साहित्य र वाङ्मय राष्ट्रको आत्मा हो : जयराज आचार्य

काठमाडौं । विज्ञ जयराज आचार्यले राष्ट्रको समृद्धि केवल आर्थिक, औद्योगिक र व्यापारिक विकासले मात्रै सम्भव नहुने भन्दै साहित्य, कविता र वाङ्मयको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताएका छन् । शुक्रबार दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल २७ औं वार्षिकोत्सवका अवसरमा सम्मान÷पुरस्कार अर्पण तथा कृति लोकार्पण समारोहमा बोल्दै उनले दायित्व पत्रिका स्थापना भएको २७ वर्ष र पत्रिका प्रकाशन सुरु भएको ४० वर्ष पुगेको उल्लेख गर्दै प्रतिष्ठानले वाङ्मय संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताए । आचार्यले कविता र साहित्यले समाजलाई सभ्य र समृद्ध बनाउन ठूलो भूमिका खेल्ने बताए । उनले नेपाल आर्थिक रूपमा गरिब भए…

Read More

चलचित्र पत्रकार संघको बार्षिकोत्सवमा पत्रकारहरू सम्मानित र पुरस्कृत

काठमाडौं, ८ चैत । चलचित्र पत्रकार सङ्घ नेपालले २७औँ वार्षिकोत्सव भब्य रूपमा मनाएको छ।   राष्ट्रिय चलचित्र पत्रकारिता दिवससमेत मनाइएको बार्षिकोत्सवका अवसरमा चलचित्र पत्रकाहरूलाइ विभिन्न सम्मान र पुरस्कार वितरण गरिएको छ ।   बार्षिकोत्सवको अवसरमा सङ्घले ५५ हजार ५५५ रूपैयाँ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान’ अनन्त वाग्लेलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धरलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ कुवेरराज गिरीलाई, ५१ हजार रूपैयाँ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ वैकुण्ठराज पराजुलीलाई, ५१ हजार रूपैयाँ राशिको दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता…

Read More

पुष्प राज पाण्डेयकृत कथासंग्रह किनारको गृहविमोचन

धनगढी । साहित्यकार पुष्प राज पाण्डेयको कथासंग्रह किनारको धनगढीमा एक समारोहबीच गृहविमोचन गरिएको छ। सुदुर पश्चिमाञ्चल साहित्य समाजको आयोजना एवं ऐश्वर्य विद्या निकेतन र ऐश्वर्य बहुमुखी क्याम्पसको सहकार्यमा शनिबार सम्पन्न कार्यक्रमबीच उक्त कृतिको गृहविमोचन गरिएको हो। मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, धनगढी उप-महानगरपालिका पूर्वनगर प्रमुख नृप वड, ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेश पन्त, कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख लोक बहादुर बिष्ट, दुर्गाक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख नरेन्द्र बहादुर ऐर, ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्त, ऐश्वर्य बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमूख एवं दशरथ चन्द मेडिकल विश्वविद्यालयका सिनेट सदस्य धर्मदेव…

Read More

बाटोको कथा….

एभरेष्ट आधार शिविरबाट लुक्ला एयरपोर्टका लागि उडेको हेलिकप्टर मौसमको प्रतिकूलताका कारण ४४१० मिटर उचाइमा रहेको दिङबोचे हेलिप्याडमा रोकियो। हेलिप्याडमा एक जना व्यक्ति हेलिकप्टरलाई इसारा गर्दै,सामान मिलाउँदै, इन्धन भर्दै थिए। उनी सामान्य हेलि सहयोगी जस्ता देखिन्थे। तर वास्तविकतामा उनी थिए नेपालकै प्रतिष्ठित ट्रेकिङ तथा ‘सेभेन समिट एक्स्पिडिसन’का मालिक मध्येका एक, टासी शेर्पा। मेरो हातमा क्यामेरा देखेर हो कि के हो ? हेर्नुहोस् न हाम्रो जिन्दगी त यस्तै छ । मान्छेहरु काठमाडौं बसेर अनेक टिकाटिप्पणी गर्छन् । कति पत्रकार र कर्मचारीलाई आधार शिविरसम्म पुर्यायो ,नेपाली हो भनेर सहयोग गर्यो अनि कति नेपालीहरुलाई…

Read More

छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून

काठमाडौं । आज राष्ट्रिय छन्द दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । सामान्य अर्थमा छन्द भनेको लय हो, जसरी गद्यको नियम व्याकरण हुन्छ, त्यसैगरी पद्यको आधारभूत नियम छन्द मानिन्छ । कवितालाई लयबद्ध र संरचित बनाउने प्रमुख माध्यम नै छन्द भएकाले यसको साहित्यिक महत्त्व विशेष रहँदै आएको छ । छन्द मिलाएर कविता लेख्नु जटिल प्रक्रिया मानिन्छ । छरिएका भावनालाई क्रमबद्ध र लयबद्ध बनाउने क्रममा छन्दको जन्म हुने गर्दछ । आज फेरि एकपटक शब्दहरूले आफ्नो पुरानो घर सम्झिएका छन् लयको घर, छन्दको घर । समयका तीव्र बहावसँगै कहिलेकाहीँ छुट्दै गएको अनुशासन, आज पुनः…

