पोखरा पुगे एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचन, गण्डकी टेनिसको सम्मान पोखराको विविध पक्षहरुसग छलफल भेटधाट गर्ने

पोखरा। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनबाट नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रोविन प्रशाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले स्वागतसहित सम्मान गरेको छ । १२ औ अधिवेशन पछि पोखरा पुगेका शेरचनलाई पोखराको खेलकूद सहित पोखराको बिकासमा सहयोग पुर्याएको भन्दै पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बिहीबार आयोजित एक कार्यक्रममा शेरचनलाई सम्मान गरिएको हो । वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेरचन गण्डकी प्रदेश टेनिस संघले सञ्चालन गर्दै आएको ग्रास–रुट टेनिस कार्यक्रमका प्रयोजक पनि हुन् । साथै, सोही कार्यक्रममा एनआरएनए महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित तथा खेलकुद विभाग प्रमुख मनोज गोर्खालीलाई पनि टेनिस संघले स्वागत गरेको थियो । सो अवसरमा…

Read More

ज्ञानज्योति विद्यालयका विद्यार्थीलाई एनआरएनए जापानद्वारा झोला वितरण

बागलुङ — बागलुङ जिल्लाको जैमिनि नगरपालिका–१, कुश्मिसेरास्थित ज्ञानज्योति विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई एनआरएनए जापानको तर्फबाट २१ थान विद्यालय झोला वितरण गरिएको छ। एनआरएनए जापानले गत कार्यकालदेखि नै प्रत्येक वर्ष निरन्तर रूपमा सञ्चालन गर्दै आएको सहयोग कार्यक्रम अन्तर्गत यस वर्षको पहिलो चरणका रूपमा उक्त झोला वितरण गरिएको हो। यस अवसरमा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने स्वयं पुगेर विद्यार्थीहरूलाई झोला वितरण गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नुभयो। यस्तो सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा पढाइप्रति उत्साह र प्रेरणा थप्ने विश्वास व्यक्त गरिएको छ। शिक्षा क्षेत्रमा सानो भए पनि अर्थपूर्ण योगदान पुर्‍याउने उद्देश्यसहित एनआरएनए जापानले यस्ता सामाजिक…

Read More

एनआरएनए पोर्चुगल र नेपाली दूतावासबीच भेटवार्ता, फेक स्ट्याम्प र ‘फाल्ता’ समस्या समाधानमा जोड

लिस्बन — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले नेपाली राजदूतावास, लिस्बनसँग महत्वपूर्ण भेटवार्ता गरेको छ। सोमबार एनआरएनए पोर्चुगलको टोलीले दूतावासमा पुगेर महामहिम राजदूत प्रकाशमणि पौडेल, नियोग प्रमुख शत्रुधन प्रसाद शर्मा पोखरेल तथा मुख्य सचिव रामबाबु नेपालसँग छलफल गरेको हो। भेटका क्रममा एनआरएनएको तर्फबाट प्रहरी रिपोर्टमा देखिएको नक्कली छाप (फेक स्ट्याम्प) सम्बन्धी गम्भीर विषय उठाइएको थियो। उक्त समस्याका कारण प्रभावित नेपालीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा दूतावासले समन्वयकारी भूमिका निर्वाह गरिरहेको जनाएको छ। साथै, यस सम्बन्धमा एआइएमए तथा पोर्चुगलको परराष्ट्र मन्त्रालयसँग निरन्तर संवाद भइरहेको जानकारी दिएको छ। एनआरएनए पोर्चुगलले…

Read More

एनआरएनए आईसीसी मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ निर्विरोध, श्रमिकको हक हितमा कार्य गर्ने प्रतिबद्धता

काठमाडौं , गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा यूएईबाट सक्रिय अभियन्ता रमेश श्रेष्ठ पुन निर्विरोध निर्वाचित भएका छन । उनको चयनसँगै मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिकको हकहित संरक्षण, सुरक्षा र सम्मानलाई केन्द्रमा राख्ने अपेक्षा थप बलियो बनेको छ। लामो समयदेखि यूएईसहित मध्यपूर्व क्षेत्रमा व्यवसायिक तथा सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठ एनआरएनएभित्र अनुभवी, संयमित र परिणाममुखी नेतृत्वका रूपमा परिचित छन । उनी जिसिडी ग्रुपका अध्यक्ष हुन । साधारण सदस्यबाट सुरु भएको उनको संगठनात्मक यात्रा एनसीसी यूएईको अध्यक्ष हुँदै मध्यपुर्व डिआरसि हुँदै अन्तर्राष्ट्रिय तहसम्म…

