मलेसिया, मलेसियामा रहेका नेपालीहरूको साझा संस्था जनउद्धार केन्द्र मलेसिया ले आफ्नो नवौं महाधिवेशन आयोजना गर्ने भएको छ। संस्थाले महाधिवेशनलाई विशेष बनाउन सांस्कृतिक कार्यक्रमका साथै आकर्षक भाग्यशाली उपहार (Lucky Draw) समेत समावेश गरेको जनाएको छ।
आयोजकका अनुसार महाधिवेशन आगामी मे १, २०२६ (अन्तर्राष्ट्रिय श्रमिक दिवस) का दिन Sunshine Square Hall, लेभल–४, बयान बारु, Penang मा बिहान १० बजेदेखि सुरु हुनेछ।
मलेसियाभरि रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई महाधिवेशन सफल बनाउन आयोजकले हार्दिक निमन्त्रणा दिएको छ।
यस महाधिवेशनले प्रवासमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य तथा सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।