भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन

काठमाडौं । पाकिस्तानले एसिसी यु –१९ एसिया कपको उपाधि जितेको छ । फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो । दुबईमा भएको खेलमा किस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो । समिरलाई अहमद हुसैनले ७२ बलमा ५६ रनको बनाएर दिए । समिर र अहमदले तेस्रो विकेटका लागि १ सय ३७ रनको साझेदारी पनि गरेका थिए । जवाफमा भारतले सुरुमा आक्रामक सुरुवात गर्दै पाँचौं ओभरमा…

Read More

अफगानिस्तान प्रिमियर लिग पुनः सञ्चालन हुने, सन् २०२६ अक्टोबरमा पहिलो संस्करणको तयारी

काठमाडौं। अफगानिस्तान क्रिकेट बोर्ड (ACB) ले नयाँ फ्रेन्चाइज–आधारित टी–२० प्रतियोगिता अफगानिस्तान प्रिमियर लिग (APL) को घोषणा गरेको छ। पाँच टोली सहभागी हुने प्रतियोगिता सन् २०२६ को अक्टोबरतिर संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गर्ने योजना बनाइएको ACB ले जनाएको छ। ACB ले यसअघि पनि सन् २०१८ मा अफगानिस्तान प्रिमियर लिग सुरु गरेको थियो। त्यस संस्करणमा पाँच टोली सहभागी थिए भने क्रिस गेल, ब्रेन्डन म्याकुलम, शाहिद अफ्रिदीजस्ता विश्व चर्चित खेलाडीहरूले सहभागिता जनाएका थिए। तर भुक्तानीसम्बन्धी समस्या र लिगको विश्वसनीयतामाथि प्रश्न उठेपछि उक्त प्रतियोगिता एकै सिजनमै बन्द भएको थियो। नयाँ स्वरूपमा पुनः…

Read More

अन्डर–१९ एसिया कप फाइनलमा पाकिस्तानको दबदबा, भारत १९१ रनले पराजित

काठमाडौं। दुबईमा सम्पन्न अन्डर–१९ एसिया कप फाइनलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई एकतर्फी रूपमा पराजित गर्दै उपाधि जितेको छ। ओपनर समीर मिन्हासको ऐतिहासिक शतकको मद्दतमा पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारत २६.२ ओभरमै १५६ रनमा समेटियो र पाकिस्तानले १९१ रनको फराकिलो जित दर्ता गर्‍यो। पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि समीर मिन्हासले ११३ बलमा १७२ रनको विस्फोटक इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा १७ चौका र ९ छक्का प्रहार गर्दै १५२.२१ को स्ट्राइक रेट कायम गरे। यो स्कोर पाकिस्तानका लागि यूथ एकदिवसीय क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन मात्र होइन, अन्डर–१९ फाइनलमा…

Read More

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ गते जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन भइरहेको तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत जुडो र तेक्वान्दोको प्रतिस्पर्धा सम्पन्न भयो । तेक्वान्दो अन्तर्गत छात्रा र छात्रतर्फ विभिन्न केजी तौल समूहको नतिजाको आधारमा छात्रातर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन स्कुल द्वितीय र जुपिटर स्कुल तृतीय भएका छन् भने छात्रतर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन स्कुल द्वितीय र पुष्पाञ्जली स्कुल तृतीय भएका छन् । उक्त प्रतिस्पर्धामा जुपिटर स्कुलकी रिकिशा लोले छात्रातर्फ उत्कृष्ट फाइटरको सम्मान प्राप्त गरिन् भने जेम्स स्कुलका स्लोक सुबेदीले छात्रतर्फ उत्कृष्ट फाइटरको उपाधि जिते…

Read More

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं, पुस ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकका लागि आइतबार ३ विषयको कक्षा सञ्चालन गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको ओडिटोरियम हलमा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषण सम्बन्धी जानकारी दिइएको थियो । डा. ज्ञानेन्द्रविक्रम शाहले एन्टी डोपिङ, डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र सृष्टि श्रेष्ठले खेल पोषण सम्बन्धी कक्षा सञ्चालन गरेका थिए । जापानको आइची–नागोयामा हुने आसन्न २० औं एसियाली खेलकुदमा स्वर्णसहित…

