पेनाङ (मलेसिया) — रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) प्रवास सम्पर्क विभाग मलेसियाले संगठन विस्तारको उद्देश्यसहित मलेसियाको पेनाङ राज्यमा २३ सदस्यीय राज्य कमिटी गठन गरेको छ। कमिटी गठन कार्यक्रम रास्वपा प्रवास सम्पर्क विभाग मलेसियाका सभापति नेत्र केसी ज्युको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा पेनाङ राज्यमा कार्यरत नेपाली समुदायका अगुवा, सामाजिक अभियन्ता तथा संगठनप्रति आस्था राख्ने व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्दै संगठनको नीति, सिद्धान्त र कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने लक्ष्यका साथ कमिटी गठन गरिएको आयोजकले जनाएको छ।
नवगठित कमिटीको अध्यक्षमा डेबिट लामा चयन हुनुभएको छ। उपाध्यक्षमा श्याम तामाङ, सचिवमा गोबिन्द थापा, सह–सचिवमा ज्ञान बहादुर गौरी, कोषाध्यक्षमा लक्ष्मी लामा तथा सह–कोषाध्यक्षमा नारायण तामाङ चयन हुनुभएको छ। यस्तै, युवा संयोजकमा सन्जय तामाङ र महिला संयोजकमा सिर्जना बस्नेत चयन हुनुभएको छ।
कमिटीका विशेष सल्लाहकारमा गणेश श्रेष्ठ, बिष्णु माया विश्वकर्मा, मिलन दनुवार, केशव लम्साल र राजकुमार गोले रहनुभएको छ। सदस्यहरूमा गणेश स्याङ्ताङ, सुवास पोखरेल, सन्जित थिङ, प्रदीप साह, राजकुमार साह, अर्जुन तामाङ, आरोस तामाङ, राजेश साही, प्रशान्त तामाङ र जीवन ठकुरी चयन हुनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति नेत्र केसीले प्रवासमा रहेका नेपालीहरूको समस्या, हक–हित र अधिकारका विषयमा संगठनले सशक्त भूमिका खेल्ने बताउनुभयो। उहाँले पेनाङ राज्यमा संगठनलाई थप मजबुत बनाउँदै श्रमिक, विद्यार्थी र व्यवसायी नेपालीलाई एकताबद्ध गर्न नवगठित कमिटीले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
नवगठित कमिटीका अध्यक्ष डेबिट लामाले सामाजिक एकता, आपसी सहयोग तथा प्रवासी नेपालीका साझा मुद्दामा संगठन सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। पेनाङ राज्यमा रहेका नेपाली समुदायलाई संस्थागत रूपमा जोड्दै संगठनलाई नमुना कमिटीका रूपमा विकास गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ।