वाम्बुले राई भाषाको पहिलो साकेला (खाउमो) गीत बन्दै, निर्माण टिमद्वारा सहयोगीहरूलाई धन्यवाद ज्ञापन

काठमाडौँ, मे १८

वाम्बुले राई सांस्कृतिक कलाकारहरूको तर्फबाट वाम्बुले राई भाषामा पहिलो साकेला (खाउमो) गीत बन्ने भएको छ । मौलिक संस्कृतिमा आधारित नयाँ साङ्गीतिक कोसेलीका रूपमा यो गीत श्रोता तथा दर्शकमाझ ल्याउने अन्तिम तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

गीतको अडियो रेकर्डिङदेखि भिडियो निर्माण प्रक्रियासम्म आर्थिक तथा भौतिक रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण देश–विदेशमा रहेका नेपालीहरू, मित्रजन तथा आफन्तहरूलाई कलाकारहरूको संयुक्त टोलीले ‘ज्यु बाम्’ (नमस्कार) गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

गीतको प्राविधिक तथा कलाकार टोली:

प्रस्तुत हुन लागेको यस ऐतिहासिक साकेला गीतमा मन्जित राई र इन्द्रजाबाको उत्कृष्ट शब्द रचना रहेको छ भने संगीतकार बुद्ध राईले यसमा संगीत भर्नुभएको छ ।

  • गीतको शीर्षक: स्वागत सालाङ

  • शब्द: मन्जित राई र इन्द्रजाबा

  • सङ्गीत: बुद्ध राई

  • एरेन्ज: बादल लिम्बु

  • रेकर्डिस्ट: अनिस लिम्बु

  • स्टुडियो: ए लेबल रेकडिङ् स्टुडियो

सशक्त गायक गायिकाहरूको स्वर

यस गीतमा वाम्बुले राई समुदायका स्थापित तथा उदयमान कलाकारहरूको सामूहिक स्वर सुन्न सकिनेछ । गीतमा बुद्ध राई, राज राई, योगन राई, नवीन राई, बसन्ता राई, अम्बिका राई, र एलिना राईले आवाज दिनुभएको छ ।

आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माण हुन लागेको यो पहिलो साकेला गीतले वाम्बुले राई समुदायको मौलिक पहिचानलाई थप उचाइमा पुर्‍याउने विश्वास कलाकार टोलीले लिएको छ । गीतको भिडियो छिट्टै नै डिजिटल बजारमा सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

सम्बन्धित खबर