तस्बिरमा भद्रकाली मन्दिर पुनःनिर्माण

काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर परिसरका भवनहरू पुनर्निर्माण गर्न थालेको छ । भद्रकाली मन्दिरको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। मन्दिरलाई व्यवस्थित र आकर्षक स्वरूपमा निर्माण गरिँदैछ। निर्माण सम्पन्न भएपछि धार्मिक तथा सांस्कृतिक गतिविधि थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

Read More

बजारमा एलपी ग्यासको अभावको संकेत (तस्बिरहरु)

पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार खाना पकाउने एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसका कारण उपभोक्ताले कृतिम अभाव झेलिरहेका छन् भने कालोबजारी मौलाउन सक्ने संकेतहरु देखिएका छन् ।

Read More

यसरी हुँदैछ टुँडिखेलमा माघे संक्रान्तिकाे तयारी (तस्विरहरू)

काठमाडौंको टुँडिखेलमा बिहीबार मनाइने माघे संक्रान्ति विशेष कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको छ। आदिवासी जनजाति समुदायहरूको महत्वपूर्ण चाड माघीलाई भव्य रूपमा मनाउन थारु र मगर समुदायले विशेष तयारी गरेका हुन् । कार्यक्रमस्थलमा परम्परागत सजावट, मञ्च निर्माण तथा सांस्कृतिक प्रस्तुतिका अभ्यासहरू भइरहेका छन् । माघे संक्रान्तिका अवसरमा थारु र मगर समुदायले आफ्ना मौलिक नृत्य, भेषभूषा, गीत–संगीत र परम्परागत खानाका परिकारहरू प्रस्तुत गर्ने तयारी गरेका छन् ।

Read More

विशेष महाधिवेशन पक्षधरद्वारा भृकुटिमण्डपमा देउवाविरूद्ध नाराबाजी (तस्बिरहरु)

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई ५ वर्षको साधारण सदस्यबाटै हटाउँदै कारबाही गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाराबाजी सुरू भएको छ। सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरुलाई निष्काशन गरेपछि महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी थालेका छन् ।

Read More

तस्विरमा यस्तो देखियो कांग्रेस महाधिवेशन उद्घाटनस्थल

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंमा शुरू भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा निर्माण गरिएको मन्च र सो परिसरमा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ ।

Read More

उच्च पदस्थका व्यक्तिहरुद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो फिचर)

राष्ट्रपति, प्रधानमन्त्रीलगायतले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । आज शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।

Read More

आमरण अनसनमा निकोलस भुसाल(तस्विरहरु)

अभियन्ता निकोलस भुसाल काठमाडौं माइतीघरमा आमरण अनसन बसेको छैठौं दिन वितेको छ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै अनसन बसेका उनलाई आइतबार जेनजी अभियन्ताहरुले भेटेका छन् ।

Read More

जहरसिंह पौवाबाट देखिएको दृश्य (फोटोफिचर)

काठमाडौंबाट सिन्धुपाल्चोक जाने छोटो बाटोको मुख्य बिन्दु हो जहरसिंह पौवा । जहरसिंह पौवा साँखुबाट वनैवन उकालो लागेपछि पुगिन्छ । साँखु पुगेर करिब ७ किमि उत्तरडाँडोमा पर्ने जहरसिंहपौवा अहिले पर्यटकीय स्थल बनेको छ । जहाँबाट सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौंका सुन्दर गाउँ र डाँडाहरु देख्न सकिन्छ ।

Read More

चोरी भएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण (फोटो फिचर)

चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आ.व २०८२।०८३ सालमा बरामद गरिएका सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइएको हो ।

Read More

नेपालमै पहिलो पटक ड्रोन फोटो प्रदर्शनी (तस्विरहरू)

नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष फोटो प्रदर्शनी शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा सुरु भएको छ। तीन दिनसम्म चल्ने उक्त प्रदर्शनी फोटो पत्रकार नविनबाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनी हो ।

Read More