ज्ञानज्योति विद्यालयका विद्यार्थीलाई एनआरएनए जापानद्वारा झोला वितरण

बागलुङ — बागलुङ जिल्लाको जैमिनि नगरपालिका–१, कुश्मिसेरास्थित ज्ञानज्योति विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई एनआरएनए जापानको तर्फबाट २१ थान विद्यालय झोला वितरण गरिएको छ।

एनआरएनए जापानले गत कार्यकालदेखि नै प्रत्येक वर्ष निरन्तर रूपमा सञ्चालन गर्दै आएको सहयोग कार्यक्रम अन्तर्गत यस वर्षको पहिलो चरणका रूपमा उक्त झोला वितरण गरिएको हो।

यस अवसरमा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने स्वयं पुगेर विद्यार्थीहरूलाई झोला वितरण गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नुभयो।

यस्तो सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा पढाइप्रति उत्साह र प्रेरणा थप्ने विश्वास व्यक्त गरिएको छ।

शिक्षा क्षेत्रमा सानो भए पनि अर्थपूर्ण योगदान पुर्‍याउने उद्देश्यसहित एनआरएनए जापानले यस्ता सामाजिक कार्यक्रमहरूलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर