काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी फागुन ३० गतेदेखि तय भएको ‘१२औं बृहत् एकताको महाधिवेशन’ तोकिएको मितिमा नहुने खतरा बढेको छ । महाधिवेशन र त्यसमा प्रयोग गर्न लागिएको अनलाइन मतदान प्रक्रिया रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएपछि महाधिवेशन अन्योलमा परेको हो । उक्त रिटको पेसी भोलिका लागि तोकिएको छ । एनआरएनए बेलायत (एनसीसी युके) का हजारौं सदस्यहरूलाई मताधिकारबाट वञ्चित गरी विधानविपरीत निर्वाचन गर्न लागिएको भन्दै एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको तर्फबाट वारेस राजेन्द्र प्रसाद दंगालले अदालतमा मुद्दा दायर गरेका हुन् । रिटमा बेलायतको…
Read MoreCategory: प्रवास
बद्री, रोजिना र हेमराजको कारण एनआरएनए टाट पल्टियो
नियमित खर्च चलाउन श्रमिक र च्यारिटी कोषमाथि नजरकाठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान नेतृत्वको चरम लापर्बाही र फजुल खर्चका कारण संस्था गम्भीर आर्थिक संकटमा फसेको छ। संस्थाको दैनिक कामकाज र आसन्न १२औं वार्षिक साधारणसभा (एजीएम) तथा निर्वाचनका गतिविधि सञ्चालन गर्न मूल कोष (कोर फन्ड) मा पैसा नभएपछि नेतृत्वले श्रमिक र परोपकारका लागि छुट्याइएको कोषमाथि आँखा गाडेको छ। एनआरएनएकव १२औँ महाधिवेशन फागुन ३० देखि काठमाडौँमा हुँदैछ । एनआरएनए स्रोतका अनुसार अध्यक्ष बद्री केसी, रोजिना प्रधान राई र हेमराज शर्मा लगायतका नेतृत्वको अदूरदर्शिताका कारण केही समयअघिसम्म करिब २८ देखि ३१…
Read Moreएनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु, अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौँमा चुनावी चहलपहल तीव्र बनेको छ। फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौँमा भेला हुन थालेका छन्। संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन । यही क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन शनिबार जापानबाट काठमाडौँ आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङसहितका अभियन्ताहरूले स्वागत गरेका थिए। शेरचनका साथै अन्य देशका कैयौँ प्रतिनिधिहरू पनि महाधिवेशनमा भाग लिन नेपाल आइसकेका छन्। विशेषगरी एनआरएनएको डेलिगेट्स…
Read Moreनेपाली राजदूतावासको पहलमा २४ वर्षपछि होमबहादुर घर्ती स्वदेश फर्किए
काठमाडौँ – मलेसियामा करिब २४ वर्षदेखि बसोबास गर्दै आएका ५७ वर्षीय होमबहादुर घर्ती नेपाली राजदूतावासको पहलमा स्वदेश फर्किएका छन्। दृष्टिविहीन अवस्थामा रहेका उनलाई नेपाली राजदूतावास मलेसिया र पीएनसिसी मलेसियाको सक्रियतामा उद्धार गरी नेपाल ल्याइएको हो। वर्षौंदेखि परिवारको सम्पर्कविहीन भई मलेसियामा हराइरहेका घर्तीको अवस्थासम्बन्धी भिडियो केही समयअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। परिवारका अनुसार उक्त भिडियोका आधारमा उनको खोजी तथा उद्धारका लागि एमआरसी बाग्लुङमा निवेदन दिइएको थियो। त्यसपछि पीएनसिसीले खोजी कार्य तीव्र बनाउँदै आवश्यक समन्वय र उद्धारको सम्पूर्ण प्रक्रिया अघि बढाएको थियो। जोहोर क्षेत्रको जंगलमा कटेरो बनाएर बसोबास गर्दै आएका घर्तीलाई…
Read Moreइरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि
काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । मृत्यु हुने सेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावास र एनआरएनए युएइले जनाएको छ। सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको जनाइएको छ। उनी मिडिल इस्ट कम्पनीमा कार्यरत थिए। घटनामा २९ वर्षीय श्रेष्ठको निधन भएको यूएईको परराष्ट्र मन्त्रालय जानकारी दिएको नेपाली राजदूतावासले जनाएको छ। उनको पार्थिश शरीरलाई नेपाल ल्याउन सहजीकरण भइरहेको जनाएको छ। यससँगै यूएईमा रहेका सबै नेपालीलाई संयमता अपनाउन…
Read Moreअधिकांश अभियन्ता रोबिन शेरचनको पक्षमा, यस्तो बन्दैछ टिम
