काठमाडौं, पुस ६ गते जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन भइरहेको तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत जुडो र तेक्वान्दोको प्रतिस्पर्धा सम्पन्न भयो । तेक्वान्दो अन्तर्गत छात्रा र छात्रतर्फ विभिन्न केजी तौल समूहको नतिजाको आधारमा छात्रातर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन स्कुल द्वितीय र जुपिटर स्कुल तृतीय भएका छन् भने छात्रतर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन स्कुल द्वितीय र पुष्पाञ्जली स्कुल तृतीय भएका छन् । उक्त प्रतिस्पर्धामा जुपिटर स्कुलकी रिकिशा लोले छात्रातर्फ उत्कृष्ट फाइटरको सम्मान प्राप्त गरिन् भने जेम्स स्कुलका स्लोक सुबेदीले छात्रतर्फ उत्कृष्ट फाइटरको उपाधि जिते…
Read MoreCategory: खेलकुद
खेलाडीलाई ३ विषयको कक्षा
काठमाडौं, पुस ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकका लागि आइतबार ३ विषयको कक्षा सञ्चालन गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको ओडिटोरियम हलमा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषण सम्बन्धी जानकारी दिइएको थियो । डा. ज्ञानेन्द्रविक्रम शाहले एन्टी डोपिङ, डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र सृष्टि श्रेष्ठले खेल पोषण सम्बन्धी कक्षा सञ्चालन गरेका थिए । जापानको आइची–नागोयामा हुने आसन्न २० औं एसियाली खेलकुदमा स्वर्णसहित…
Read Moreकोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
काठमाडौं । कोशी प्राइड प्रालिले कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा सात टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स रहेका छन् । पत्रकार सम्मेलनमा आयोजकले टोली मालिकहरूको पनि परिचय गराएको छ । नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित इकाल, बिर्तामोड हिट्सका मालिक अनुराग प्रमानिक…
Read Moreघरेलु अनुभव बोकेका पाँच खेलाडीसहित न्युजिल्यान्डको यू–१९ विश्वकप टोली घोषणा, टम जोन्स कप्तान
काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२६ का लागि न्युजिल्यान्डले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीको कप्तानी टम जोन्सलाई सुम्पिएको छ, जो दोस्रो पटक यू–१९ विश्वकप खेल्न लागेका हुन्। कप्तान जोन्सले हालै ओटागोबाट आफ्नो फर्स्ट क्लास डेब्युमा शतक प्रहार गर्दै चर्चा कमाएका थिए। उनीसहित घरेलु क्रिकेटको अनुभव भएका पाँच खेलाडी न्युजिल्यान्ड यू–१९ टोलीमा समावेश छन्। घरेलु क्रिकेट खेलेका अन्य खेलाडीमा नर्दन डिस्ट्रिक्ट्सका ब्याटर स्नेहित रेड्डी र विकेटकिपर आर्यन मान, ओटागोका तीव्र गतिका बलर मेसन क्लार्क तथा अकल्याण्डका बलिङ अलराउन्डर जस्करण सन्धु रहेका छन्। रेड्डी र क्लार्क यसअघि सम्पन्न…
Read Moreसूर्यकुमार यादवको कप्तानीमा भारतको टी२० विश्वकप टोली घोषणा, शुभमन गिल बाहिर
काठमाडौं । फेब्रुअरी ७ तारिखदेखि सुरु हुने आईसीसी टी२० विश्वकप २०२६ का लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI) ले टिम इन्डियाको घोषणा गरेको छ। चयनकर्ताले सूर्यकुमार यादवलाई टोलीको कप्तानको जिम्मेवारी सुम्पेका छन् भने उपकप्तानको भूमिकामा अक्षर पटेल रहनेछन्। घोषित टोलीमा सबैभन्दा चासोको विषय शुभमन गिलको अनुपस्थिति बनेको छ। यसअघि उपकप्तान रहेका गिललाई यसपटक न उपकप्तानको जिम्मेवारी दिइएको छ, न त टोलीमै स्थान मिलेको छ। उनको स्थानमा अक्षर पटेललाई उपकप्तान बनाइएको हो। टी२० विश्वकप २०२६ का लागि घोषित टोलीमा ईशान किशन र रिंकू सिंहको पुनरागमन भएको छ। पछिल्लो समय निरन्तर राम्रो…
