काठमाडौं, २२ भदौं । छन्द कविता र गजललेखनमा सक्रिय रूपक अलङ्कार नयाँ कवितासङ्ग्रह ‘शान्त शर्वरी’ लिएर आएका छन् । शनिबार उनको नवीनतम् कविताकृति ‘शान्त शर्वरी’ राजधानी काठमाडौँमा लोकार्पण गरियो । कवि भुवनहरि सिग्देल, प्रा.डा. भागवत ढकाल, डा. विन्दु शर्मा तथा साहित्यकार शैलेन्द्र अधिकारीले कविता कृतिको संयुक्त रूपमा विमोचन गरे । ‘शान्त शर्वरी’ कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् । कविता माथि टिप्पणी गर्दै सिग्देलले अलङ्कारले छन्दकविता लेखनमा कुशलता र सशक्तता प्राप्त गरेका बताए । प्रा. डा. भागवत ढकालले कवि अलङ्कारले आफ्ना कवितामा पूर्वीय दर्शनलाई निचोरेर आलङ्कारिक ढङ्गमा…
Read More