क्वालालम्पुरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ भव्य रूपमा सम्पन्न

क्वालालम्पुर – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा मलेसियास्थित नेपाली राजदूतावासले आज विशेष कार्यक्रम आयोजना गरेको छ।

राजदूत निवासको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराइएर राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रमको आरम्भमा नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात सहिदहरू र हालै नेपालमा Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका युवायुवतीहरूको सम्झनामा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा महामहिम राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले सम्बोधन गर्दै नेपालको संविधान २०७२ को ऐतिहासिक महत्वबारे प्रकाश पार्नुभयो। उहाँले संविधानलाई गतिशील दस्तावेजका रूपमा व्याख्या गर्दै संविधानवादले नेपालको लोकतान्त्रिक यात्रा र स्थायित्वमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।

राजदूतावासले जारी गरेको विज्ञप्तिमा संविधान दिवस र राष्ट्रिय दिवसले नेपाली समुदायबीच राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र समावेशी भावनालाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

May be an illustration of map and text

सम्बन्धित खबर