Read More

शार्दुलबिक्रीडीत छन्द

अंकित कार्की, दोलखा तान्दै रक्सी चुरोटको कुलतमा , फस्ने हजारौँ भए हल्लेरै सबथोक पुग्छ कि भनी, बस्ने हजारौँ भए ।। कोदालो हँसिया कुटो अब झिकौँ, धेरै बनायौँ कुरा साँच्चै राष्ट्र बनाउने मन भए, चल्नै पर्यो पाखुरा ।। बाजेले दिनरात मेहनतले, पाखो बिराए कति नातीले गरिखान पर्दछ भनि साँचिरहे सम्पत्ती ।। छाड्यौ हो सबथोक गाउँ–घरको, खोजेर के–के भन पुर्खाको पसिना त खण्डहर भो, झाडी भयो आँगन ।। बारीमा भटमास आलु र मकै, रोपे हुने हो तर पाखोमा सुन फल्छ मेहनतले, हेक्का कहाँ पो छ र ।। भोको पेट भएर बाँच्न नपरे…

Read More

निर्दोष जीवनले ‘प्रेमको सुगन्ध’ ल्याउने

काठमाडौं । लेखक निर्दोष जीवनको नयाँ कृति ‘प्रेमको सुगन्ध’ आउने भएको छ । गजल मञ्च चितवनको प्रकाशनमा २०० वटा मुक्तक समेटिएको कृति आउन लागेको हो । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका निर्दोष जीवनको ‘आशीर्वाद’ (गीत, मुक्तक र हाइकूसङ्ग्रह) पहिलो कृति हो । त्यो बाहेक ‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोष्टाल्जिया’ गरी ९ वटा कृति प्रकाशित भैसकेका छन् । गजल मञ्च चितवनले लेखक जीवनलाई नयाँ कृतिको सफलताका लागि शुभकामना तथा बधाई दिएका छन् । साथै प्रकाशनको जिम्मेवारी दिएकोमा धन्यवाद पनि दिएका…

Read More

इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा

विराटनगर । कोशी प्रदेशको एक केन्द्र सुनसरीको इटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका छन् । लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त उत्सवमा फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित ६ वटा कृतिमाथि संवाद गरिएको जनाइएको छ । महानायक राजेश हमालको आत्मकथात्मक कृति ‘युगदेखि युगसम्म’ माथि कवि मनु मञ्जिलले संवाद सञ्चालन गरेका थिए । संवादमा हमालको जीवन, प्रेम, कला, समय र सार्वजनिक व्यक्तित्वभित्रको निजी यात्रामाथि चर्चा गरिएको छ । त्यस्तै, २०८१…

Read More

संघर्षबाट खारिएका ‘विशुद्ध संगीतकार’ दीपक शर्माको कथा

काठमाडौं । दुई दशकदेखि नेपाली संगीतमा निरन्तर साधना गर्दै आएका संगीतकार हुन् दीपक शर्मा । म्याग्दीबाट गायक बन्ने सपना बोकेर काठमाडौं पसेका शर्मा अहिले देशका स्थापित संगीतकारका रूपमा परिचित छन् । उनले अहिलेसम्म करिब ११–१२ सय गीतमा संगीत दिएका छन्, जसमा दुई–तीन सय गीतका शब्द पनि उनी आफैंले लेखेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘अहिले म पूर्ण रूपमा संगीत सिर्जनामा नै व्यस्त छु । गीत पनि लेखेको छु तर म आफूलाई गीतकार होइन, विशुद्ध संगीतकार भन्न रुचाउँछु ।’ म्याग्दीमा जन्मेका शर्माको बाल्यकालमा मनोरञ्जनको एक मात्र माध्यम रेडियो…

Read More

साहित्य समाजमा रामलाल

धनगढी । सुदूरपश्चिमको अग्रणी साहित्यिक संस्था सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा रामलाल जोशी सर्वसम्मत निर्वाचित भएका छन्। साहित्य समाजको सभाहलमा शनिबार आयोजित ११औं अधिवेशन तथा साधारण सभाले मदन पुरस्कार विजेता तथा वरिष्ठ साहित्यकार जोशीलाई अध्यक्षमा चयन गरेको हो। जोशी नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ। सदस्यमा टोपेन्द्र शाह ‘रसिक’, रुपा स्वाँर, यशोदा भण्डारी, तीथराज भण्डारी ‘गडसेरी’, गणेशबहादुर नेपाली, पुस्करराज पन्त, शान्ति जोशी, मानबहादुर साउँद, चित्रराज भट्ट, बाबुराम आचार्य, प्रेम विवस चन्द, पुष्पराज जोशी ‘पुकार’, दुर्गा कुमारी बम मल्ल, यज्ञराज जोशी र नवराज ओझालाई चयन गरिएको हो। नेपाली…

Read More