काठमाडौंँ। परदेशमा बितेका वर्षहरू, अनिश्चितता, एक्लोपन र घर फर्किने अधुरो सपना—यी सबै बोकेर हिँडेका उदयपुर ठोक्सिला–०९ का काजीमान खड्का अन्ततः आफ्नै देशको भूमिमा उत्रिन सफल भएका छन्। मलेसियामा कागजातविहीन मुद्दामा पक्राउ परी जेल सजाय भोगिसकेका काजीमानको पीडा सजायपछि पनि सकिएको थिएन। परिवारको आर्थिक अवस्था कमजोर हुँदा एकतर्फी हवाई टिकट जुटाउन नसक्ने र त्यसकै कारण घरफिर्ती केन्द्रमै महिनौँदेखि रोकिइरहनुपर्ने बाध्यता थियो। तर परदेशमा एक्लै परेको नेपालीलाई कहिल्यै नछाड्ने दुई संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) मलेसिया र ओखलढुंगा एकता सेवा समाज मलेसियाले काजीमानका लागि आशाको द्वार खोलिदिए। पिएनसीसी मलेसियाका संयोजक पुर्ण लिम्बुले काजीमानको…
Read MoreCategory: प्रवास
एनआरएनएमा एकताको तयारी, अभियन्ता र नेतृत्वहरु काठमाडौं आउन थाले
काठमाडौं । लामो समयदेखिको विवाद, विभाजन र तिक्तता अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा ऐतिहासिक एकता नजिकिएको छ। दसौं महाधिवेशनदेखि निरन्तर तीव्र बनेको विवाद समाधान गर्दै ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा.बद्री केसी नेतृत्व र एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वबीच विस्तृत छलफल, कानुनी व्याख्या तथा संस्थागत विश्लेषणपछि पूर्ण सहमति फाइनल गरिएको हो। सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीको प्रत्यक्ष रोहवरमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ। एकता सभाको पूर्वसन्ध्यामा दुवै पक्षका शीर्ष नेताहरू काठमाडौं आइपुगेका छन्। एकताको अभियानमा क्रियाशील निबर्तमान आइसीसी अध्यक्ष आरके शर्मा, प्रवक्ता गङ्गाधर…
Read Moreमलेसियामा चासोक तङ्नाम साँस्कृतिक उत्सव–२०२५ मनाइने
मलेसिया । किरात याक्थुङ चुम्लुङ मलेसियाले आगामी चासोक तङ्नाम साँस्कृतिक साँभा–२०२५ भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम १३ डिसेम्बर २०२५, शुक्रबारका दिन Wilayah Persekutuan Kuala Lumpur मा साँझ ५ बजे सुरु हुने आयोजकले जनाएको छ। लिम्बू समुदायको मौलिक पर्व चासोक तङ्नामलाई प्रवासमा पनि आकर्षक रूपमा मनाउन नेपालबाट माननीय निर्मला लिम्बू तथा गायिका सम्झना योङहाङ विशेष रूपमा सहभागी हुनेछन्। यिनसँगै स्थानीय तथा नेपाली कलाकारहरूको सांगीतिक, सांस्कृतिक प्रस्तुतिहरू पनि आकर्षण बन्नेछन्। पर्वमा लिम्बू समुदायको पहिचान, भाषा, संस्कृति, परम्परागत पोशाक र नृत्य–गीतको प्रस्तुति रहने आयोजकले जनाएको छ। मलेसियामा रहेका लिम्बू तथा अन्य…
Read Moreमलेसियामा श्रम संस्कृति पार्टीको संगठन विस्तार कार्यक्रम १४ डिसेम्बरमा
क्वालालम्पुर – श्रम संस्कृति पार्टी, प्रवास सभा मलेसियाले आगामी १४ डिसेम्बर २०२५ मा वैदेशिक रोजगारमै रहेको नेपाली समुदायलाई लक्षित गरी संगठन विस्तार कार्यक्रम आयोजना गर्ने भएको छ। “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो कार्यक्रम पार्टीको प्रवासमै पहिलो ठूलो भेला मानिएको छ। कार्यक्रम Wisma Ann Koai, K.L. (Nepal MBC रहेको भवन) मा बिहान ११:०० बजे सुरु हुनेछ। पार्टीका अनुसार मलेसियामा रहेका श्रमिकहरूको हक-अधिकार, सुरक्षा, वेतन तथा कागजपत्रसम्बन्धी समस्या, र प्रवासी नेपालीहरूको सामाजिक–राजनीतिक सहभागिताबारे महत्वपूर्ण…
Read Moreपाँच वर्षदेखि बेपत्ता रहेका सप्तरीका दिपेन्द्र शर्मा मलेशियाबाट स्वदेश फर्किए
काठमाडौं। मलेशियामा पाँच वर्षदेखि हराइरहेका सप्तरीका दिपेन्द्र कुमार शर्मा अन्ततः स्वदेश फर्किएका छन्। नेपाल दूतावास, मलेशिया र प्रबासी नेपाली समन्वय समिति (PNCC) ले संयुक्त रूपमा थालेको पहलपछि उनी सुरक्षित रूपमा उद्धार भई नेपाल फर्किएका हुन्। राजगढ–५ मलेकपुरका ३४ वर्षीय शर्मा करिब नौ वर्षअघि रोजगारीका लागि मलेशिया पुगेका थिए। रोजगारी दिने कम्पनीले आश्वासनअनुसार सेवा–सुविधा नदिएपछि उनले कम्पनी छोडेका थिए र त्यसपछि उनी कागजविहीन अवस्थामै विभिन्न काम गर्दै आएका थिए। यतिबेला उनी पाँच वर्षदेखि परिवारसँग कुनैसमेत सम्पर्कमा थिएनन्। मलेशियामै कार्यरत उनका छिमेकी शोवित दासले शर्मा हराएको थाहा पाएपछि दूतावास र PNCC समक्ष…
Read Moreबेलायतका बुद्धिजीवीहरु भन्छन् : कांग्रेसले चुनाव अगावै महाधिवेशन गर्नुपर्छ
