काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
शेरचनले बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना जारी गर्दै प्रधानमन्त्री शाहको नेतृत्वमा मुलुक समृद्धि, सुशासन र विकासतर्फ अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । उनले गैरआवासीय नेपालीहरूसँगको सहकार्य अझ सुदृढ भई राष्ट्र निर्माणमा संयुक्त प्रयास अघि बढ्ने अपेक्षा पनि गरेका छन् ।
विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई देश विकासमा उपयोग गर्न सरकारसँग सहकार्य आवश्यक रहेको उनको भनाइ छ । शाह शुक्रबार संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री बनेका हुन् । उनको नेतृत्वमा बनेको सरकारले नागरिकतासहितका एनआरएनएका मागहरु पूरा गर्ने शेरचनको विश्वास छ ।
