क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौंमा १३३ औं माओ दिवस मनाएको छ । शान्तिबाटिकाबाट जुलुसहितको टोलीले खुल्लामञ्चमा पुगेर जनसभामा गरेको हो ।
Read MoreCategory: फोटो ग्यालरी
चितवन हात्ती महोत्सव उद्घाटन (तस्बिरहरुमा)
क्षेत्रीय होटल सङ्घ नेपाल चितवनद्वारा आयोजित १९औँ चितवन हात्ती महोत्सवको उद्घाटन भएको छ । शुक्रबार सौराहामा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गरेका हुन् ।
Read Moreसरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी कार्यालयको अनुगमन गरेको छ । बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले धुम्वाराहीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो । अनुगमनका क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूसँग छलफल समेत गरेका छन् ।
Read Moreमाइतीघरमा आज तेस्रो दिनपनि जेनजीहरुको आन्दोलन जारी (फोटो फिचर)
काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन गत सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् ।
Read Moreकांग्रेस कार्यसम्पादन समितिको बैठकका लागि सानेपा पुगे नेताहरु (तस्बिरहरु)
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित जनाउन कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु पार्टी कार्यालय सानेपा पुगेका छन् । बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५ औँ महाधिवेशन, आगामी माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
Read Moreसरकारी टोली नेपाली कम्युनिष्ट पार्टी कार्यालय अनुगमनमा (फोटो फिचर)
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को पार्टी कार्यालय अनुगमन गरेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको संरचनाको अवलोकन गर्न मन्त्रीसहितको टोली पेरिसडाँडा पुगेको हो । आजै उनीहरुले कांग्रेस र एमालेको पार्टी कार्यालयको पनि अनुगमन गरेका थिए ।
Read Moreसरकारी टोली एमाले पार्टी कार्यालय अनुगमनमा (फोटो फिचर)
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको संरचनाको अवलोकन गर्न मन्त्रीसहितको टोली च्यासल पुगेको हो ।
Read Moreमिराज नेतृत्वको जेनजी समूहको आन्दोलन जारी (तस्बिरहरु)
मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन हिजो सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् ।
Read Moreतस्विरमा माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’
मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको घोषणा गर्दै सोमबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरिरहेका छन् ।
Read Moreनागरिकता नियमावली जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)
नागरिकता विहीन संघर्ष समिति, नेपालले नागरिकता नियमावली तत्काल जारी गर्न र आमाको नामबाट नागरिकता प्रदान गर्न माग गर्दै आन्दोलन गरिरहेको छ। ‘राष्ट्रिय आमा कहाँ छौं? हामी पीडित माइतीघरमा छौं’ भन्ने नारा लेखिएका प्लेकार्डसहित उनीहरू माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शनमा उत्रिएका छन्।
Read More