अधिकांश अभियन्ता रोबिन शेरचनको पक्षमा, यस्तो बन्दैछ टिम काठमाडौँ । फागुन ३० गतेदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनका लागि चुनावी सरगर्मी तीव्र भएको छ। संस्थालाई निकास दिने र फुटको संघारमा रहेको एनआरएनएको एकता जोगाउने सवालमा अधिकांशको रोजाइमा रोबिन शेरचन परेका छन्। रोबिन नेतृत्वमा आए मात्र संस्थाको एकता जोगिन सक्छ भन्ने आशामा ठुलो संख्यामा अभियन्ता उनलाई समर्थन गर्न एकठाउँमा उभिने भएसँगै उनको पक्षमा माहोल तातेको हो। शेरचनको पक्षमा धेरै अभियन्ताहरूको ओइरो लागेपछि अहिले उनलाई टिम मिलाउनै हम्मे परेको छ। यद्यपि, आपसी छलफलबाट टिमको नामावली लगभग टुंगो…
Read Moreहेमराजको ध्यान पद हत्याउनतिर, रोबिनको ध्यान मध्यपूर्वका नेपालीको सुरक्षातिर
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ विश्व सम्मेलन र निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका दुई मुख्य दाबेदारहरूले देखाएको मानवीय पक्षलाई लिएर बहस सुरु भएको छ। मध्यपूर्वमा विकसित सुरक्षा संकट र युद्धको त्रासका बीच अध्यक्षका प्रत्यासीद्वय डा. हेमराज शर्मा र रोबिन प्रसाद शेरचनले सार्वजनिक गरेका धारणाले उनीहरूको चरित्र र प्राथमिकताबारे बहस सुरु भएको हो। हालका उपाध्यक्ष डा. हेमराज शर्मा यतिबेला जसरी पनि निर्वाचन गराउने र नेतृत्व हत्याउने रणनीतिमा केन्द्रित देखिएका छन्। ‘एनआरएनए संवाद’ कार्यक्रममा उनले मध्यपूर्वको तनावले आसन्न निर्वाचन प्रभावित नहुने दाबी गरे। मध्यपूर्वमा रहेका करिब २० लाख…
Read Moreनेपाली दुतावासको सहयोग र पिएनसीसीको समन्वयमा मानसिक बिरामीको सडकबाट उद्धार गरी स्वदेश फिर्ता
काठमाडौं, फागुन २६ – मलेसियामा मानसिक समस्याबाट ग्रसित भई सडकमा कष्टकर जीवन बिताइरहेका एक नेपाली नागरिकको नेपाल दूतावास र पीएनसीसीको समन्वयमा उद्धार गरी स्वदेश फिर्ता गरिएको छ। नवलपरासी (पूर्व) स्थित कोइलापानी, कावासोती नगरपालिका–१ निवासी अमर बहादुर बस्नेत रोजगारीको सिलसिलामा सन् २०२२ मा मलेसिया आएका थिए। प्रारम्भिक चरणमा कम्पनी राम्रो भए पनि साथिभाइको प्रभावका कारण उनले कम्पनी छाडेका थिए। त्यसपछि विगत दुई वर्षदेखि अवैधानिक रूपमा बस्दै काम गर्दै आएका थिए। पछिल्लो १५ दिनदेखि मानसिक समस्या बढ्दै गएपछि उनी कोताराया, केएल आसपास क्षेत्रमा मागेर खाने र सडकमा बास बस्ने अवस्थामा पुगेका थिए। उनको…
Read Moreनेपाल दूतावास मलेसिया र समाजसेवी राजु तामाङको सहयोगमा विवेक गुरुङको उद्धार
काठमाडौं । Pravasi Nepali Coordination Committee (PNCC) को समन्वय तथा नेपाल दूतावास मलेसिया र समाजसेवी राजु तामाङ को सहयोगमा झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ निवासी विवेक गुरुङको मलेसियाबाट उद्धार गरिएको छ। लामो समयदेखि मलेसियामा अवैधानिक रूपमा बसोबास गर्दै काम गरिरहेका गुरुङ काम गर्ने क्रममा खुट्टा चिप्लिएर लड्दा दाहिने खुट्टा भाँचिएको थियो। अवैधानिक (Undocumented) हैसियतमा रहेका कारण उनले कुनै किसिमको बीमा सुविधा पाएका थिएनन्। कम्पनीबाट उपचार खर्च व्यहोर्ने सम्भावना नहुँदा र व्यक्तिगत आर्थिक स्रोतसमेत अभाव भएपछि उनी स्वदेश फर्केर उपचार गराउन इच्छुक भए पनि फर्किने खर्च जुटाउन नसक्ने अवस्थामा थिए। गुरुङको समस्याबारे दूतावासका कर्मचारी टेक बुढाले PNCC लाई…
Read Moreएनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२६–२८) का लागि वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले महासचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राति भर्चुअल माध्यमबाट आयोजित एक विशेष कार्यक्रमका बिच सिम्खडाले आफ्नो विस्तृत संकल्प–पत्र सार्वजनिक गर्दै उम्मेदवारीको घोषणा गरेका हुन् । सो क्रममा उनले चोटिएको एनआरएनएलाई एकताबद्ध बनाउने उद्देश्यका साथ आफू मैदानमा आएको बताए । संस्थाभित्र देखिएको असमञ्जस्यता र फुटलाई अन्त्य गरी एउटै र साझा एनआरएनए बनाउने आफ्नो मुख्य संकल्प रहेको उनको भनाइ छ । झन्डै दुई दशकदेखि अभियानमा सक्रिय सिम्खडाले संस्थाको प्रशासनिक मेरुदण्ड मानिने महासचिव…
Read More