बाजुराका प्रतिनिधि सभा उम्मेदवार एमाले नेता थापालाई मातृशोक

बाजुरा । बाजुराका प्रतिनिधि सभा उम्मेदवार बनेका एमाले नेता लाल बहादुर थापालाई मातृशोक परेको छ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य समेत रहेका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको हो।

बुढीगंगा नगरपालिका–२ ताप्रास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । स्वर्गीय कलशी थापाको आजै बुढीगंगा नदी ताप्रिसेरामा अन्तिम दाहसंस्कार गरिने भएको छ।

आमाको निधनले उम्मेदवार थापा गहिरो शोकमा परेका छन्। जिल्लामा निर्वाचनको माहोल चलिरहेका बेला संवेदनशील समयमा आएको पारिवारिक पीडाले थापा मात्र नभई थापा समर्थक तथा कार्यकर्ताहरु समेत स्तब्ध भएका हुन् ।

थापालाई यस दुःखद घडीमा जिल्लाबासी तथा शुभेच्छुकहरुले गहिरो समवेदना व्यक्त गर्दै शोकाकुल परिवारजन प्रती ईश्वरले धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै श्रद्धाञ्जली अर्पण समेत गरेका छन्।

छोरा चुनावी मैदानमा खटिएकै बेला आमाको निधनले निकै दुखित तुल्याएको छ।

सम्बन्धित खबर