Read More

कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा

काठमाडौं । कोशी प्राइड प्रालिले कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा सात टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स रहेका छन् । पत्रकार सम्मेलनमा आयोजकले टोली मालिकहरूको पनि परिचय गराएको छ । नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित इकाल, बिर्तामोड हिट्सका मालिक अनुराग प्रमानिक…

Read More

घरेलु अनुभव बोकेका पाँच खेलाडीसहित न्युजिल्यान्डको यू–१९ विश्वकप टोली घोषणा, टम जोन्स कप्तान

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२६ का लागि न्युजिल्यान्डले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीको कप्तानी टम जोन्सलाई सुम्पिएको छ, जो दोस्रो पटक यू–१९ विश्वकप खेल्न लागेका हुन्। कप्तान जोन्सले हालै ओटागोबाट आफ्नो फर्स्ट क्लास डेब्युमा शतक प्रहार गर्दै चर्चा कमाएका थिए। उनीसहित घरेलु क्रिकेटको अनुभव भएका पाँच खेलाडी न्युजिल्यान्ड यू–१९ टोलीमा समावेश छन्। घरेलु क्रिकेट खेलेका अन्य खेलाडीमा नर्दन डिस्ट्रिक्ट्सका ब्याटर स्नेहित रेड्डी र विकेटकिपर आर्यन मान, ओटागोका तीव्र गतिका बलर मेसन क्लार्क तथा अकल्याण्डका बलिङ अलराउन्डर जस्करण सन्धु रहेका छन्। रेड्डी र क्लार्क यसअघि सम्पन्न…

Read More

सूर्यकुमार यादवको कप्तानीमा भारतको टी२० विश्वकप टोली घोषणा, शुभमन गिल बाहिर

काठमाडौं । फेब्रुअरी ७ तारिखदेखि सुरु हुने आईसीसी टी२० विश्वकप २०२६ का लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI) ले टिम इन्डियाको घोषणा गरेको छ। चयनकर्ताले सूर्यकुमार यादवलाई टोलीको कप्तानको जिम्मेवारी सुम्पेका छन् भने उपकप्तानको भूमिकामा अक्षर पटेल रहनेछन्। घोषित टोलीमा सबैभन्दा चासोको विषय शुभमन गिलको अनुपस्थिति बनेको छ। यसअघि उपकप्तान रहेका गिललाई यसपटक न उपकप्तानको जिम्मेवारी दिइएको छ, न त टोलीमै स्थान मिलेको छ। उनको स्थानमा अक्षर पटेललाई उपकप्तान बनाइएको हो। टी२० विश्वकप २०२६ का लागि घोषित टोलीमा ईशान किशन र रिंकू सिंहको पुनरागमन भएको छ। पछिल्लो समय निरन्तर राम्रो…

Read More

नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन

काठमाडौँ, पुस ५ गते ।  नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप     (आइओएफटिसी) मा शनिबार टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ काश्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो स्थानमा रहे । कोटेश्वरले ३१ स्वर्ण, २० रजत र १५ काश्य पदक हासिल ग¥यो । तेस्रो हुने चन्द्रागिरीले नौ स्वर्ण, सात रजत र तीन काश्य पदक प्राप्त ग¥यो । यसैगरी चौथो हुने अमेरिकाले आठ स्वर्ण र…

Read More

एटीयू रेफ्री एजुकेसन कोर्समा सिवाकोटी

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी विश्व तेक्वान्दोले सञ्चालन गरेको एटीयू रेफ्री एजुकेसन कोर्समा सहभागी भएका छन् । विश्व तेक्वान्दोले सञ्चालन गरेको चारदिने कोर्समा नेपालबाट सिवाकोटी छनोट भएका थिए । सिवाकोटी ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायकसमेत हुन् । विश्व तेक्वान्दोले परिवर्तन गरेका नयाँ नियमहरुका बारेमा जानकारी गराउन एसियन तेक्वान्दो युनियन (एटीयू) ले एसियाका सबै देशबाट प्रतिनिधित्व हुने गरी रेफ्री छनोट गरेर यही डिसेम्बर १७ देिख २० तारिखसम्म दक्षिण कोरियाको राजधानी सियोलस्थित कोरिया नेसनल स्पोट्र्स एकेडेमीमा चार दिनसम्म प्रशिक्षण सञ्चालन गरिरहेको  छ । कोर्समा सहभागी हुन सिवाकोटी गत मंगलबार नै…

Read More