काठमाडौँ, मे १८
वाम्बुले राई सांस्कृतिक कलाकारहरूको तर्फबाट वाम्बुले राई भाषामा पहिलो साकेला (खाउमो) गीत बन्ने भएको छ । मौलिक संस्कृतिमा आधारित नयाँ साङ्गीतिक कोसेलीका रूपमा यो गीत श्रोता तथा दर्शकमाझ ल्याउने अन्तिम तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।
गीतको अडियो रेकर्डिङदेखि भिडियो निर्माण प्रक्रियासम्म आर्थिक तथा भौतिक रूपमा सहयोग पुर्याउने सम्पूर्ण देश–विदेशमा रहेका नेपालीहरू, मित्रजन तथा आफन्तहरूलाई कलाकारहरूको संयुक्त टोलीले ‘ज्यु बाम्’ (नमस्कार) गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
गीतको प्राविधिक तथा कलाकार टोली:
प्रस्तुत हुन लागेको यस ऐतिहासिक साकेला गीतमा मन्जित राई र इन्द्रजाबाको उत्कृष्ट शब्द रचना रहेको छ भने संगीतकार बुद्ध राईले यसमा संगीत भर्नुभएको छ ।
-
गीतको शीर्षक: स्वागत सालाङ
-
शब्द: मन्जित राई र इन्द्रजाबा
-
सङ्गीत: बुद्ध राई
-
एरेन्ज: बादल लिम्बु
-
रेकर्डिस्ट: अनिस लिम्बु
-
स्टुडियो: ए लेबल रेकडिङ् स्टुडियो
सशक्त गायक गायिकाहरूको स्वर
यस गीतमा वाम्बुले राई समुदायका स्थापित तथा उदयमान कलाकारहरूको सामूहिक स्वर सुन्न सकिनेछ । गीतमा बुद्ध राई, राज राई, योगन राई, नवीन राई, बसन्ता राई, अम्बिका राई, र एलिना राईले आवाज दिनुभएको छ ।
आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माण हुन लागेको यो पहिलो साकेला गीतले वाम्बुले राई समुदायको मौलिक पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास कलाकार टोलीले लिएको छ । गीतको भिडियो छिट्टै नै डिजिटल बजारमा सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ ।