सुर्खेत । सल्यानमा मतगणना सुरु भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको थियो । एक लाख ६४ हजार ६ सय ४८ मतदाता रहेको सल्यानमा ८४ हजार दुई सय एक जनाले मतदान गरेका थिए ।
Read MoreCategory: प्रदेश
सुर्खेत १ मा नेपाली काँग्रेस र २ मा एमालेको अग्रता
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् । सुर्खेत १ मा दुई हजार मत गणना हुँदा नेपाली काँग्रेसका बिष्णुबहादुर खड्काले दुईसहित ५१ मतान्तरले अग्रता लिएका छन् । नेपाली काँग्रेसका खड्काले सात सय ९६ मत ल्याएका छन् । रास्वपाका टेकबहादुर सिंहले पाँच सय ४५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका ध्रुव कुमा शाहीले चार सय २७ र नेकपाका जितबहादुर रानाले ७७ मत प्राप्त गरेका छन् । यता सुर्खेत क्षेत्र नम्बर २ नेकपा एमालेका उम्मेदवार कुलमणी…
Read Moreधनुषा ३ मा रास्वपाका मनिष झा अगाडि
धनुषा । धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिइएको छ । रास्वपाका उम्मेदवार मनिष झाले ९ हजार ०१२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म ३ हजार १०७ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ४८०मत प्राप्त गरेकी छन् ।
Read Moreरौतहट ४ मा रास्वपाको दबदबा : गणेश पौडेल भारी मतान्तरले अगाडि, ऋषि धमलाको १० मत
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सुरुवाती अग्रतालाई झन् बलियो बनाउँदै लगेको छ । पछिल्लो ५,०९२ मतको गणना सकिँदा रास्वपाका उम्मेदवार गणेश पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन् । प्राप्त नतिजा अनुसार रास्वपाका गणेश पौडेलले २,७२५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाले ९८३ मत प्राप्त गरेका छन् । पौडेल र तिमल्सिनाबीचको मतान्तर १,७४२ पुगेको छ । त्यस्तै, नेकपाका रामकुमार भट्टराई ८८६ मतका साथ तेस्रो स्थानमा छन् भने…
Read Moreमकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि बिहान साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको भएपनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले गणना प्रक्रिया सुरु हुन नसकेको हो । जिल्लाका क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रको मतगणना एकै समयमा सुरु गर्ने भनिएको थियो। तर निर्धारित समय बितिसक्दा पनि मतगणना सुरु नभएपछि उम्मेदवार, दलका प्रतिनिधि तथा सर्वसाधारणमा अन्योलता देखिएको छ । मतगणना कहिलेबाट सुरु हुने भन्ने विषयमा अहिलेसम्म आधिकारिक समय तय नभएको स्रोतले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयले तयारी भइरहेको…
Read Moreमुगुका २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी
मुगु । मुगुमा २८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन बाँकी रहेको छ । मुगुका कुल ७० मतदान केन्द्रमध्ये ४२ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको र २८ वटा मतदान केन्द्रको मत पेटिका सदरमुकाममा पुग्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए । उनका अनुसार २८ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छैन । मतपेटिकासहित निर्वाचन टोली हिडिसकेको बताए । उनका अनुसार खत्याड गाउँपालिकामा १९, सोरु गाउँपालिका १, मुगुम कार्मारोङ गाउँपालिका ८ वटा मतदात केन्द्र गरेर २८ वटा…
Read Moreदैलेख १ मा नेपाली कांग्रेसको प्रारम्भिक अग्रता
सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बरको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रारम्भिक अग्रता लिएकी छन् । यहाँको १ हजार ६४० मत गणना हुँदा नेपाली कांग्रेसकी उम्मेदवार थापाले झिनो ५५ मतको अन्तरले अग्रता लिएकी छन् । थापाले ६ सय चार मत ल्याउँदा नेकपा एमालेका रवीन्द्र शर्माले ५ सय ४९ मत ल्याएका छन् । तेस्रोमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ३ सय ३२ र नेकपाका अमर बहादुर थापाले ३३ मत ल्याएका छन् ।
Read Moreधनुषा ३ मा रास्वपाको अग्रता, कांग्रेस दोस्रो
धनुषा । धनुषाको क्षेत्र नं.३ मा रास्वपाले अग्रता लिइएको छ । रास्वपाका उम्मेदवार मनिष झाले ८ हजार ४४१ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म २ हजार ९९० मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ४३८ मत प्राप्त गरेकी छन् ।
Read Moreसुर्खेत र दैलेखमा मतगणना सुरु, कालिकोटमा नेकपा र जुम्लामा राप्रपाको अग्रता
सुर्खेत । सुर्खेतका दुबै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको छ भने क्षेत्र नम्बर एकमा सर्वदलीय बैठक बसीरहको छ । एक लाख २७ हजार मतदाता रहेको सुर्खेत २ मा ७३ हजार मत खसेको छ । दैलेखका दुबै निर्वाचन क्षेत्रमा पनि मतगणना सुरु भएको छ भने सल्यान, जाजरकोट र रुकुम पश्चिममा केही बेरमा मतगणना हुने तयारी भइरहेको छ । मुगुमा भोलि मात्र मतगगणना सुरु गरिने छ । हुम्ला र डोल्पामा हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याईदै छ । मतगणना सुरु…
Read Moreरौतहट—४ मतगणना अपडेटः रास्वपाका गणेश पौडेलको भारी अग्रता, कांग्रेस र एमाले निकै पछाडि
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट ४ मा ३,०६९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ। रास्वपाका उम्मेदवार गणेश पौडेल १९०८ मतका साथ आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् । गणेश पौडेल (रास्वपा) १९०८ मत अग्रता, देवप्रसाद तिमल्सिना (नेपाली कांग्रेस) ५३६ मत, रामकुमार भट्टराई (नेकपा) ३७८ मत, रामजी साह (नेकपा एमाले) ६० मत, राजकुमार दास तत्मा (जसपा) १२ मत, राम कल्याण राउत (जनमत पार्टी)् ९ मत,ऋषि राज धमला (आम जनता पार्टी) ६ मत प्राप्त गरेका छन् । पछिल्लो नतिजा अनुसार रास्वपाका पौडेलले नेपाली कांग्रेसका…
Read More