काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन्। संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्न विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको निम्तोमा शेरचनले अर्को सातादेखि दुई हप्ते विश्व भ्रमण सुरु गर्न लागेका हुन्। शेरचनले हालै जारी गरेको ‘बृहत् एकताका लागि अपील’ पछि एनआरएनए वृत्तमा चुनावी माहोल थप तातिएको छ। उनले आफ्नो अपिलमा व्यक्तिभन्दा संस्था ठूलो हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्न आग्रह गर्दै व्यक्तिगत अडान र समूहगत स्वार्थभन्दा…
Read MoreCategory: प्रवास
उज्यालो नेपाल पार्टी यूकेको अपिल : कुलमानको नेतृत्वमा उज्यालो नेपाल बनाऔं
काठमाडौं । उज्यालो नेपाल पार्टी प्रवास कमिटी यूकेले नेपालका सम्पूर्ण मतदातालाई आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मतदान गरी ‘समृद्ध र परिणाममुखी नेपाल निर्माण’ अभियानमा सहभागी हुन अपिल गरेको छ। यूकेमा बसोबास गर्ने नेपाली समुदायको तर्फबाट जारी गरिएको अपिलमा देशको वर्तमान राजनीतिक अवस्था, सुशासनको आवश्यकता र सक्षम नेतृत्वको खाँचोबारे स्पष्ट धारणा सार्वजनिक गरिएको छ। समितिले नेपाल अहिले ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै दशकौँदेखि जारी राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार, बेरोजगारी, युवापलायन र अवसरको अभावले देशको भविष्य नै जोखिममा परेको जनाएको छ। पूराना राजनीतिक दल र पूरानै सोचले देशलाई सही दिशामा लैजान नसकेको…
Read Moreविगतकै निर्वाचन प्रणाली अपनाइए एनआरएनएभित्र अझै ठूलो दुर्घटना हुनेवाला छ :जानकी गुरुङ
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) की पूर्वमहासचिव एवम अभियन्ता जानकी गुरुङले संस्थाको निर्वाचन प्रणालीमा स्पष्ट नभइ महाधिवेशनमा गए संस्था नै दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन् । आगामी विश्व सम्मेलन तथा १२ औं महाधिवेशनका लागि भन्दै अध्यक्षको उम्मेदवारी घोषणा गरिरहेका पात्रहरुप्रति लक्षित गर्दै उनले आश्चर्य समेत व्यक्त गरिन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले पुरानै निर्वाचन प्रणालीको आधारमा एनआरएनएको नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाइएको खण्डमा संस्था फेरि अर्को दुर्घटना पर्ने जिकिर गरिन् । ‘पूरानै प्रणालीबाट अधिवेशन गर्नुपर्छ भनेर जसले रटान लिइराख्नु भएको छ, त्यसले एनआरएनमा विगतमा…
Read Moreएकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मध्यमार्गी भूमिकामा रोविन शेरचन
काठमाडौँ । दुई समूहमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा मंंसिर दोस्रो साता एकीकृत भयो । १० बुँदे सहमतिको जगमा बद्री केसी र महेश श्रेष्ठ समूहबिच एकता भएर १२औँ महाधिवेशनको घोषणा भएपनि दुई समूहबीच समस्या भने अझै कायमै छ । विशेषगरी एकता महाधिवेशन कसरी गर्ने भन्ने सन्दर्भमा कुरा नमिल्दा संस्थामा समस्या कायमै रहेको हो। महेश श्रेष्ठ एकता महाधिवेशनमै पक्षमा रहेको भएपनि उनी निकटस्थ मानिने केही अभियन्ताहरु चाहिँ अहिलेकै अवस्थामा फागुन ३० देखि चैत २ गतेसम्म महाधिवेशन भए आफूहरुलाई अमान्य हुने बताउँछन् । एनआरएनएका अभियन्ता डा केशव पौडेलले…
Read Moreएनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष पदको निर्वाचनका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका हुन् । डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औं महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ । सोही क्रममा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक…
Read Moreआठौँ हिमालयन गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक
क्वालालम्पुर: मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। क्वालालम्पुर हिमालय एफसीद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै आयोजकले आइतबार (फेब्रुअरी ८) क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टलमा विशेष कार्यक्रम आयोजना गरी खेलतालिका (टाइसिट) सार्वजनिक गरेको हो। कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा प्रतियोगितामा सहभागी १६ टिमका प्रतिनिधिहरूको उपस्थितिमा गोला प्रथामार्फत टाइसिट तय गरिएको थियो। उक्त अवसरमा नेपाली फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष हेमप्रसाद भट्टले सहभागी १६ टिमका खेलाडीहरूलाई परिचयपत्र तथा एक–एक थान फुटबल वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले…
Read Moreभारतको अवैध कोइलाखानीमा विस्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृत्यु
काठमाडौं । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमापरी मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको रहेका छन् । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको…
Read Moreभौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि अनलाइन मतदानको व्यवस्था गर्न परराष्ट्र मन्त्रालयको सुझाव
काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन विधानअनुसार सञ्चालन गर्नुपर्ने स्पष्ट गर्दै भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि अनलाइनमार्फत मतदानको व्यवस्था गर्न सुझाव दिएको छ। मन्त्रालयले संघलाई पठाएको पत्रमा गैरआवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२२) को दफा १४ तथा दफा २१.१० अनुसार निर्वाचन भौतिक रूपमा उपस्थित भई वा अनलाइन माध्यमबाट गर्न सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ। सोही व्यवस्था बमोजिम भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नुपर्ने जनाइएको छ। पत्रमा अधिकतम प्रतिनिधि भौतिक रूपमा उपस्थित हुने व्यवस्था मिलाउन र…
Read Moreमगर संघ मलेसियाको अध्यक्ष पदमा बिरस पुन मगरको उम्मेदवारी घोषणा
मलेसिया। मलेसियामा क्रियाशील मगर समुदायलाई अझ सशक्त, पारदर्शी र युवामैत्री बनाउने लक्ष्यसहित बिरस पुन मगरले मगर संघ मलेसियाको केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै पुन मगरले संगठन सुदृढीकरण, सुशासन र पारदर्शिता, सदस्य विस्तार तथा सक्रियता, युवा तथा महिला सहभागिता वृद्धि, सामाजिक तथा आपतकालीन सहयोग, सांस्कृतिक संरक्षण र प्रवर्द्धनजस्ता विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले मगर संघ मलेसियालाई दीर्घकालीन दृष्टिकोणसहित केन्द्रीय र क्षेत्रीय तहबीच सशक्त समन्वय गर्ने, कानुनी तथा परामर्श सहयोगलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “अब समय आयो— मगर संघ मलेसियालाई अझ सशक्त, पारदर्शी…
Read Moreविदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण : राष्ट्रपति पौडेल
टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गरेका छन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । ‘आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु’, राष्ट्रपति पौडेलले भने । उनले जापानमा विभिन्न पेशा र क्रियाकलापमा आवद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आईपरेका समस्याको समाधान…
Read More