काठमाडौं, पुस ५ गते । आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल, सामाखुशी चोक, काठमाडौँले तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा भएको प्रतियोगितामा श्री शिवा नर्सिङ शिक्षालय दोश्रो तथा अलकापुरी स्कुल तेश्रो भए । समापन कार्यक्रममा बोल्दै ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले सहभागी सबै विद्यालय, खेलाडी तथा अभिभावकप्रति धन्यवाद व्यक्त गरिन् । प्रधानाध्यापक बडूले प्रतियोगिताले विद्यालयस्तरमा स्केटिङ खेलको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउदै प्रतियोगिताले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरिन्…
Read MoreCategory: खेलकुद
खेलकुद मन्त्री गुप्ताद्वारा आइओएफटिसीको औपचारिक उद्घाटन
काठमाडौँ, पुस ४ गते । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन् । तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो पनि भइसकेको छ । आइओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार क्यारुगी (फाइट) र पुम्से (फर्म) विधाअन्तर्गत विभिन्न इभेन्टमा प्रतिस्पर्धा भए । शनिबार प्रतियोगिताको समापन हुनेछ । प्रतियोगताका अन्तर्राष्ट्रय संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले शुक्रबार पुम्सेका सबै इभेन्ट…
Read Moreरेनु र लामा सम्मानित
काठमाडौं, पुस ४ गते । काठमाडौं जिल्ला तेक्वान्दो संघले पाँचौं एसियाली युथ पारा गेम्सको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई शुक्रबार नगद १५ हजारसहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि प्रशंसा पत्रबाट सम्मानित भए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले ठमेलस्थित नेपाली घरमा आयोजित कार्यक्रममा सम्मान गरे । रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियाली युथ पारा गेम्सअन्तर्गत के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि कांस्य जितेकी थिइन्…
Read Moreदोश्रो मातृभूमि कप : इनोभेटिभ सेमिफाइनलमा
काठमाडौं, पुस ४ गते । इनोभेटिभ इङलिस स्कुल दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । इनाभेटिभले जेम्सलाई ३३–३१ को साँघुरोअन्तरले पराजित ग¥यो । इनोभेटिभका रिजन खनालले १० अंक जोडे । ब्वाइजकै अर्को खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको आयोजक मातृभूमि स्कुल ‘ए’ ले प्यारागनलाई ४६–२४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । मातृभूमिका सक्षम महर्जनले १६ स्कोर गरे । सेमिफाइनलमा मातृभूमि ‘ए’ को भेट इनोभेटिभसंग हुनेछ । अर्को सेमिफाइनलमा मातृभूमि ‘बी’ ले काठमाडौं वल्र्ड स्कुलसंग प्रतिस्पर्धा गर्ने छ । गल्र्समा बिहीबारै सेमिफाइनल समीकरण…
Read Moreललितपुर १६ लाई भेट्रान टिम उपाधि
काठमाडौं, पुस ४ गते । ललितपुर महानगरपालिका वडा १६ ले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष टिम इभेन्टको उपाधि शुक्रबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रकाश धाक्वा, राजेन्द्र श्रेष्ठ, रितम शाक्य, सुरज वज्राचार्य र राजु शाक्यको टोलीले ललितपुर २० का राजिप महर्जन, संघरत्न डंगोल, सुरेश वज्राचार्य, सञ्जय शाक्य र धनबहादुर महर्जनको टोलीलाई ३–० ले पराजित ग¥यो । ललितपुर ९ र ललितपुर ११ तेश्रो बने । स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम दिन शनिबार ५ स्पर्धाको…
Read Moreराष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण
काठमाडौं, पुस ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च शुक्रबार हस्तान्तरण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका हुन् । नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् । अध्यक्ष श्रेष्ठले विद्यालय खेलकुद महासंघ मार्फत नेपालले…
Read Moreजेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
काठमाडौं । देशभरीका एक सय सात विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ विहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ । थन्डर बोल्ट्स कप २०२५ मा समूहगत तर्फ फुटबल, भलिवल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगत तर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई–स्पोट्र्सका खेलहरु समावेश गरिएका छन्। ‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा प्रतियोगिताको बिहीबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले उद्घाटन गरेका थिए। प्रतियोगिताको समुद्घाटन समारोहमा जेम्स विद्यालयका…
Read Moreकेन्टद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष उपहार योजना सार्वजनिक
काठमाडौं । विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ । “म्याच रेडि विथ पेवर वाटर” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय अन्तर्राष्ट्रिय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको ऐतिहासिक वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल र इंग्ल्याण्डबीचको आईसीसी टी–२० विश्वकप खेलको निःशुल्क टिकट प्राप्त गर्नेछन्। । साथै, विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज समेत जित्ने अवसर पाउनेछन्…
Read Moreभारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
काठमाडौं । बलिउड अभिनेता अजय देवगनले आइतबार अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सीलाई भेटेका छन् । मेस्सीसँगै उनका टोलीका खेलाडीहरू लुइस सुवारेज र रोड्रिगो डे पाउल पनि उपस्थित थिए । अजय देवगनले फुटबल स्टारहरूसँग हात मिलाएपछि उनलाई महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले स्वागत गरेका थिए । मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा आयोजित कार्यक्रममा क्रिकेट र फुटबल दुवैका प्रशंसकहरूका लागि यो दिन अविस्मरणीय बनेको थियो । मेस्सी आफ्नो GOAT इन्डिया टुर २०२५ को क्रममा वानखेडे स्टेडियम पुगेका थिए । सो अवसरमा उनले भारतीय फुटबलका दिग्गज सुनिल क्षेत्री र भारतरत्न प्राप्त क्रिकेट आइकन सचिन…
Read Moreएनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ दि टुर्नामेन्ट’ घोषित भएका तिलक राज भण्डारीलाई एनपीएल २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँ बराबरको स्कलरशिप प्रदान गरेको छ । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन वा आईटी संकायका कुनै पनि कोर्स अध्ययन गर्दा उक्त स्कलरसिप प्रयोग गर्न सकिने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । बुटवलका २१ वर्षीय स्पीनर तिलक राज भण्डारीले यस वर्ष लुम्बिनी लायन्सबाट खेल्दै एनपीएलको उपाधि जितेका हुन् । उनले…
Read More