काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको छ । नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्नेगरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रुपमा लिजमा लिनसक्ने व्यवस्था पनि गरिने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बताए । उनले भने, ‘गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउन, विदेशी लगानी स्वीकृति, लेखांकन, नाफा फिर्ता तथा पुँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्नेछौँ । मुलुककी देवानी संहितामा संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता अन्तर्राष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय…
Read MoreCategory: एनआरएनए
सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी
काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघलाई उच्च प्राथमिकता दिएको जनाएको छ । सरकारको तर्फबाट संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको विकास गरिने उल्लेख गरे । त्यसका लागि धितो पत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिने लक्ष्य लिँदै ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गरिने छ । त्यसैगरी प्रवासमा…
Read Moreएनआरएनए जापानको विभाग गठन र जिम्मेवारी बाँडफाँड सम्पन्न, कुन विभागमा को-को छानिए? (सूचीसहित)
टोकियो, जापान । गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जापानले आफ्नो कार्यसमितिलाई थप गतिशील र प्रभावकारी बनाउन विभिन्न विभागहरूको गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ। एनआरएनए जापानको संशोधित विधान २०२४ को परिच्छेद ४ अन्तर्गत धारा ३६ बमोजिम वर्तमान कार्यसमितिले विभिन्न १२ वटा विभागहरू गठन गरेको हो। संघको कामलाई थप ऊर्जाशील र व्यवस्थित बनाउन संयोजक, सदस्य सचिव तथा सदस्यहरूको मनोनयन गरिएको एनआरएनए जापानले जनाएको छ। नवनियुक्त सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई कार्यसमितिले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। गठित विभागहरू र मनोनित सदस्यहरूको पूर्ण विवरण: १. सूचना,…
Read Moreएनआरएन सम्बन्धी विधेयकको मस्यौदाप्रति चर्को आलोचना, अधिकार संकुचित गरिएको गुनासो
काठमाडौं । सरकारले ल्याएको गैरआवासीय नेपाली (एनआरएन)सम्बन्धी विधेयकको पहिलो मस्यौदाप्रति तिब्र आलोचना सुरु भएको छ । गैरआवासीय नेपालीहरूको हकहित र अधिकारलाई व्यवस्थित गर्न बनेको ‘गैरआवासीय नेपालीसम्बन्धी ऐन’ को नयाँ मस्यौदामा अधिकार खुम्चाउने प्रयास भएको भन्दै असन्तुष्टि सुरु भएको हो । संविधानले दिएको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न ऐनमा थप स्पष्टता र सरलता हुनुपर्नेमा अधिकार खोस्ने र खुम्चाउने प्रयास भएको एनआरएनए अभियन्ताहरुको भनाइ छ । प्रस्तावित व्यवस्थाअनुसार स्वास्थ्य, शिक्षा, खेलकुदलगायतका क्षेत्रमा मात्र नभई सरकारी सेवामा समेत उनीहरूलाई पूर्ण प्रतिबन्ध लगाउने तयारी भएको अभियन्ताहरुको भनाइ छ । विधेयकका धेरै धाराहरूमा ‘हुने छैन’, ‘दिइने…
Read Moreएनआरएनए वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा उपाध्यक्ष न्यौपाने नियुक्त, प्रवासमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, सम्मान र अधिकारलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता
काठमाडौं, गैर आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष खगेन्द्र न्यौपानेलाई वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा नियुक्त गरिएको छ। संघको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार उनलाई २०२५–२०२७ कार्यकालका लागि यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो, जसलाई प्रवासी नेपाली श्रमिकको हकहित र सुरक्षा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। संघले न्यौपानेलाई वैदेशिक रोजगारसँग सम्बन्धित नीतिगत सुधार, श्रमिक अधिकारको संरक्षण र अन्तर्राष्ट्रिय समन्वयलाई प्रभावकारी बनाउने जिम्मेवारी दिएको छ। यसका लागि उनले विस्तृत कार्ययोजना (TOR) तयार पार्ने, दक्ष र अनुभवसंपन्न सदस्यहरू समेटेर टोली गठन गर्ने तथा विभिन्न गन्तव्य मुलुकका निकाय र नेपाली कूटनीतिक नियोगहरूसँग सहकार्य गर्दै…
Read Moreएनआरएनए युरोप क्षेत्रद्वारा अन्तर्राष्ट्रिय महिला अभियन्ताहरूको सम्मानमा भर्चुअल कार्यक्रम आयोजना हुँदै
