सिन्धुली–१ मा एमालेका प्रदीप कटुवाल अगाडि

रामेछाप । सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रदीप कटुवाल अग्रस्थानमा रहेका छन् । तीनपाटन गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका तथा दुधौली नगरपालिकाका वडा नं. १, २ र ३ सम्मको मतगणना सकिँदासम्म कटुवालले १० हजार ७०८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उज्ज्वल बरालले १० हजार ८ मत प्राप्त गरेका छन् । यसैगरी रास्वपाका धनेन्द्र कार्कीले ८ हजार २२७ मत प्राप्त गरेका छन् भने नेकपाका डेकेन्द्रप्रसाद सुवेदीले २ हजार ७७६ मत प्राप्त गरेका छन् । हालसम्मको मत परिणामअनुसार…

Read More

रामेछापमा नेकपाका श्रेष्ठको अग्रता, कांग्रेस दोस्रो स्थानमा

रामेछाप । रामेछापमा नेकपाका श्यामकुमार श्रेष्ठले अग्रता कायम राखेका छन् । हालसम्म १० हजार ४१८ मत गन्दा श्रेष्ठले २ हजार ५०५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्का २ हजार १०८ मत ल्याइ दोस्रो स्थानमा छन् भने १ हजार ८८७मत ल्याइ रास्वपाका डा कृष्णहरि बुढाथोकी तेस्रो स्थानमा छन् । उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले १ हजार ६३९ मत पाएका छन् । एमालेका माधव ढुंगेलले १ हजार २१३ मत ल्याएका छन् । कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका रामेछापमा ९० हजार ७१० मत खसेको छ ।

Read More

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी

मुगु । राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायम रहेको छ । कनकासुन्दरी, सिंजा, हिमा, तिला, तातोपानी र चन्दननाथ– १ र २ नम्बर वडा गरी २४ हजार ७७७ मत गणना गर्दा उम्मेदवारी शाहीले १० हजार १३७ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । उनका प्रतिद्धोन्दी नेकपा नरेश भण्डारीले ६ हजार ५२५ मत प्राप्त गरेका छन् । उम्मेदवार शाही ३ हजार ६१२ मतले भण्डारी भन्दा अगाडि छन् । काग्रेसका उम्मेदवार दिपबहादुर शाही ३ हजार ९६२ मत र एमालेका उम्मेदवार शान्तिलाल महतले २ हजार ७३१ म्त प्राप्त गरेका छन् । रास्वापा उम्मेदवार…

Read More

जाजरकोटमा ‘शक्तिहीन’ देखिए शक्ति बस्नेत

सुर्खेत । जाजरकोटको पछिल्लो मत परिणाम अनुसार नेकपाका नेता शक्ति बस्नेत ‘शक्तिहीन’ देखिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतले नेपाली कांग्रेसका खडक बिसीलाई पछ्याइरहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार बस्नेतसँग बिसीले मतान्तर बढाउँदै लगेका छन् । सुरुवातदेखि नै अग्रता लिँदै आएका नेपाली कांग्रेसका खड्कबहादुर बिसीले अग्रता कायमै राख्दा शक्ति बस्नेत पछ्याई रहेका छन् । विसीले एक हजार ८३९ मतसहित अग्रता कायम राखेका छन् । जाजरकोटका ६ वटा पालिकाको पुरै र छेडागाड नगरपालिकाको आधा मत गणना हुँदा बिसीले १३ हजार ७१४ मत ल्याएर अग्रता कायम…

Read More

सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना अपडेट सार्वजनिक भएको छ । हालसम्म प्राप्त मत परिणाम अनुसार घण्टी चुनाव चिन्हका उम्मेदवार तपेश्वर यादव अग्रस्थानमा रहेका छन् । प्राप्त मत परिणाम यसप्रकार रहेको छ ः घण्टी (तपेश्वर यादव) – ४००१ मत तारा (अजय शंकर नायक) – १०२४ मत रुख (चन्द्रकला कुमारी यादव) – ६६९ मत होरन (बिरेन्द्र प्रसाद महतो) – ६५६ मत छाता (राज किशोर यादव) – ५०८ मत सूर्य (धर्मनाथ प्रसाद साह) – ४८७ मत हालसम्मको मतगणना अनुसार तपेश्वर यादवले उल्लेखनीय अग्रता कायम गरेका…

Read More

सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक अग्रता हासिल गरेको छ । सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपाका उम्मेदवार डा. शम्भू यादव ४४४ मतले अगाडि रहेका छन् । अर्नमा गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा डा. शम्भू यादवले १ हजार २७७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेपाल कम्युनिस्ट पार्टीका विश्वनाथ साहले ८३३ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका लीलानाथ श्रेष्ठले ७७८ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका अशेश्वर…

Read More

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । गौचनले ३ हजार ३०७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याए । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् । त्यस्तै, अन्य केही क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ । ललितपुर(१, कपिलवस्तु ३, दैलेख १, प्युठान १, सुर्खेत १, रसुवा १, लमजुङ १, जाजरकोट १, सिन्धुपाल्चोक २ पाल्पा – २ पाँचथर १ मा…

Read More

जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा

मुगु । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ । कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हका ज्ञानेन्द्र बहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् । एउटै पालिकामा राप्रपा उम्मेदवार शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका छन् । पछिल्लो अपडेट अनुसार शाही एक हजार ४५८ मतले अगाडि छन् । यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारीले एक हजार २३३ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले…

Read More

रामेछापमा ढिलो गरी मतगणना सुरु

रामेछाप । प्रतिनिधि सभा निर्वाचनको मतगणना रामेछापमा ढिलोगरी सुरु भएको छ । बिहानीपख नै मतपेटिका सङ्कलनको काम सकिएको भए पनि मतगणना सुरु हुन भने ढिलो भएको छ । मतपेटिका सङ्कलन भए पछि बिहान १० बजे सर्वदलीय बैठक राखिएको थियो । बैठकमा मालपोत कार्यालयको माथिल्लो तल्लामा बनाइएको मतगणनास्थल साँघुरो भएको भन्दै राजनीतिक दलका प्रतिनिधिले खुल्ला ठाउँमा मतगणनास्थल बनाउन सुझाव दिएका थिए । त्यसपछि सोही कार्यालयको तल्लो तलामा मतगणनास्थल बनाइएको छ । मतगणनास्थल नयाँ बनाउन समय लागेको कारण मतगणना सुरु हुन ढिलो भएको हो । नयाँ मतगणनास्थल बनाएसँगै दिउँसो ३ बजेबाट मतगणना…

Read More

बाजुरामा मतगणनाको लागी सर्वदलीय बैठक सुरु

बाजुरा । बाजुरामा मतगणनाको लागी सर्वदलीय बैठक सुरु भएको छ । सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीमा पुगेसँगै अहिले सर्वदलीय बैठक बसेको हो । बाजुराका एक सय १८ मतदान केन्द्रकै मतपेटिका मतगणनास्थलमा पुगिसकेका छन्। बैठकमा उम्मेदवार र दलका प्रतिनिधी बोलाइएको छ । बैठकमा मतगणनाको विषयमा छलफल हुने बताइएको छ । बैठक पश्चात् पाँच बजेबाट मतगणना हुने अनुमान गरिएको छ ।

Read More