जेनजी अगुवा मिराज ढुङ्गाना समूहले सोमबारबाट सुरु गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौंको माइतीघर क्षेत्रमा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । प्रदर्शनका लागि युवाहरुको संख्या बढ्ने देखिएपछि सुरक्षा निकायले सतर्कता अपनाएको हो ।
Read MoreCategory: फोटो ग्यालरी
राप्ती नदीको सिधनियाघाटमा दुईलेनको निर्माणाधीन पक्की पुल (तस्विरहरू)
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन दुई लेनको पक्की पुल । पुरानो पुल जीर्ण र साँघुरो भएपछि नयाँ पुल निर्माण थालिएको हो । एक अर्ब १९ करोड रुपैयाँको लागतमा करिब ७०० मिटर लम्बाइ रहेको छ ।
Read Moreरवि लामिछानेलाई घण्टीघरमा धुमधाम स्वागत (फोटो फिचर)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वनस्थलीस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताले स्वागत गरेका छन् । धरौटी बुझाएर रिहाइपछि उनलाई धुमधाम रुपमा औपचारिक स्वागत गरिएको हो । कार्यवाहक सभापति डीपी अर्याललगायतका नेताहरूले उनलाई स्वागत गरेका हुन् ।
Read Moreयस्तो देखियो ड्रोनबाट काठमाडौंमा नेकपाको शक्ति प्रदर्शन (तस्वीरहरू)
नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । शनिबार बागमती प्रदेश कमिटीले विभिन्न र्यालीसहितको प्रदर्शनपछि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गरेको हो । नेता कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानबाट र्यालीहरूसहित पद्मोदय अगाडिको मुख्य मञ्चमा पुगेर अहिले सभा गरिरहेका छन् । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गरेका छन् ।
Read Moreएमाले महाधिवेशन : आफ्नो पक्षमा भोट माग्दै नेताहरु (तस्विरहरु)
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औँ महाधिवेशनको मतदान स्थलमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवार भएसँगै उनीहरुबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले भोट माग्न व्यस्त छन् । ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी रहेको छ भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै छन् । महाधिवेशन स्थल प्रचार प्रसारका सामग्रीले रङगीचङगी देखिएको छ ।
Read Moreयसरी मनाइयो बसन्तपुरमा राष्ट्रिय झण्डा दिवस (तस्विरहरु)
आज पौष १ गते राष्ट्रिय झण्डा दिवस मनाईएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा मंगलबार आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर ¥याली समेत गरेको छ । यस वर्ष ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको हो । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
Read Moreनेकपा एमालेको महाधिवेशन स्थलमा रहेका सन्देशमूलक पुस्तकहरू (तस्बिरहरुमा)
नेकपा एमालेको महाधिवेशन स्थलमा सन्देशमूलक, वैचारिक तथा राजनीतिक महत्व बोकेका ‘रिच ड्याड–पुअर ड्याड’ लगायत विभिन्न विधाका थुप्रै पुस्तकहरूको किनबेच भइरहेको छ ।
Read Moreजेनजी आन्दोलनको स्मृतिमा बनेको पेन्टिङ संसद भवन अगाडि (फाेटाे)
संसद भवन अगाडि रविन्द्र श्रेष्ठले जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूका तस्बिरहरू समेटेर एक पेन्टिङ तयार गरेका छन् । यसरी निर्माण गरिएको पेन्टिङले जेनजी आन्दोलनसँग जोडिएको घटनालाई सयौँ वर्षसम्म जीवित राख्न सक्ने विश्वास गरिएको छ। सार्वजनिक स्थलमा राख्न मिल्ने यो पेन्टिङ हाल संसद भवन अगाडि राखिएकाे छ, जहाँ मानिसहरू श्रद्धास्वरूप कसैले फूल अर्पण गरिरहेका छन् भने कसैले आफ्ना भावना शब्दमा लेखेर व्यक्त गर्दैछन् ।
Read Moreनेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रकट (फोटो फिचर)
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक सभा भएको छ । पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य सबैको शोक सभामा उपस्थिति रहेको थियो । उनको निधनप्रति शोक व्यक्त गर्न २०८२ मंसिर २९, पुस १ र २ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।
Read Moreएमाले ११औँ महाधिवेशनः भृकुटिमण्डपमा नेताकार्यकर्ताको भिड (तस्विरहरु)
एमालेको ११औँ महाधिवेशनको तेस्रो दिन आज पनि भृकुटिमण्डपमा जारी छ, जहाँ नेतादेखि कार्यकर्ता सम्मको भव्य भिड देख्न सकिन्छ । भृकुटिमण्डप एमालेका प्रमुख नेताहरू तथा कार्यकर्ताहरूको भीडले अत्यन्तै उत्साहित र जोशपूर्ण देखिएको छ ।
Read More