काठमाडौं। युरोप क्षेत्रमा रहेका नेपाली महिलाहरूको नेतृत्व, क्षमता अभिवृद्धि र योगदानको सम्मान गर्दै एनआरएनए युरोप क्षेत्र महिला विभागले आगामी अप्रिल ५, २०२६ आइतबार एक विशेष भर्चुअल कार्यक्रम आयोजना गर्ने भएको छ। “नेतृत्व तपाईँको – सफलता हाम्रो / You Lead – We Elevate” भन्ने प्रेरणादायी नारासहित आयोजना हुन लागेको यो कार्यक्रमले महिला नेतृत्वको सशक्तीकरण, प्रेरणा र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानलाई केन्द्रमा राखेको छ। कार्यक्रममा नेपाली समाजमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रमकी प्रमुख अतिथि पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेल रहनुहुनेछ। त्यसैगरी नेपाली राजदूतावास, बेल्जियम की महामहिम…
Read Moreएनआरएनए प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपानेको सशक्त उदय, विश्वभरका नेपालीको अधिकारका लागि दृढ आवाज बन्ने प्रतिबद्धता
काठमाडौं,गैर आवासीय नेपाली संघ एनआरएनएको प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन । प्रवासमा रहेका लाखौं नेपालीको हक अधिकार, पहिचान र सम्मानका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउँदै आएका न्यौपानेले आफ्नो कार्यकाललाई अधिकारमुखी, परिणाममुखी र एकतामूलक बनाउने स्पष्ट प्रतिबद्धता जनाएका छन । १२औँ विश्व महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भइरहँदा न्यौपानेको विजयलाई प्रवासी नेपाली समुदायभित्र स्थिर, अनुभवी र समन्वयकारी नेतृत्वको रूपमा हेरिएको छ। शुरुमा अध्यक्षका प्रत्याशीका रुपमा हेरिएपनी पछि उनी प्रथम उपाध्यक्षमा सर्वसम्मतीमा बसेका थिए । मलेसियामा स्थापित व्यवसायी तथा दीर्घकालीन सामाजिक अभियन्ताका रूपमा परिचित उनी लामो समयदेखि प्रवासमा बसेर…
Read Moreनवनियुक्त प्रधानमन्त्री बालेनलाई एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचनको बधाई
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । शेरचनले बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना जारी गर्दै प्रधानमन्त्री शाहको नेतृत्वमा मुलुक समृद्धि, सुशासन र विकासतर्फ अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । उनले गैरआवासीय नेपालीहरूसँगको सहकार्य अझ सुदृढ भई राष्ट्र निर्माणमा संयुक्त प्रयास अघि बढ्ने अपेक्षा पनि गरेका छन् । विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई देश विकासमा उपयोग गर्न सरकारसँग सहकार्य आवश्यक रहेको उनको भनाइ छ । शाह शुक्रबार संविधानको धारा ७६ को उपधारा…
Read Moreएनआरएनए युवा उपाध्यक्षमा भिमसेन थापा, युवाका लागी विशेष कार्यक्रम घोषणा
काठमाडौँ, विश्वभर रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको गैरआवासीय नेपाली संघ एनआरएनएको १२औँ महाधिवेशनबाट पोर्चुगल निवासी भिमसेन थापा युवा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । निर्वाचनपछि युवा उपाध्यक्ष थापाले महाधिवेशन सफल बनाउन योगदान पुर्याउने सहभागी प्रतिनिधिहरू, नेपाल सरकार, अग्रज नेतृत्व, शुभेच्छुक तथा सञ्चार जगतप्रति हार्दिक धन्यवाद व्यक्त गरे । “मलाई यो महत्वपूर्ण जिम्मेवारीमा पुर्याई विश्वास गर्नुहुने सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,” उनले भने । उनले आफूलाई प्राप्त जिम्मेवारीलाई गम्भीर सामाजिक तथा राष्ट्रिय दायित्वका रूपमा लिएको उल्लेख गर्दै उक्त विश्वासलाई परिणाममुखी कार्यमार्फत प्रमाणित गर्ने अठोट व्यक्त गरे । “विश्वभर छरिएका…
Read Moreजेनजी आयोगको प्रतिवेदनमा एनआरएनएको तर्फबाट पुर्व अध्यक्ष आरके शर्माको सुझाव, के-के समेटिएको छ ?
काठमाडौंँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके शर्मा) ले भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनलाई केवल एउटा राजनीतिक घटनाका रूपमा मात्र बुझ्न नहुने बताएका छन् । उच्चस्तरीय जाँचबुझ आयोगमा एनआरएनएको तर्फबाट आफ्नो ६ पृष्ठ लामो सुझावसहितको धारणा राखेका शर्माले यस आन्दोलनलाई दशकौँदेखि गुम्सिएको जनआक्रोशको ‘सामाजिक विस्फोट’ को रूपमा चित्रण गरेका छन् । आयोगको प्रतिवेदनमा शर्माले आफ्नो २३ वर्ष लामो प्रवास जीवन र एनआरएनएको नेतृत्व सम्हाल्दाको अनुभवलाई जोड्दै नेपालको वर्तमान प्रशासनिक र राजनीतिक अवस्थाको निर्मम समीक्षा गरेका छन्। उनका अनुसार, यो आन्दोलनको जड गरिबी, बेरोजगारी,…
Read More