काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच सम्पन्न खेलमा विराटनगरले काठमाडौंलाई ५ विकेटले पराजित गरेको छ। काठमाडौंले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। टोलीका लागि जर्ज मुनसे सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै बसिर अहमद (१९), मार्टिन गपटिल (२५) र लोकेश बमले १४ रन बनाए। शुमभ रन्जाने (६) र सन्दीप लामिछाने (९) रनमा अविजित रहे। काठमाडौंका लागि बलिङमा शाहब आलमले २, करण केसी, गेरार्ड इरास्मस र सन्तोष यादवले समान एकएक विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले २०…
Read MoreCategory: खेलकुद
एनपीएल : लुम्बिनीले कर्णालीलाई दियो १ सय ५७ रनको लक्ष्य
काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा जारी कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ५७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ५६ रन बनायो । टोलीका लागि रुबेन ट्रुम्पेलम्यानले १४ बलमा २९ रनको अविजित पारी खेले । यस क्रममा उनले १ चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै जेजे स्मिथ १४ बलमा २३ रन बनाएर आउट भए । उनले २ चौंका र १ छक्का प्रहार गरे । कप्तान रोहित पौंडेलले ४३…
Read Moreएनपीएल : आज कर्णाली याक्ससँग लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजसँग विराटनगर किंग्स प्रतिस्पर्धा गर्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । शनिबार त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स बिहान ११ः१५ बजे भिड्दै छन् भने दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्स प्रतिस्पर्धा गर्दैछन् । कर्णाली याक्सका कप्तान सोमपाल कामी हुन भने लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन् । पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली शनिबार चितवलाई ६ विकेटले हराएको लुम्बिनीसँग खेल जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ । यस्तै आज हुने दोस्रो खेलमा । राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण…
Read Moreएनपीएल : पोखरा एभेन्जर्समाथि सुदूरपश्चिम रोयल्सको विजयी
काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनले विजय हासिल गरेको छ । आज टीयु क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरेको पोखराले सुदूरपश्चिमसँग १८ रनले पराजय हुन पुग्यो । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पच्छाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो । पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय खेले तर जित हासिल गर्न सकेनन् । यस्तै, कुशलले ३२ बलमा ५३ रन, जिम्मी निशमले ४७ रन, ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत…
Read Moreएनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुईदुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डू र चितवनको समेत दुईदुई अंक छ । जनकपुर, पोखरा र कर्णाली भने अंकबिहीन छन् । पोखरा आज दुई…
Read Moreनेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ भने यो खेल यस शृंखलाको पाँचौँ खेल हो । लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्लले गरिरहेका छन् । लुम्बिनी लायन्स यस लिगमा पहिलो खेल खेल्दैछ भने चितवन राइनोज कर्णाली याक्सलाई चार विकेटले पराजित गरेर लुम्बिनीसँग प्रतिस्पर्धा गर्न तयार छ । चितवनमा चर्चित नेपाली खेलाडी रिजन ढकाल, कमलसिंह ऐरी, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरा,…
Read Moreनेपाल प्रिमियर लिग : आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । बुधबार त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्न लागेका हुन् । सोमबारको उद्घाटन खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी भएको काठमाडौं आज दोस्रो खेल खेल्दैछ । काठमाडौंका कप्तानी करण केसीले गरिरहेका छन् भने सुदूरपश्चिमको कप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । काठमाडौंले अंक तालिकामा दुई अंक जोडिसकेको छ । यस टिमको प्रशिक्षक मोन्टी देसाइले गरिरहेका छन् । एनपीएलको यस सिजनमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स,…
Read Moreपराजित भएपछि सोमपाल कामी भन्छन् : अबको खेलमा कम ब्याक गर्नेछौं
काठमाडौं । कर्णाली याक्सका क्याप्टेन सोमपाल कामीले टिमको केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण खेल हारेको बताएका छन् । मंगलबार भएको खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले केही कमजोरीका कारण खेल हारेको भन्दै अब आउने खेलमा राम्रो गर्ने बताए । उनले भने, ‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ । खेल अझै लामो छ, कम ब्याक गर्नेछौं । अब आउने खेलमा राम्रै गर्नुपर्ने हुन्छ ।’ उनले खेलमा गल्तीहरु हुन्छ आज पनि त्यही भएको भन्दै अबको खेलमा दुइसय प्रतिशत कम ब्याक गर्ने दाबी गरेका…
Read Moreकर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजल ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । चितवनले १९ .१ ओभरमा नै लक्ष्य पूरा गरेर ४ विकेटले कर्णालीलाई हराएको हो ।
Read Moreदोस्रो संस्करणको एनपिएल आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ । एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य…
Read More