सगरमाथा आरोहण गरेर फर्कने क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु

काठमाडौं, ८ जेठ । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई भारतीय आरोहीको मृत्यु भएको छ ।

पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार सगरमाथाको चुचुरो बाट ओर्लने क्रममा कम्तीमा दुई भारतीय पर्वतारोहीहरूको मृत्यु भएको हो ।

सफल आरोहण गरी फर्कने क्रममा दुई भारतीय नागरिक अरुण कुमार तिवारी र सन्दीप आरेको मृत्यु भएको हो । दुवै पर्वतारोही २१ मे २०२६ मा शिखरमा पुगेका थिए र त्यसपछि ओर्लने क्रममा बिरामी परेका थिए।

शिखरबाट ओर्लने क्रममा चार शेर्पा पर्वतारोहीहरूको सहयोग गरे पनि अन्ततः तिवारीको हिलारी स्टेप नजिकै मृत्यु भएको थियो । शेर्पा उद्धारकर्ताहरूको टोलीले तल झारेपछि क्याम्पमा उनले अन्तिम सास फेरेकाे एभरेष्ट टुडेले जनाएकाे छ ।

थप बिवरण आउन बाँकी छ ।

सम्बन्धित खबर