नवौं भरौल गोल्डकप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन

सुनसरी — अन्तर्राष्ट्रिय आमन्त्रण नवौं भरौल गोल्डकप फुटबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। बराहक्षेत्र नगरपालिका–कालाबंजरमा आयोजित प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ।

सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले पथरी–११ फुटबल क्लब, मोरङलाई ३–२ गोलको प्रतिस्पर्धात्मक नतिजामा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले उच्च स्तरको प्रदर्शन गरेका थिए, जसले दर्शकहरूलाई अन्तिम समयसम्म उत्साहित बनाएको थियो

प्रतियोगिताको सफल आयोजनामा योगदान पुर्‍याउने आयोजक समिति, विभिन्न सहयोगी संस्था, प्रायोजक तथा व्यवस्थापन टोलीप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीहरूले अनुशासित र खेल भावना अनुसार प्रतिस्पर्धा प्रस्तुत गरेकोमा प्रशंसा गरिएको छ।

स्थानीय स्तरमा फुटबलको विकास र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलप्रेमी दर्शकहरूको उल्लेखनीय साथ पाएको आयोजकले जनाएको छ।

आयोजक पक्षले आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै थप व्यवस्थित र आकर्षक बनाउने लक्ष्य लिएको छ।

सम्बन्धित खबर