम अनुसार उनले ४३२४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाले हालसम्म १५३८ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा ७४३ मत प्राप्त गरेका छन् ।

Read More