Read Moreनेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
काठमाडौँ, पुस ५ गते । नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) मा शनिबार टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ काश्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो स्थानमा रहे । कोटेश्वरले ३१ स्वर्ण, २० रजत र १५ काश्य पदक हासिल ग¥यो । तेस्रो हुने चन्द्रागिरीले नौ स्वर्ण, सात रजत र तीन काश्य पदक प्राप्त ग¥यो । यसैगरी चौथो हुने अमेरिकाले आठ स्वर्ण र…
Read Moreएटीयू रेफ्री एजुकेसन कोर्समा सिवाकोटी
काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी विश्व तेक्वान्दोले सञ्चालन गरेको एटीयू रेफ्री एजुकेसन कोर्समा सहभागी भएका छन् । विश्व तेक्वान्दोले सञ्चालन गरेको चारदिने कोर्समा नेपालबाट सिवाकोटी छनोट भएका थिए । सिवाकोटी ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायकसमेत हुन् । विश्व तेक्वान्दोले परिवर्तन गरेका नयाँ नियमहरुका बारेमा जानकारी गराउन एसियन तेक्वान्दो युनियन (एटीयू) ले एसियाका सबै देशबाट प्रतिनिधित्व हुने गरी रेफ्री छनोट गरेर यही डिसेम्बर १७ देिख २० तारिखसम्म दक्षिण कोरियाको राजधानी सियोलस्थित कोरिया नेसनल स्पोट्र्स एकेडेमीमा चार दिनसम्म प्रशिक्षण सञ्चालन गरिरहेको छ । कोर्समा सहभागी हुन सिवाकोटी गत मंगलबार नै…
Read Moreरुविन र इभानालाई स्वर्ण
काठमाडौं, पुस ५ गते । ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, ६–११, ११–५, १४–१२ र ११–९ को सेटमा पराजित गरे । बेलकोटगढी ८ का गनन्जय दाहाल र ललितपुर ७ का एलेक्स महर्जन तेश्रो भए । महिलाको उपाधि भिडन्तमा इभानाले संखुवासभा ४ की वियंका राईलाई ७–११,…
Read Moreमिस्टर महानगर शारीरिक सुगठनको तयारी
काठमाडौं, पुस ५ गते । काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप आगामी जेठ २९ र ३० गते हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ कूल ९ विधामा प्रतिस्पर्धा हुने आयोजक वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । जसअन्तर्गत छ तौलसमूह, दुई स्पोर्ट फिजिक्स र एक ओभरअल विधामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्सअन्तर्गत खुल्ला प्रतिस्पर्धा गराइनेछ । महिला स्पर्धा यो…
Read Moreमातृभूमिको दुवै ब्वाइज टिम फाइनलमा
काठमाडौं, पुस ५ गते । आयोजक मातृभूमिको ‘ए’ र ‘बी’ टिम दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ । मातृभूमि ‘ए’ ले इनोभेटिभलाई ४८–३९ ले पराजित ग¥यो । विजेताका सक्षम महर्जन र आभास रावतले समान १४ अंक जोडे । अर्को सेमिफाइनलमा मातृभूमि ‘बी’ ले काठमाडौं वल्र्ड स्कुललाई ५५–५२ ले हरायो । गल्र्समा बौद्ध चिल्ड्रेन हेभेन स्कुल र चेल्सी वल्र्ड स्कुल उपाधिका लागि भिड्ने भएका छन् । बौद्ध चिल्ड्रेनले काष्ठमण्डप विद्यालयलाई ४५–१५ ले सहजै पाखा लगायो । बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १७ स्कोर गरिन् । चेल्सीले…
Read More