काठमाडौं–८ मा स्थानीयको प्रतिक्रिया : जनताले स्पष्ट परिवर्तन खोजेका छन्

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ का मतदाताले परिवर्तनको अपेक्षा गरेको देखिएको छ । निर्वाचन क्षेत्रमा राजनीतिक दलका प्रतिनिधि र समर्थकहरूले पनि यसलाई औँल्याएका छन् । काठमाडौं क्षेत्र नम्बर ८ का राजनीतिक दलका प्रतिनिधि तथा समर्थकहरु रोशन महर्जनले भने, ‘अहिले भएको निर्वाचनमा राम्रो मत परिणाम आइरहेको छ । जनताले परिवर्तन खोजेका छन् । नेपालमा सुशासनका लागि विभिन्न वेथितीहरूको समाधान आवश्यक छ ।’ त्यसैगरी, महेन्द्र महर्जनले भने, ‘जनताले परिवर्तन चाहेको स्पष्ट देखिन्छ ।’ २ः३० बजे सम्मको ताजा अपडेट अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ १४,३६४ मतसहित अग्रस्थानमा रहेका छन्…

Read More

मकवानपुर २ मा रास्वपाका प्रशान्त उप्रेतीको अग्रता, महेश बर्तौला पछ्याउँदै

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन् । हालसम्म २ हजार १९१ मत मतगणना भएकोमा रास्वपाका प्रशान्तले १ हजार १४३ मत प्राप्त गरेका छन् । एमालेका महेश बर्तौलाले २९७ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर बिस्टले १८२ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका बुद्द लामाले २७६ मत पाएका छन् ।

Read More

भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा

भक्तपुर । भक्तपुर–२ निर्वाचन क्षेत्रको ताजा मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री ८५२० मतसहित अग्रस्थानमा छन् । यसैगरी नेकपा एमालेका महेश बस्नेतले २८७६ मत प्राप्त गरेका छन् भने कांग्रसका कबीर रानाले १३४२ मत, मादलका रमेश वैद्यले २६२ मत, हलोका विक्रम थापाले २४१ मत तथा ताराका रामप्रसाद सापकोटाः २२८ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको र अन्तिम नतिजा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

Read More

जुम्लामा ज्ञानेन्द्रलाई पछ्याउदै नेकपाका भण्डारी

जुम्ला । जुम्लामा कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मको जम्मा ३ हजार ९६२ मतगणना गर्दा ‘हलो’ चुनाव चिह्नले अग्रता कायम गरेको छ । हलो चुनाव चिन्ह लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र बहादुर शाही उम्मेदवार छन् । उनले पछिल्लो अपडेट अनुसार ३ हजार ९६२ मतगणना गर्दा शाहीले २ हजार १०२, नेकपाका उम्मेदवार नरेश भण्डारी (तारा)ले ९७२, एमालेका उम्मेदवार शान्तिलाल महतले २१२, कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ४९६ मत प्राप्त गरेका छन् । यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धितालले तीन मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले…

Read More

सप्तरी–४ : रास्वपाका सिताराम साह अग्रस्थानमा

सप्तरी । विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सप्तरीमा मत गणना जारी छ। हाल खडक नगरपालिका वडा नं १ र २ मा मतगणना जारी छ । हालसम्म कुल २,९३६ मतपत्र गणना गरिएको छ । उक्त मतगणनामा अहिलेसम्मको स्थितिअनुसार कांग्रेसका तेजुलाल चौधरीले ४६२ मत प्राप्त गरेका छन् भने छाता पार्टीका डा.बाबी सिंहले ३८९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका सिताराम साहले १,६८५ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा १५१ मत बदर भएका छन् ।

Read More

रौतहट–१ : प्रारम्भिक रुझानमा माधव नेपाल पाँचौ स्थानमा, रास्वपाका राजेश चौधरीको अग्रता

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा पूर्वप्रधानमन्त्री एवं नेकपाका सह–संयोजक माधव कुमार नेपाल निकै पछि परेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाल पाँचौ स्थानमा खुम्चिएका हुन् । मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरीले उल्लेख्य अग्रता बनाउँदै अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाडेका छन् । चौधरी १,४९९ मतका साथ पहिलो स्थानमा सुरक्षित देखिएका छन् । दोस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा) का योगेन्द्र राय यादव छन्, जसले ६३१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका…

Read More

लहान–१० मा बब्लु गुप्ताको अग्रता

सिरहा । सिरहा–१ अन्तर्गत लहान नगरपालिका–१० नम्बर वडाको मतगणना सम्पन्न भएको छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार रास्वपाका बब्लु गुप्ता (घण्टी) अग्रस्थानमा रहेका छन् । प्राप्त विवरण अनुसार बब्लु गुप्ताले ८५० मत प्राप्त गरेका छन् । त्यस्तै राम सुन्दर चौधरी (रुख) ले १९६ मत र राम शंकर यादव (सूर्य) ले १२७ मत प्राप्त गरेका छन् । यस वडामा जम्मा १ हजार ९३३ मतदाता रहेकामा १ हजार २१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

Read More

सुर्खेत १ मा नेपाली काँग्रेस अगाडि एमाले पछ्याउँदै

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसलाई एमालेले पछ्याईरहेको छ । नेपाली काँग्रेसका बिष्णुबहादुर खड्काले १ हजार ११३ मतले अग्रता लिँदा नेकपा एमालेका ध्रुवकुमार शाहीले ८२० मतले पछ्याएका छन् । रास्वपाका टेकबहादुर सिंहले सात सय १३ मत ल्याएका छन् ।

Read More

दैलेख १ मा नेपाली कांग्रेसकी बासनाले बढाइन् मतान्तर

सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर १ मत गणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रतिस्पर्धीसंगको मतान्तर बढाउँदै लगेकी छन् । पहिलो परिणाम सार्वजनिक हुँदा ५५ मतको झिनो मतान्तर रहेकोमा पछिल्लो पटक ५ हजार १७१ मत गणना हुँदा ६ सय ७४ मतले अग्रता कायम राखेकी छिन् । नेपाली कांग्रेसकि उम्मेद्वार थापाले एक हजार ९४९ मत ल्याएर अग्रता कायम राख्दा नेकपा एमालेका रवीन्द्र शर्माले एक हजार ४७५ र तेस्रोमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले एक हजार २४ मत ल्याएका छन् ।

Read More

रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता

सुर्खेत । रुकुम पश्चिम जिल्लामा पनि मतगणना सुरु भएको छ । पहिलो चरणको एक हजार मत गणना हुँदा प्रगतीशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् । जनार्दनले चार सय १२ मत ल्याएर सुरुवाति अग्रता लिँदा नेकपाका गोपाल शर्माले दुई सय ८७ मत ल्याएका छन् । नेपाली काँग्रेसका राजु केसी ८८ मतले तेस्रो र रास्वपाका मानबहादुर शाही ४२ मत सहित चौथो स्थानमा छन् ।

Read More