लन्डन । बेलायतमा विभिन्न पेशा र व्यवसायमा आबद्ध भइ कार्यरत लोकतन्त्रवादीहरुले नेपाली कांग्रेसको नेतृत्वलाई देशमा उत्पन्न नयाँ परिस्थितिमा निकास दिनको लागि आगामी आम चुनाव अगावै पार्टीको महाधिवेशन गरेर अगाडी बढ्न आह्वान गरेका छन्। शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले विगतका कमी कमजोरीप्रति माफी माग्दै कांग्रेसले रुपान्तरित हुने वाचा गर्नुपर्ने एवं नयाँ नीति, कार्यक्रम, योजना र नयाँ नेतृत्व सहित जनताको माझ जानु पर्ने जनाएका छन्। ‘विगतमा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सहभागी भएका र प्रजातान्त्रिक परिवर्तनलाई नजिकबाट नियालिरहेका हाल युकेमा बसेर विभिन्न पेशा र व्यवसायमा संलग्न हामी तमाम प्रजातन्त्रवादीहरु आगामी फागुन २१, २०८२…
Read Moreबेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा
लन्डन । गत साता लन्डन, एजवेयरस्थित आफ्नै डेरामा निधन भएका विद्यार्थी, योमन चन्दको सम्झनामा श्रद्धान्जली सभा आयोजना गरी उनलाई अन्तिम बिदाइ गरिएको छ । केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा बिहीबार अपरान्ह आयोजित सभामा स्व चन्दको परिवारका सदस्य, साथीहरु, पूर्व सहकर्मी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो । श्रद्धान्जली व्यक्त गर्दै बन्र्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले उच्च अध्ययनका लागि ठूलो सपना बोकेर बेलायत आएका विद्यार्थी योमनको निधन उनको परिवार मात्रै नभएर समुदायकै क्षति भएको बताए । उनले परिवारको आग्रह अनुसार स्व योमनको शव नेपाल पठाउन आर्थिक सहयोग गर्ने सबैलाई हार्दिक…
Read Moreमलेसियाबाट उद्धार भएका नेपाली तेजबहादुर माझकोटी १६ वर्षपछि स्वदेश फर्किए, परिवारसँग भावुक पुनर्मिलन
काठमाडौँ, २०२५ नोभेम्बर १६ – मलेसियामा सडकबाट उद्धार गरिएका नेपाली नागरिक तेजबहादुर माझकोटी आज काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनकी श्रीमतीले भावुक रुपमा स्वागत गरेकी थिइन्। करिब १६ वर्षपछि परिवारसँग भएको पुनर्मिलन अत्यन्त हृदयविदारक र अविस्मरणीय रहेको परिवारले जनाएको छ। तेजबहादुरलाई स्वदेश फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले वाटिक एयरको टिकट उपलब्ध गराएको थियो। टिकटको व्यवस्था प्रवासी नेपाली समन्वय समिति (PNCC) को आग्रहमा एनआरएनए मलेसिया अध्यक्ष इन्द्र लिम्बुकी पहलमा गरिएको बताइन्छ। विगत केही वर्षयता सम्पर्कविहीन रहेका माझकोटीको खोजी कार्य परिवारले पीएनसिसीमार्फत अघि बढाएको थियो। त्यसपछि उनी मलेसियाको बुकित बिन्ताङ…
Read Moreविदेशमा अलपत्र परेका अर्जित मण्डललाई पिएनसिसि र हेल्प मधेसीको संयुक्त पहलमा स्वदेश फर्काउने तयारी
महोत्तरी, विदेशमा अलपत्र परेका नेपालीहरूको हितमा सक्रिय पिएनसिसि (PNCC) र हेल्प मधेसीको प्रभावकारी समन्वय र मानवीय पहलका कारण जलेश्वर–महोत्तरीका अर्जित मण्डल आगामी १९ नोभेम्बर २०२५ मा स्वदेश फर्किन पाउने भएका छन्। बटिक एयरलाइन्सको बेलुकी ६:१० बजेको उडानबाट नेपाल आउने अर्जितको उद्धार प्रक्रिया PNCC का Outreach Officer सुरेन्द्र महतोको निरन्तर प्रयासपछि सफल भएको हो। परिवारको कमजोर आर्थिक स्थिति र टिकटको अभावका कारण जेल सजाय पूरा गरे पनि अर्जित लामो समयदेखि Detention Center मै अलपत्र परिरहेका थिए। यही कठिन परिस्थिति बुझ्दै हेल्प मधेसीले अर्जितलाई एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्कने मार्ग खुलेको…
Read Moreएनआरएनए एनसीसी यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी मनोनित भएका छन् । उनले यसअघि उपाध्यक्षका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको अनुभवका कारण यो जिम्मेवारी प्राप्त गरेका हुन् । निवर्तमान अध्यक्ष बिकाश शाही एनआरएनए एनसीसिको अन्य पदमा जाने भएपछी अध्यक्षमा ठकुरीमा मनिनित भएका हुन् । ठकुरीको नेतृत्वसँगै यूएईस्थित नेपाली समुदायको हित, संस्थागत व्यवस्थापन तथा एनआरएनएको गतिविधि अझै सुदृढ र परिणाममुखी हुने अपेक्षा गरिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का उपाध्यक्ष मनोज गोर्खाली र कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले सामाजिक सञ्जालमार्फत अध्यक्ष…
Read More