नेपाली व्यवसायी समाज क्वालालम्पुरको विशेष साधारण सभा, नयाँ अध्यक्षमा शिव थापा चयन

क्वालालम्पुर (मलेसिया) । नेपाली व्यवसायी समाज क्वालालम्पुरको आज सम्पन्न विशेष साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। सभाले शिव थापालाई समाजको नयाँ अध्यक्षमा चयन गरेको छ। यसअघि अध्यक्ष रहेका ईन्द्र नारायण लिम्बू हालै गैर आवासीय नेपाली संघ (NRNA) को अध्यक्षमा निर्वाचित भएपछि उनलाई व्यवसायी समाजबाट बिदाइ गरिएको छ। साधारण सभाले हालैको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, समाजका सचिव पासाङ तामाङका बुबाको निधनप्रति समेत हार्दिक श्रद्धाञ्जली प्रकट गरिएको छ। यसबाहेक, सभाले आसन्न दशैँ, तिहार र छठ पर्वलाई आपसी सद्भाव, भाईचाराको भावना र…

Read More

स्पेनमा पहिलो पटक ७० किलो पित्तलको दुर्गा माताको मूर्तिसहित भव्य दुर्गा पूजा हुने

बार्सिलोना, बार्सिलोनाको ग्रासियास्थित Jardin de Hara मा यस वर्ष गैर आवासीय नेपाली संघ (NRNA) स्पेन परिवारले भव्य दुर्गा पूजा आयोजना गर्ने भएको छ। सङ्घका अनुसार ऐतिहासिक महत्व बोकेको करिब ७० किलो पित्तलबाट निर्मित पवित्र दुर्गा माताको मूर्ति यसपालि पहिलो पटक पूजा अर्चनाका लागि ल्याइने छ। २२ सेप्टेम्बर २०२५ (घटस्थापना)देखि २ अक्टोबर (विजयादशमी)सम्म सञ्चालन हुने यस दुर्गा पूजामा दैनिक चण्डीपाठ, पूजापाठ, फूलमाला अर्पण र महाप्रसाद ग्रहणको व्यवस्था हुनेछ। पण्डित शास्त्री टिकाराम कंडेल, सागर काफ्ले, कुल प्रसाद गौतम र कमल भण्डारीले दैनिक चण्डीपाठ गर्नेछन्। मन्दिर दर्शन समय बिहान ९:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म रहनेछ।…

Read More

क्वालालम्पुरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ भव्य रूपमा सम्पन्न

क्वालालम्पुर – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा मलेसियास्थित नेपाली राजदूतावासले आज विशेष कार्यक्रम आयोजना गरेको छ। राजदूत निवासको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराइएर राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रमको आरम्भमा नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात सहिदहरू र हालै नेपालमा Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका युवायुवतीहरूको सम्झनामा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा महामहिम राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले सम्बोधन गर्दै नेपालको संविधान २०७२ को ऐतिहासिक महत्वबारे प्रकाश पार्नुभयो। उहाँले संविधानलाई गतिशील दस्तावेजका रूपमा व्याख्या गर्दै संविधानवादले नेपालको लोकतान्त्रिक यात्रा…

Read More

मलेसियामा सम्पर्कविहीन भएका खोटाङ्गका हरीप्रसाद राईको खोजीका लागि नेपाली दूतावासको अपिल

क्वालालम्पुर, मलेसिया – १७ साउन २०८२ (अगस्ट २, २०२५) मलेसियामा रोजगारीका लागि कार्यरत खोटाङ जिल्लाका हरीप्रसाद राई मिति २०८२ साउन २ गते (जुलाई १८, २०२५) साँझदेखि सम्पर्कविहीन भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११, खोटाङ स्थायी ठेगाना भएका हरीप्रसाद विगत ३ वर्षदेखि मलेसियामा कार्यरत थिए। उनका दाजु केशर बहादुर राईले नेपाली राजदूतावास, क्वालालम्पुरमा निवेदन दिँदै भाइको खोजीमा सहयोग गरिदिन अनुरोध गरेका छन्। परिवारका अनुसार, हरीप्रसादले साउन २ गते बिहान साथी भेट्न आफू कार्यरत कम्पनीबाट निस्किएको जानकारी दिएका थिए। सोही दिन शनिबार, साँझ क्वालालम्पुरबाट साथीहरूसँग संक्षिप्त सम्पर्कमा आए पनि त्यसपछि हालसम्म उनको कुनै जानकारी प्राप्त…

Read More

कोमामा गएका नेपाली कामदार चन्द्र बहादुर राम्जाली मगरको सफल उद्धार र स्वदेश फिर्ती

क्वालालम्पुर, मलेसिया – १७ साउन २०८२ (अगस्ट २, २०२५) मलेसियाको केडाहस्थित LYPO Metal Sdn. Bhd. कम्पनीमा कार्यरत नेपाली कामदार श्री चन्द्र बहादुर राम्जाली मगरलाई मिति २०८२ साउन ९ गते नेपाल एयरलाइन्सको सहयोगमा स्वदेश फर्काइएको छ। अचानक अचेत भई कोमामा पुगेका श्री मगरको दुई महिनासम्म मलेसियामा उपचार गरिएको थियो। यसबीचमा नेपाली राजदूतावास, क्वालालम्पुर, कम्पनी प्रतिनिधिहरू तथा परिवारका सदस्यबीच विभिन्न चरणमा छलफल भएको थियो। ती छलफलहरूकै परिणामस्वरूप, कम्पनीले परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुका साथै नेपाल फिर्तीका लागि नेपाल एयरलाइन्सको ६ वटा सिट खर्च पनि व्यहोरेको जानकारी दूतावासले दिएको छ। राजदूतावासले एक विज्ञप्ति जारी गर्दै LYPO Metal Sdn. Bhd. को कर्मचारी…

Read More

पलेशा गोवर्धनद्वारा एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा ऐतिहासिक सफलता, नेपाली दूतावासद्वारा बधाई

क्वालालम्पुर, मलेसिया – अगस्ट २, २०२५ मलेसियाको सारावाक राज्यस्थित कुचिङ शहरमा यही १ अगस्त २०२५ मा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपाली खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक सफलता हात पार्दै bronze (कास्य) पदक जितेकी छन्। महिला ५७ केजी तौल समूहअन्तर्गत K-44 वर्गमा प्रतिस्पर्धा गर्दै पलेशाले उत्कृष्ट प्रदर्शनमार्फत कास्य पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेकी हुन्। यस शानदार उपलब्धिप्रति मलेसियास्थित नेपाली दूतावास, क्वालालम्पुरले पलेशालाई हार्दिक बधाई ज्ञापन गरेको छ। प्रतियोगितामा पलेशासँगै सहभागी अन्य नेपाली खेलाडीहरूमा भरत सिंह महता, अमिर भ्लोन, रेनु तामाङ, र कामना प्रसाईं रहेका थिए। यस्तै, नेपाली…

Read More