मलेसिया, मलेसियामा अवैधानिक बसोबास गरिरहेका पूर्ण बहादुर तामाङ नेेपाली राजदूतवास र पिएनसिसिको समन्वयमा स्वदेश फर्किएका छन् । उनी नेपाल एयरलाईन्सको उडान मार्फत 22 फेब्रुअरी, सोमबारका दिन फर्किएका हुन् ।
धादिङका पूर्ण बहादुर तामाङ बैदेशिक रोजगारीका सिलसिलामा सन् 2003 मा मलेसिया आएका थिए । तत्पश्चात उनी घर-परिवारसंगको सम्पर्क विच्छेद गरेर बसोबास गरिरहेका थिए । पछिल्लो समय उनी क्षयरोगबाट पिडित छन् । क्षयरोग पिडित भएपछि उनले गर्दैआएका रोजगारी गुमाए र बसाई अब्यवस्थित हुने अवस्था आयो । एकातिर क्षयरोगले पिडित अर्कोतिर अब्यवस्थित बसाई हुने भएपछि अन्ततः यतिका बर्ष पछि उनले स्वदेश फर्किने निर्णय गरे । र, सहयोगको याचना गर्दै पिएनसिसिको सम्पर्कमा आईपुगेका थिए ।
पूर्ण बहादुर तामाङसंग पहिचान खुलाउने कागजपत्रको नाउँमा हस्तलिखित पासपोर्टको फोटोकपि मात्र साथमा थियो । भने, घर-परिवारसंग पूर्णरुपमा सम्पर्क बिच्छेद थिए । ट्राभल डकुमेन्टको लागि त्यतिमात्र कागजपत्र पर्याप्त नहुने भएकोले थप विवरण र आवश्यक कागजपत्रका लागि पिएनसिसि नेपालले उनको घर-परिवार पत्ता लगाउने देखि नागरिक्ताको फोटोकपि साथै जिल्ला प्रशासन कार्यलायबाट टिप्पणी उठाएर दूतवासमा पठाएको हो ।
पूर्ण बहादुर तामाङको उद्धारमा नेपाली राजदूतवासले निशूल्क ट्राभल डकुमेन्ट जारी गर्नुको साथै अध्यागमनमा गर्नु पर्ने प्रकृयाका लागि सहयोग र सहजिकरण गरिदिएको हो । उडान सहजिकरणका लागि एम्बुललिभ लगायत नेपाल फर्किने सम्पूर्ण प्रकृयामा पिएनसिसि मलेसियाले सहयोग र समन्वय गरिदिएको हो ।
त्यसैैगरि रामेछापका मनोज सुनुवार र धनकुटाका चन्द्र बहादुर मगर पनि नेपाली राजदूतवास र पिएनसिसिको सहयोगमा स्वदेश फर्किएका छन् । दुवैजनालाई अध्यागमन प्रकृयामा सहजिकरण गरेेको दूतवासले चन्द्र बहादुर मगरका लागि निशूल्क ट्राभल डकुमेन्ट उपलब्ध गराएको हो भने उनीहरुलाई स्वदेश फर्किने प्रकृयामा पिएनसिसिले समन्वय गरेको हो ।