Read More

एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा

काठमाडौँ, गैरआवासीय नेपाली संघ एनआरएनएको १२औँ महाधिवेशनअन्तर्गत आगामी २०२६–२७ कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्, जसले संस्थाभित्रको एकता र सहमतिमा आधारित नेतृत्वलाई थप मजबुत बनाएको छ। यसैक्रममा महिला सहकोषाध्यक्ष पदमा दक्षिण कोरियाबाट गङ्गा खतिवडा निर्विरोध चयन भएकि छन । एनके कस्मेटिककी प्रबन्ध निर्देशकसमेत रहेकी खतिवडाको चयनलाई संस्थाको आर्थिक व्यवस्थापनमा नयाँ विश्वास र ऊर्जा थपिएको रूपमा हेरिएको छ । संस्थागत सुदृढीकरण, पारदर्शिता र वित्तीय अनुशासनप्रति स्पष्ट प्रतिबद्धता राख्दै आएकी खतिवडाले अब संघको आर्थिक संरचनालाई अझ व्यवस्थित, विश्वसनीय…

Read More

एनआरएनए फ्रान्सको विवाद अन्त्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्मा पनि एकताको सुरुआत भएको छ । एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माको उपस्थितिमा आइतबार साँझ भएको भेलाले दिलीप गुरुङको नेतृत्वमा एकीकृत एनआरएनए फ्रान्सको कार्यसमिति चयन गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को मार्च १४–१६, काठमाडौंमा सम्पन्न १२औँ वृहत् एकता महाधिवेशनपछि डा.शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका थिए । त्यसपछि समानान्तर गतिविधि गर्दै आएका एनसीसीको एकता प्रक्रिया सुरु भएको हो । काठमाडौंमा ‘फेस–टु–फेस’ मिटिङ सकेर अध्यक्ष डा. शर्मा सिधै फ्रान्स पुगेका थिए । त्यहाँ…

Read More

रोबिन शेरचनको नेतृत्वमा एनआरएनएले प्रस्ताव गर्‍यो तीन महत्त्वकांक्षी प्रोजेक्ट

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूलप्रवाहीकरण गर्ने उद्देश्यसहित तीनवटा महत्त्वाकांक्षी परियोजनाहरू प्रस्ताव गरेको छ। संघका वरिष्ठ उपाध्यक्ष  तथा ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन शेरचनले नेपालको स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा दूरगामी प्रभाव पार्ने किसिमका तीन वटा परियोजना प्रस्ताव गरिएको जानकारी दिए । एनआरएनएको १२औँ एकताको महाधिवेशनलगत्तै तीन दिनसम्म बसेको बैठकले परियोजना अघि बढाउन स्वीकृति प्रदान गरेको शेरचनले बताए । बैठकले दिएको म्यान्डेटअनुसार उनी मातहतकै विभागबाट परियोजनालाई मूर्तरूप दिन प्रक्रिया अघि बढाइनेछ । एनआरएनए हस्पिटल र केयर होम वरिष्ठ…

Read More

एनआरएनएमा चार वर्षे विवादपछि ऐतिहासिक एकता, पुर्व अध्यक्ष आर.के. शर्माको समर्पणले संस्थामा नयाँ अध्याय

काठमाडौं,झण्डै चार वर्ष लामो आन्तरिक विवाद र विभाजनको अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन ऐतिहासिक एकतासहित सम्पन्न भएको छ। मार्च १४, १५ र १६ मा आयोजित महाधिवेशनले संस्थालाई पुनः एउटै धारमा ल्याउँदै नयाँ नेतृत्व चयन गरेको हो। यस एकताका पछाडि पूर्वअध्यक्ष आर.के. शर्मा,विनोद कुवर,निबर्तमान अध्यक्ष महेश श्रेष्ठ,बद्री केसिलगाएतका अभियन्ताको निरन्तर प्रयास, संयमता र संस्थाप्रतिको गहिरो समर्पण निर्णायक कारकका रूपमा देखिएको छ। पहिला यिनै पात्रहरुले जानेर नजानेर टुक्रीएको संस्था पुन यिनै पात्रका कारण एक बनेको छ । विभाजनको चरम अवस्थामा समेत शर्माले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकतामा राख्दै सबै…

Read More